Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्रको जग हल्लिसक्यो, तर...

२३ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - -
‘डेमोक्रेसी’ शव्दको अनुवाद वीपीले गणतन्त्र भनेर गरिदिए । यो कुराको साविती बयान उनले रेकर्ड गराए जसको आधारमा गणेशराज शर्माले सम्पादन गरेको वीपीको आत्मवृत्तान्तमा उल्लेख छ । तर नेपाली कांग्रेसको एक समुह आजसम्म पनि वीपीले जानेर वा नजानेर गलत अनुवाद गरिदिएको त्यही शव्दको आधारमा बोल्दैछ । राजसंस्था नीतिमा सामेल राख्नु नेपाली कांग्रेसको आस्था भन्दा विवशता थियो । किनभने कांग्रेसमा आस्था राख्नेहरूको ठूलो समुहको विश्वास राजामा थियो र छँदैपनि छ । 
कांग्रेसमा नेतृत्वमा रहेको एक समुह बलशाली समुह त्यो विश्वासको सामुन्ने घुँडा टेक्न विवश थियो । इतिहासमा जव राजसंस्था सबैभन्दा कमजोर अवस्थामा प¥यो राजसंस्थामा आस्था राख्नेहरू शोकमा डुवेका थिए त्यो समुहले यसलाई आफ्नो मनमर्जी गर्ने मौकाको रूपमा प्रयोग ग¥यो । राजसंस्थाको पहरेदार हौं भनेर जनतामा भ्रम छर्न सफल भएकाहरू रातारात गणतन्त्रवादी भए । यस अवस्थामा सर्वसाधारणको आवाज ननिक्लनु स्वभाविक नै थियो । राजसंस्थाको कुरा लुकेर गर्नुपर्ने अवस्थामा पनि जनताको मनबाट राजसंस्था हटन सकेन । राजसंस्था भारी भएर अब बोक्दैनौ भनरे गणतन्त्रवादी भएको कांग्रेस अव प्रचण्डको वा एमालेको साहरा वेगर हिड्न नसक्ने भएको छ । जनताको मनबाट राजसंस्था नहटेको कारणले धेरैले यो मुद्दाको नाममा राजनैतिक पसल खोले । मौका यहि हो भनेर ‘हिन्दू गणतन्त्रवादी’ समुह पनि निस्किए । गणतन्त्रमा हिन्दू मिसाएर त्यसको नाममा सत्तामा भागिदारी खोज्ने उदेश्यले प्रेरित महन्तहरूका यी समुहहरूलाई जनताले गलत बुभ्mयो । परंपरा पुनस्र्थापनाको अभियान सम्झेर साथ दिए तर हिन्दूत्वको नाममा मुलुकको नियन्त्रण भारतीय पिठाधीशहरूको हातमा पु¥याउने चाल थियो । यो कु्रा सबैको सहअस्तित्व आत्मसात गर्ने हिन्दू भनिने सनातन परंपराको विरूद्ध हो । 
राष्ट्रप्रमुख वा सरकार प्रमुख हिन्दू नभएको अवस्थामा संविधानत भएको हिन्दू गणतन्त्रमा समानान्तर शक्तिकेन्द्र निर्माण पनि समानान्तर नै हुनु पर्दछ र यो केन्द्र पिठाधिश वा शंकराचार्यहरूलाई बुझाउनु पर्ने हुन्छ । आफ्नो यो प्रयत्नमा असफल भई सकेपछि कमलानयनाचार्य प्रवृतिहरू निरिह ठकुरी केटालाई राजा बनाउने प्रलाप गर्न शुरू गरेका छन् । त्यो ठकुरीको छोरो शायद कुमाउू गडवालबाट आयात गर्नु पर्छ पनि भन्न वेर नलगाउलान । सनातन हिन्दु परंपरामा अनेकौ विकृति जन्म दिएर घिन मान्नुपर्ने चलन