देवी काफ्ले – -
हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुका पछाडि धेरै उद्देश्य छन् । यसको पहिलो उद्देश्य महिला र पुरूषबीच समानता सिर्जना गर्न चेतना जगाउनु हो । त्यसैगरी हाम्रो कानुन र समाजमा महिलाका लागि धेरै अधिकारहरू पनि बनाइएका छन् तर धेरै महिलाहरू आफ्नो अधिकारबारे सचेत छैनन् । महिलाको हकहितका लागि कानुन बनाएर वा समाजमा अधिकार प्राप्त गर्न मात्रै काम हुँदैन, त्यसका लागि महिलालाई पनि सचेत बनाउनुपर्छ ।
हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फरक फरक विषयवस्तु राखिएको छ । सन् १९९६ मा पहिलो पटक अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो र त्यसबेला संयुक्त राष्ट्र संघले ‘विगतलाई मनाउने, भविष्यको योजना’ भन्ने नारा राखेको थियो । हरेक वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा फरक फरक विषयवस्तु राखिएको छ ।
हरेक वर्ष ८ मार्चमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउनुका पछाडि धेरै उद्देश्य छन् । यसको पहिलो उद्देश्य महिला र पुरूषबीच समानता सिर्जना गर्न चेतना जगाउनु हो । त्यसैगरी हाम्रो कानुन र समाजमा महिलाका लागि धेरै अधिकारहरू पनि बनाइएका छन् तर धेरै महिलाहरू आफ्नो अधिकारबारे सचेत छैनन् । महिलाको हकहितका लागि कानुन बनाएर वा समाजमा अधिकार प्राप्त गर्न मात्रै काम हुँदैन, त्यसका लागि महिलालाई पनि सचेत बनाउनुपर्छ ।
यसबाहेक महिलाहरू अझै पनि शिक्षाप्रति सचेत छैनन् । आज पनि धेरै केटीहरूलाई विद्यालय पठाइँदैन, तर यो उनीहरूको कानुनी अधिकार हो । यससँगै महिलाहरू स्वास्थ्यका हिसाबले पनि निकै पिछडिएका छन् । यति मात्र होइन, महिला हिंसाका घटनाहरू पनि बाहिर आउँछन्, जुन निकै डरलाग्दो छ । त्यसैगरी महिलालाई पदोन्नतिमा पनि बाधा पर्ने गरेको छ । यसका अलावा महिलाले धेरै कुरामा असमानताको सामना गर्नुपर्ने हुन्छ । शीर्षक अनुसारको दिवस मनाईन्छ तर यसले समाजमा महिलाका निम्ति के कस्तो प्रभाव पारेको छ त्यसलाई अवमुल्यन भएको जस्तो छ । महिला श्रमिक दिवस मनाउदै गर्दा नेपथ्यका ती श्रमिक महिलाहरूले आफ्ना हकहितका, अधिकारका कुरा कति बुझे वा उनिहरूमा केही परिवर्तन आयो कि आएन ? ती श्रमिक महिलाको श्रमको मुल्यांकन भयको छ त ?
त्रिशुलीका किनारमा, तिनाउका किनारमा, कर्णालीका किनारमा, भेरीका किनारमा बालुवा चालिरहेका महिलाहरूको श्रमको मूल्य कति तोकिएको होला ? ईट्टाभट्ठामा श्रम गर्ने महिलाको श्रमको मूल्य कति होला ? श्रमिक दिवसको असर त्रिशुली किनारमा कहिले पुग्ला ? घरेलु श्रमलाई गन्ने, मान्ने,अथवा कामको रूपमा देख्ने कहिले ? घरेलु कामको मुल्यांकन कहिले कसको मनले बुझ्न शुरू गर्ला ? श्रमिक दिवसका नाराले यता पनि छोइदेओस् । प्रसाशनिक,सेना,प्रहरी,ब्यावसायलाई महिलाहरूको घरेलु काम बाहेकको अल्टर कामको रूपमा लिइन्छ ।
डबल काम गर्दा पनि उसको कामको मूल्य हुदैन ।
यसबर्षको नारा ‘दिगो भोलिको लागि आज लैङ्गिक समानता’ रहेको छ ।यसबर्षको नाराको सार्थकता महिलाहरूलाई समानताको उचाईमा पुगेपछि नै हुनेछ । सधैंको जस्तो नारामै सिमित नरहोस् । समाज परिवर्तन गर्न त्यति सजिलो छैन । तर पनि परिवर्तित त भएकै छ सिमित क्षेत्रमा मात्रै ।
कुनै पनि तवरले समाज महिलालाई हेर्ने वा अवसरका लागि सरकारले गरेका कामले परिवर्तन नै भएको छैन भन्न मिल्दैन ।किनकी आज पनि पुरूषवादी चिन्तनले छुट्टी लिएकैे छैन त्यसैले नै आज पनि महिला हिंसाका घटनाले चुलिएका समाचार सुन्छौं । कमजोर कानूनी प्रावधान अनि नेपाली समाजको पैतृक लैङ्गिक संरचनाका कारण दैनिक घटेका हिंसाका घटना कतिपय सार्वजनिक हुन्छन् भने केही कानूनी उपचारको बाटोमा लाग्छन् त केही घटना समाजको कुलंघित मुखौटा बचाउन गुटुमुटु पारेर दवाईन्छ । समाजमा ब्याप्त अतिवादी सोंच संकिर्ण धार्मिक चिन्तनबाट समाज र समाजका बाहक भनाउंदाहरू यति ग्रस्त छन् कि २१ औं शताब्दीमा पनि बोक्सीको आरोपमा मानव मलमुत्र खुवाईन्छ । जंगली सामाजिक संरचनाका छविहरू त्यतिबेला देखिन्छ कि एउटी महिलाको अपमान गर्न मन खोलेर चरित्रहत्या गर्न पछि पर्दैनन् । आजको प्राबिधिक युगमा बिज्ञानका उत्पादन सुचना, मनोरन्जनका साधन मानिएका यन्त्रहरूको प्रचुर दुरूपयोग गर्दै एउटी नारीको चरित्र हत्यमा प्रयोग हुन्छन् । शाब्दिक हिंसाले आज महिलाहरूलाई सामाजिक सन्जाल रंग्याइएका छन् ।
‘’यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’...अर्थात् ‘जहाँ नारी पूजिन्छिन् त्यहाँ देवता रम्दछन्’ तर लक्ष्मी, सरस्वती, महाकाली, पुजिने देशमा लक्ष्मीको चिरहरण हुन्छ, अस्मिता लुटिन्छ, च्यातिन्छ अनि मारिन्छ । यिनीहरूका लागि न्याय माग्न उहीँ सडकमा जानुपर्छ छैन त बिडम्वना ?
दिवस हरेक बर्ष मनाइन्छ तर हिंसा अन्त्य, श्रमको मूल्य उहीँ हरेक बर्षका माग हुन्छन् । यो बर्षको नारा सफल रहोस् । महिला श्रमिक दिवसको शुभकामना ।