स्वयम्भुनाथ कार्की ---
संविधानको २०३२ सालमा गरिएको दोश्रो संसोधनले त्यो प्रणालीको आत्मा नै मारेको थियो । दुई अलग अलग कुराको योगबाट निर्मित यो प्रणालीको आत्मा त्यतिखेर समाप्त भयो जव पञ्चायत प्रणाली र यसको संचालनको निमित्त चुनिने जनप्रतिनिधिहरू जनता र राष्ट्र बाहेक अरूप्रति प्रत्यक्ष वा परोक्षरूपले जिम्मेवार हुनु नपरोस भनेर जोडिएको निर्दलियतालाई अप्राकृतिक मिश्रण गरेर कुरामा निर्दलिय पञ्चायत र काममा एक दलिय पञ्चायत बनाइयो । त्यहि वेलादेखि नै नेपालमा विनाशकारी कालो बादल देखिन शुरू भएको थियो ।
पञ्चायत नीति तथा जााचबुझ समितिको व्यवस्था गरियो । अनि विकट र अविकसित गाउँसम्म सबै स्तरका जनतको सहभागिताले विकास कार्य र अवधारणा पु¥याउने उदेश्यले २०२४ सालमा ल्याईएको शुद्ध सामाजिक कार्यक्रम ‘गाउँफर्क राष्ट्रिय अभियान’ लाई विल्कुलै असंवन्धित बिषयमा लगाईयो । आङ्खनो गाउँ, टोल वा वार्डलाई बुझेको र त्यहाँका वासिन्दाले पनि पत्याएकाहरू मध्येबाट आफ्नो प्रतिनिधि बनाउन पाईने कुरालाई प्रतिनिधि योग्य हो कि हैन भनेर प्रमाणपत्र दिन गाउँफर्क राष्ट्रिय अभियानलाई जिम्मा दिईयो । यो बहुलविचार निषेध गरिएको साम्यवादी व्यवस्थाको ‘पोलिट ब्यूरो’ र ‘अनुशासन विभाग’को प्रतिरूप थियो ।
निर्दलिय अलग गरेर पञ्चायत प्रणालीलाई हेर्न सकिन्थ्यो । त्यो संघीयतामा माग गरिएको विषेशताले युक्त थियो । जो संघीयता पुर्ण कार्यान्वयन पछिको अर्को निर्वाचनसम्म पुग्दा पनि पुरा भएको छैन । पञ्चायती संविधानको दोश्रो संसोधन भन्दा पहिलेको रूपमा अध्ययन गरेको भए उसले देख्न सकिन्छ कि वर्तमान संविधानमा राज्य र स्थानिय निकायको गठन मात्र हैन अधिकारमा पनि धेरै प्रतिशत त्यहि पञ्चायतको छायाँ देखिन्छ । समाजको क्षमता बृद्धि गर्दै अधिकारहरूको विकेन्द्रिकरण गर्ने लक्षलाई यो दोश्रो संसोधनले त्यसवेला प्रचलित ‘इतर’ र ‘भितर’ पञ्चहरूमा भितरको हालीमुहाली बनाउने अस्त्र बनायो । जनप्रतिनिधिहरू, जनता कतै विभेद परंपरादेखि कायम रहेको विभेद हटाउने पञ्चायतको उदेश्य नै समाप्त भयो । फलस्वरूप गुट उपगुटहरूको जन्म भयो । यो सहि मौका थियो वैधानिक राजनैतिक दललाई मान्यता दिने ।
चार बर्ष नाग्दा नपुग्दै जनमत संग्रहमा जानु पर्ने कारण यहि नै बनेको थियो । जसमा एकदमै झिनो अन्तरले ‘सुधारिएको पञ्चायत’को पक्षमा भएको मत आएको थियो । यो मत अन्तर सुधारिदा दोश्रो संसोधनले चौपट पारेका कुराहरूको मर्मत हुनेछ भन्ने आशामा भएको थियो । तर भितरिया पञ्चहरू उन्मत्त र मैमत्त भए । यस्ता अनेकौ कुराहरू लागु गराईयो जो बहुमतको दम्भमा गरिएको मनोमानी थियो । यसको मोल चुकाउनै पर्ने थियो र सुधारिएको पञ्चायतले पनि चुकायो २०४६ सालमा आफुलाई इतिहासको अध्यारो कुनामा धकेलेर, अनि लगातार गाली खाएर ।