भित्र्याउनेहरू यस्तै वेशमा भेटिने गर्दछन् । नेपाली मन राष्ट्रको मूल्यमा हिन्दूत्वको कुरा उठाउन तैयार हुँदैन त्यसैले हिन्दू अधिराज्य नै भन्दछ । गणतन्त्र ल्याईएपछि राजा र राजतन्त्रको हरेक कुरा रोक्न निर्लज्जतापूर्वक राज्य लागेको छ । अभैmपनि संसार प्रख्यात भनेर भनिएका नेताहरू राजसंस्थाको आस्था मनमा राख्नेहरूलाई मृत्यु प्रदान गर्ने कुरा गर्दैछन् । यस्ता कुराहरू उनिहरूले कुनै बन्द कोठा भित्र गरेका हैनन् मञ्चमा माईक लगाएर फुकेका हुन । यो नै ठूलो प्रमाण हो समयले गणतन्त्रको जग हल्लाएर कतिसम्म कमजोर बनाएछ कि अव आफ्नो शक्तिको  ठूलो भाग यसमा लगाउनु परेको छ । रमाईलो कुरा के छ भने यो सब राजसंस्था आस्थावान चुपचाप लागेको अवस्थामा गर्नु परेको छ । 
कैयौ राजनैतिक समुहहरूले राजतन्त्र र गणतन्त्रको कुरामा आफुलाई तटस्थ राखेका छन् । चीची पनि पापा पनि दुबैको लाभ लिने कुरा जस्तो यो चाला गर्नुपर्ने अवस्था किन आयो ? प्रष्ट छ उनिहरू जनताको बनबाट हट्न नसकेको राजसंस्था प्रतिको आस्थाको व्यापार गर्न चहान्छन् । उनिहरूलाई जनतालाई हामी त राजंस्था पक्षधर हौ भन्ने भ्रम दिन चहान्छन् । कसैले सिधा प्रश्न ग¥यो भने आफु गणतन्त्रको विरोधि नभएको भन्छन्, अनि राजसंस्था प्रति आस्थावानहरूले प्रश्न गरेमा यो गणतन्त्रको उपयोग गरेर राजसंस्था पुनस्र्थापन गर्ने मेसो भएको भनेर भन्छन् । विगतका दशक भन्दा धेरै समय यस्तै चमेराहरू प्रवृत्तिले अलमल्यायो । राजा सहितको प्रजातन्त्रको नारा दिने पहिलेको राप्रपा नेपाल र पछि एकिकृत भएको राप्रपाको नेतृत्वको चमेरे प्रवृत्ति कार्यकर्ताले बुझे । फलत त्यस्तो नेतृत्व किनारा लगाए । अब थप फल नआउने भएपछि त्यो प्रवृत्तिकाहरू अलग भए । 
यी सबै किसिमका अवस्थाको राप र ताप भोगेपछि अव जनताले बुभ्mन थाल्यो ‘हात्तीको पाइलामा सबैको पाईला’ अटे जस्तै सबै समस्याको उत्तर राजसंस्थामा छ । तर के राजसंस्थाको प्रतिनिधिको दावेदार यसको निमित्त तैयार छ ? कि पुराना स्वार्थीहरूकै झुण्डले गरेको कुटिल जयजयकारमा ढुक्क छ ? हैन भने जनताबाट आफ्ना आस्थावान खोज्न किन संकोच मान्दैछ ?  हो समयले गणतन्त्रको जग हल्लाई दिएको छ , तर यक्ष प्रश्न पनि अब खडा भएको छ कि विकल्प के त ? विकल्पको कुरा आउने वित्तिकै केही कथित चेतनशिल भन्ने गर्दछन ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो ’ । तर नेपालमा विकल्पको खोजी लोकतन्त्रको हैन गणतन्त्रमा मौलाएको तानाशाहीको हो । तानाशाही चाहिन्न गणतन्त्रको आवरणमा भए पनि, लोकतन्त्र चाहिन्छ राजतन्त्रको आवरणमा भएपनि । तर ...