Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हिन्दुत्व र राजावादी

०७ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - -
राष्ट्रिय गानले राष्ट्र बोक्न सकेन । राष्ट्रियगानप्रति धेरैको गुनासो छ । नयाँ आएपछि पुरानो राष्ट्रिय गान बन्द गरे यता नेपालले धेरै आरोह अवारोह व्यहोरेको छ । नयाँ नेपाल यति त्रस्त छ कि कसैले राजा पनि नभनिदेओस् भन्ने कामना गर्दछ । पूर्व नजोडी राजा भनेको अपराधमा (?) पक्राउ गरेर अब यसो भन्दिन भनेर कागज गराईएका घटनाहरू छ्यापछ्याप्ती छन् । तर यस कालखण्डमा लगातार बलियो भने कोही देखिएन । पाखालाग्न स्विकार गरेर पाखा लागेका राजा भने जति समय वित्दै गयो त्यति बलिया देखिदैछन् । कुनैवेला राजसंस्था काँधमा बोकेर आफुलाई गाह्रो भएको भन्नेहरू निरन्तर ओरालो लाग्दैछन् । यद्यपि कसैले नयाँ व्यवस्थामा सजिलो अनुभूति पार्टीवाला बाहेक कसैले गरेको छैन । बाढी पिडितलाई सहयोग गर्न गएको पाखा लगाईएका राजालाई त्यसै अपराधमा जेल हाल्थे भनेर कुर्लिने बाबुराम अहिले बबुरा भैसकेका छन ।
जहिले पनि कुटिलतापुर्वक राजालाई हिन्दुत्वसँग मात्र जोडेर आफ्नो आश्रमको पसल चलाउने ‘बाबा’, ‘स्वामी’ आदि देखिएका थिए, अभैmपनि देखिदैछन् ।  तर जुन वेलादेखि उनिहरूको मुखारविन्दबाट गणतन्त्र समर्थन र राजसंस्था विरोध फुत्कियो हाल बेहाल हुँदैछ । हिन्दुत्वको रथमा सवार भएर राजसंस्था उदाउँछ भन्ने आशले राजसंस्थासँग आस्थावान विषेशतः राजावादी यस्ता पसले स्वामीहरूको लोलोपोतोमा फस्ने गर्दछन् । राजसंस्था हिन्दुत्वको आधारमा हैन हिन्दुत्व लगायत मुलुकका सबै संस्कृति परम्पराहरू नेपालको अस्तित्वमा आधारित छन् । अनि नेपाललाई नेपालकै रूपमा एउटै मालाका पूmल भैm उनेर त्यही राजसंस्थाले राखेको थियो । यो कुरा कसैलाई तितो लागे पनि असत्य सावित गर्ने सकिदैन । परिवर्तन र पद्धति सत्य सावित व्यवहारमै हुनसकेन ।
राजसंस्थालाई पाखा लगाएदेखि नै नेपालको अखण्डता र नेपालीनेपाली बीचको सौहाद्र्रता खजमजिएको कुरा आउँदैछ । यो कुरा कुनै राजावादीको मुखले भन्दा ज्यादा मुलुकका हालीमुहाली पाएकाहरूले नै गर्दैछन् । लुकेर, खस्याकखुसुक्क वा अनौपचारिक रूपमा हैन औपचारिक रूपमै, सम्बोधन मै भन्ने गरिएको छ । अर्थात आस्थाले मात्र हैन व्यवहारिकरूपले नै प्रमाणित भईसकेको नेपालको एकताको सूत्र वा ‘सैयौ पूmलका थुँगा’को ‘एउटै माला’को धागो अर्को पाउन सकिएको छैन । यो वेलामा ‘राजावादी’ खालका आस्थावादीको राजालाई हिन्दुत्व संगमात्र जोडने प्रयत्न मुलुक कै निमित्त प्रत्युत्पादक हुँदैछ ।
