स्वयम्भुनाथ कार्की - -
पूँजीवादी, साम्यवादी वा समाजवादी जुनसुकै अर्थनीति भए पनि ती सबै नीतिहरू असफलताको संघारमा आउँदै छन । मध्यमवर्गवाद पनि भन्न सकिने पूर्विय शास्त्रोक्त अर्थ नीति नै सबैभन्दा दीगो हो भन्ने कुरा विश्वमा आज देखिएको आर्थिक अव्यबस्था र असंतुलनले देखाउदै आएको छ । भित्र भित्रै खोक्रो भएर पनि सम्पन्नताको अभिनय गर्ने गरेको साम्यवादी अर्थ नीति अपनाएको मुलुक सोभियत संघ जव विगठन भयो तव मात्र संसारले जान्यो कि त्यहाू त चरम गरिवी र असन्तोष व्याप्त रहेछ । अमेरिका र युरोपीय मुलुकहरूमा वेलावेलामा देखापर्ने आर्थिक संकटले पुूजीवादको पोल पनि खोलेको छ । समाजवादमा त अझ पहुँचवालाको बोलवाला कायम भएको छ । निरन्तर नियममा तर वा परन्तु शब्द प्रयोग गरेर कसैलाई काखा कसैलाई पाखा गरेर प्रगतिको मृगतृष्णाको व्यापार मात्र भएको छ । यसरी समाजवादले त यी दुईभन्दा पहिले नै घुँडा टेकिसकेको हो ।
यी तीन वादहरूको चरम पेलाईमा पनि आङ्खनो अस्तित्व वा धुकधुकी कायम राखको मध्यमवर्गलाई उसको स्वाभिमान तथा कर्मठताबाट डिगाउन सहयोग अर्थात अनुदानको चास्नीमा लपेटेर पक्षधातका किटाणु आपुर्ति गर्न विश्वका सम्पन्न दरिएका मुलुकहरू दत्तचित्त भएर लागेका छन । सरकारी क्षेत्रबाट संचालित विभिन्न सहयोग नियोगहरू त छदैछन त्यस वाहेक गैर सरकारी संस्थाको रूपमा पनि कायर्रत छन । सिधा रूपमा हेर्दा यस्ता सहयोगहरू निरापद तथा दयाको प्रतिमूर्ति लाग्छ । आङ्खनो श्रम, श्रोत, साधन प्रयोग गरेर विपन्न भनिएका मुुलुकहरूमा अझ विपन्नको सवलिकरणका नाममा आउने यस्ता सहयोगमा शंका उठाउनु राम्रो कुरा हैन भन्ने लाग्छ । तर यस्ता सहयोगले समाजमा विकास गरेको स्वावलम्वन माथी परनिर्भरता, आत्मसम्मान माथी आत्मश्लाघा तथा गौरव माथी लघुताभाषको विजयको परिस्थितिलाई आकलन गर्ने हो भने यस्ता सहयोगहरूका पोल खुल्छन् । आफ्नो उत्पादनको बजार सुदृढिकरण, सस्तो श्रमिक आपुर्ति तथा यो पृथ्वीको नागरिक भएकाले पृथ्वीमा पाउनु पर्ने आफ्नो हकबाट ध्यान हटाई प्रकृति प्रदत्त सम्पदाको मात्र हालीमुहाली कायम राख्ने उदेश्यले यस्ता सहयोगहरू गरिने गरेको तथ्य खासै लुकेको कुरा होईन ।