नाम जे सुकै रहोस तर पञ्चायत प्रणाली स्थानिय मामिलामा, साधनश्रोतमा स्थानिय अग्राधिकारको दर्शन थियो । निर्दलियता यसको नभई नहुने पक्ष पनि थिएन, त्यसैले बहुदल स्थापना पछि सिमित पार्दै लगिएको स्थानिय अग्राधिकारले जनतालाई चित्त बुभ्mने कुरै थिएन र बुझेन पनि । सुधारिएको पञ्चायले नेपाल प्रवेश गराएको बहुमतको दम्भ झन मौलाउदै गयो । जनतामा त्यसै समयदेखि असन्तोष बढेको छ । हरेक निर्वाचनमा अलग अलगलाई बहुमत दिएर, कसैलाई बहुमत नै नदिएर जनताले प्रष्ट्र भनेको छ, ‘बहुमतमा दम्भ नगर अर्को पल्ट तिमीले बहुमत पाउने छैनौ’ ।
यहि बहुमतको दम्भ र पञ्चायतमा रहेको ‘इतर भितर’ सबै दलहरूमा पनि व्याप्त भयो । यसैको विद्रोहमा हतियार उठाउनेलाई पनि जनताले तिरष्कार गरेनन । शान्तिका पक्षधर जनता किन रक्तपात पनि सहन पुगे भन्ने कुराको विवेचन गर्न अहिलेसम्म पनि कुनै विष्लेषकले जाँगर चलाएको छैन । पहिलो कालखण्डमा पञ्चायतले जनतालाई चटाएको गुलियो भुलिएको छैन । परिवर्तनको नाममा गुलियो थप हुनु पर्नेमा झन तितोपन वढेर गएकोमा जन्मने असंतोष नै हो । त्यसैले जो तात्कालिक व्यवस्थाको विरूद्धमा उत्रन्छ त्यसले जनताको नैतिक समर्थन पाउने गर्दछ बाटो चाहे जे होस । जसरी पञ्चायत पछिको बहुदलले पञ्चायत शब्द नै अस्विकार ग¥यो त्यसै गरेर ६३ पछिको व्यवस्थाले प्रतिनिधिसभा वा संसद शव्द नै अस्विकार गरेको छ । संसद शव्दको सामुन्ने व्यवस्थापिका जोड्नै परेको अवस्थालाई केवल शव्दको मात्र फरक हो भनेर मान्नु भूल हो । यो तात्कालिन व्यवस्था प्रतिको धृणा हो । यसको प्रमाण संविधानसभाको पहिलो निर्वाचनको मत परिणाममा प्रष्ट देखा प¥यो । तर जनताले संसदिय दलहरूलाई गरेको उपेक्षालाई माओवादीले आङ्खनो लोकप्रियता भन्ने ठान्यो । उसको यो भूलको परिणाम भाग्यो दोश्रो निर्वाचनमा । संसदिय दलहरूले अर्काको नकारात्मक मतका कारणले पाएको बहुमतलाई फेरी पनि आफ्नो लोकप्रियता ठान्ने भुल गरिरहेका छन ।
यो वेलामा अर्को वैकल्पिक ढाँचाको उदय हुन नसकेको कारणले जनतमा अहिले बरू सेनाले देश सम्हाले हुने थियो भन्ने सोचको विकास हुँदैछ । धमिलो पानीमा माछा मारेको आरोप लागेको पारंपारिक शक्ति भने चीर निन्द्रामा लिन छ । यो सबै परिस्थितिले असन्तोष मात्र हैन निराशा पनि जन्माउने गर्दछ । विश्व इतिहासमा यहि प्रवृति देखा पर्छन । हिटलरको उदय त्यसै भएको हैन, न नेपोलियन पनि सहज परिस्थितिमा विकसित व्यक्तित्व हो । अहिलेसम्म जानिएका परंपरागत, पविर्तनकामी वा अन्य केहि कसैले जनताको असन्तोषको सम्वोधनको प्रयत्न गरेका छैनन् । जनता निराश हुँदै गएको अनुभव कसैले गरका छैनन । परंपरागत शक्ति चीर निन्द्रा छोड्न तैयार छैन । यसको अर्थ हो नेपाल एक दीर्घ अशान्त र अध्यारो भविष्यतर्पm लाग्दैछ त्यसैको झलक देखिदैछ ।