परंपरादेखि विभिन्न वंशका राजाहरूले पारंपारिक समन्वय कायम राखे । सांस्कृतिक समन्वय कायम राखे । धार्मिक समन्वय कायम राखे । नेपालले आफ्नो इतिहास परंपरामा पहिलोपल्ट गणतन्त्र चाख्दैछ । कपिलवस्तुको गणराज्य र यो गणतन्त्रमा धेरै भिन्नता छ । किनभने सिद्धार्थ गौतमका पिता शुद्धोधन कपिलवस्तु गणराज्यका ‘राजा’ थिए । जे होस गणतन्त्र नेपालको सबैभन्दा नौलो स्वाद हो । यो स्वादले परापूर्वकालदेखि कायम पारम्पारिक समन्वय पारम्पारिक संघर्ष भएको छ । सांस्कृतिक समन्वय सांस्कृतिक संघर्ष भएको छ । धार्मिक समन्वय धार्मिक संघर्ष भएको छ । यसका लक्षणहरू देखा पर्दैछन्, कतै ‘गाई’को रूपमा कतै आन्तरिक उपनिवेशको नारामा । कतै के, कतै के नाममा ।
नेपालको एकताको सूत्र राजसंस्था भन्ने मान्नेहरूमा राजावादी हुनसक्लान् तर सबै राजावादी होईनन् । तर राजसंस्थालाई केवल हिन्दुको मात्र पेवा ठान्नेहरू भने निश्चित रूपमा राजावादी हुन् । राजसंस्था पाखालाग्नुमा यस्तै राजावादीहरूको यही दम्भ पनि प्रमुख कारक थियो भन्न जिब्रो चपाउनु पर्दैन । राजसंस्था प्रति आस्थावानहरूले धेरै खेप्नुपर्ने अवस्था पनि नेपालमा आएको थियो । विषेशत राजावादीहरूले घोर उपेक्षा, कारवाही आदि भोग्नुपर्ने दिनहरूमा पनि आफ्नो आस्था वचाउनेहरू पनि थिए । त्यसै गरेर रातारात आफुलाई गणतन्त्रवादीमा सामेल गर्नेहरू पनि थिए । सबै किसिमका नेपाली कसरी एक एकाई भएका थिए भन्ने कुरा कसैले कसैलाई बताउनै पर्दैन । यो आपैmले भोगेको कुरा हो । त्यो भावनात्मक एकता यत्रो लगानी यत्रो प्रयत्नले पनि टुट्न सकेको छैन । केही अपवाद बाहेक सबै नेपालीमा देश दुख्छ । भन्नेले त यहाँसम्म भन्छन् कि राजसंस्थाले अरू परम्परा संस्कृति समाप्त पार्न खोजेको थियो । तर यो कुराको खोक्रोपन सावित गर्न त्यो परम्परा, संस्कृतिको अहिलेसम्मको निरन्तरता नै प्रयाप्त छ । कुनै अर्को अपराधको दण्ड दिईएकोमा त्यसलाई परम्परा संस्कृति सिध्याउन गरिएको दमन भन्ने हो भने कुरा वेग्लै हो । 
विदेशी षडयन्त्रकारीहरू विगतमा नेपाल एक संस्कृतिको मात्र थियो । राजा एक धर्मका मात्र थिए भन्ने प्रचारमा लिप्त छन् । गाउँगाउँ वस्तीवस्ती आपसी घृणा पैmलाउन तल्लिन छन् । राजावादीहरू त्यसै षडयन्त्रलाई मलजल गर्दैछन् । राजा केवल हिन्दुको मात्र हो भन्ने भ्रम पर्ने गरेर केवल धार्मिक भ्रमण गराएर । नागरिक बनाईएका भनिएका राजाले केवल धार्मिक कृयाकलाप मात्र गर्न आवश्यक छैन । गद्धिको आकांक्षी नभए सामान्य नागरिक हुन र सबै नागरिकलाई झैं कृयाकलाप गर्ने अधिकार छ । गद्दि पुन प्राप्त गर्ने आकांक्षा भए त झन बिना राजनैतिक कृयाकलाप यो संभव नै छैन । वर्तमान नेपालको हाली मुहाली पाएकाहरूको जीवनी हेर्ने हो भने पनि ‘वीरभोग्या बसुन्धरा’ देखिन्छ । सबैको साझा संस्था थियो राजसंस्था, त्योसँग जोडेर केवल एकको पेवा बनाउने काम ठिक हैन कसैको निमित्त पनि ।