केही बर्ष पहिले नेपालमा विदेशी सहायताको नाममा प्रशस्त धुलो दुध भित्रियो । उपभोग्य मिति करिव करिव समाप्त हुन लागेको यो धुलो दुध यदी त्यहि मुलुकमा नै रहेको भए उपभोग्य मिति सकिए पछि यसको विसर्जन धेरै नै खर्चिलो हुने थियो । तर यो नेपाल लगायतका मुलुकलाई अनुदानको रूपमा दिँदा यसको विसर्जनमा लाग्ने खर्चमा ठूलो कटौती भयो । त्यस बाहेक जुन जुन मुलुकले यो अनुदान पाए ती मुलुकहरू कृतार्थ पनि भए । सित्तैमा समान प्राप्त हुँदा नाफा ग¥यो भन्ने सोचाई भयो । तर यसले उत्पादन प्रणालीलाई पु¥याएको चोट तर्पm धेरैको ध्यान गएन । कम खपतको समयमा संकलित दुधबाट दुग्घ विकास संस्थानले धुलो दुध उत्पादन गथ्र्याे । सहयोगमा आएको यो धुलो दुधले दुग्ध विकास संस्थानको धुलो दुधलाई गोदाम मै सडायो । फलत हजारौ किसानको लगानी डुब्ने अबस्थामा पुग्यो ।
यस्ता उदाहरणहरू प्रचुर मात्रामा पाईन्छन् जसमा यस्ता प्रकारका सहयोगले मुलुकको उत्पादन प्रणालीलाई क्षती पु¥याएको छ । केही राजनीतिकर्मी, सरकारी कर्मचारी तथा व्यापारीहरूको फाईदा गराएर सर्बसाधारण नेपालीको भने यसले हानी नै गरेको छ । आङ्खनो म्याद सकिन लागेको उत्पादलाई विसर्जन गर्ने काम होस वा नयाू कुरा परिक्षण गर्ने थलो बनाउने कुरा होस् सबै कुरा यस्तै सहायता वा अनुदानमा आउने गर्दछन् । यस्ता प्रकारका कृयाकलापले नेपाली जनमानसलाई विस्तारै आसे बनाउँदै लगेको छ, परिणाम स्वरूप रोजगारीका अवसरहरू समाप्त प्रायः हुदैछन् । यस्तो परिस्थितिले गर्दा नेपालीहरू विदेशमा श्रमदास भएर जान विवश हुदैछन् । जुन पूूजीले नेपालमा स्वावलम्वन तथा रोजगारको मुल फुट्नु पर्ने थियो त्यो पूूजीको रूपमा परिणत हुने क्रम बढ्दो छ । घर बनाउने र विलासिताका साधन जोड्ने होडवाजी चलेको छ । जुन हातका पौरखले भविष्यका रेखा कोरिनु पर्ने थियो ति हातहरू विदेशको प्रतिकुल मौसममा विदेश मै भाँचिन बाध्य भएका छन ।
यस्ता विदेशी सहयोग नियोगमा वा गैरसरकारी संस्थामा काम गर्नेहरूको सेवा सुविधा आफ्नो मुलुकमा काम गर्दा भन्दा नेपाल जस्ता मुलुकमा काम गर्दा धेरै गुणा ज्यादा हुने गर्दछ । यसैले त्यस्ता कर्मचारीहरू नेपालमा परियोजना संचालन गर्न लायित हुने गर्दछन् । परियोजनाको लागतको ठुलो हिस्सा वातानुकुलित गाडी, आरामदायी आवास र आफ्नो सेवा सुविधामा खर्च गरेर लक्षित समूहसम्म केही प्रतिशतसम्म खर्च हुने गर्दछ । यसैले यस्ता परियोजनाका विदेशी, स्वदेशी कर्मचारीलाई खुशी तुल्याउन, स्थानिय नेताको सेवा सत्कार तथा संचार माध्यमहरूलाई आफ्नो पक्षमा पार्न महंगो विज्ञापन गर्ने काम गर्दछन् । यति मात्र हैन त्यस ठाउँमा अरू कसैको पनि आवाज नउठोस् भनेर पारिश्रमिक तथा स्तरिय खानपिन सहित गोष्ठि वा सेमिनार समेत गर्ने गर्दछन् । अब नेपालीले यस्ता सहयोगको चास्नीमा लपेटिएको पक्षघातका किटाणुलाई नाई भन्ने वेला भएको छ ।