Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

निरङ्कूश नेतातन्त्रले बनाएका दासहरू

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - -
लोकतन्त्रमा लोक उदासीन भए भने नेताहरू निरङ्कूश हुनेरहेछन् । यो प्रमाणित नै भयो । नेपालीहरू विगत लामो समयदेखि निरंकुशताको चपेटामा परेका छन् । केवल रानीको पञ्जापत्रको आधार लिएर एक शताव्दी भन्दा धेरै समय हुकुमी शासन चलाउन सफल राणा परिवार मुखैमा नियम र कानुन लिएर बसेको थियो । मध्ययुगको यो राज्य प्रणाली आधुनिक युगमा विस्थापित हुँदै गएको कुरा पद्मसम्सेरले त बुझे तर अन्य राणाले बुझेनन । खुकुरीदल भनिएको समुहको नाईके भरत सम्सेरलाई वीपीले गृहमन्त्रीको हैसियतले जेल हाले । भरत समशेरका कार्यकर्ताहरू (राजनैतिक दलको रूपमा आएकाले कार्यकर्ता नै भन्नुपर्छ ) आन्दोलित भए । जेल तोडेर भरत सम्सेरलाई निकाले र वीपी माथी ज्यानै जाने किसिमको आक्रमण गरे । कांग्रेसजनहरू यो आक्रमणमा वीपीले सहास प्रदर्शन गर्न नसकेको भए इहलिला समाप्त हुन्थो भन्दैछन् । 
वीपी र राजाको सम्वन्धमा अमिलोपन नआउन्जेल हराउन जेपनि गर्न सक्ने प्रतिद्वन्दी भरतसमशेर अमिलोपन आए पछि भने कट्टर सहयोगी बने, पछि त दल समेत विलय गराए । वीपी स्वयं चकित परेको राजा र उनको बीचको सम्वन्ध विग्रनुका अनेकौ कारण खोजियो । राजाको महत्वकांक्षा, नेहरूको चालवाजी सबैलाई दोष बोकाउन खोजियो । तर आजसम्म कसैले पनि आङ्खनो शासन कांग्रेससंग मिलेर खोसेकोमा राणाहरूले राजासंग लिएको बदला हुनसक्ने संभावना तिर सोचेन । फलत पारंपारिक स्वभाव भनेर निरंकुशताको पगरी राजाहरूलाई भिराएर अरूलेनै निरंकुशताको मज्जा लिएको थाहै भएन ।
राजा वा राजसंस्था भन्ने वित्तिकै निरंकुशताको पयार्यवाची बनाईयो । संभवतः यो गणतन्त्रको दशक भोग्न नपरेको भए राजसंस्थाले यो वित्थाको अवगाल हमेशा बोक्नु पर्दथ्यो होला । तर यो दशकमा निरंकुशता कयौ गुणा बढेर गएकाले विस्तारै सोच्न वाध्य हुनपरेको छ कि यो कहाँ रहेछ ? एक शव्द बोल्दा पनि अरिंगलको गोला चलाए जस्तो अवस्था भोग्नुपरेको राजाले यस अवधिमा कुनै किसिमको निरंकुशता देखाए भन्नु हास्यास्पद हुन्छ । त्यति हुँदाहुँदै पनि  निरंकुश व्यवहारले जनता मात्र हैन कार्यकर्ता र पालैपालो विपक्षी हुन पुगेका यीनै नेताहरू पनि नराम्रेरी पिडित छन् ।
यी बर्षहरूमा विकासको नाममा कयौका घर भत्काईयो, यसको कुनै किसिमको सुनवाई भएन । जीवनभर काम गरेर पेन्सन खानेहरूलाई दवाईसम्म गर्नै नपाउने अवस्था पारेर पेन्सन बन्द गरियो । कारण हिसाव नमिलेको देखाईयो , जो हिसावसम्म तिनको पहुँच नै छैन त्यो अपराधमा वृद्ध भएकाहरूलाई मृत्युवरण गर्न पर्ने अवस्था बनाईयो । तर कसैगरेर एक पटक राजनैतिक पदमा पुगेका नेताहरूले जीवनभर पेन्सन मात्र हैन अन्य सुविधा पनि लिन लागे । कर्मचारीहरूले  पेन्सन पकाउन त निश्चित अवधि इमान्दारीसँग नोकरी पुरा गर्नु पथ्र्यो , तर यस्ता राजनैतिक पदमा पुग्ने नेताहरू एकै हप्ताको निमित्त पुगे पनि वेइमानीका अनेकौ काण्ड गरे पनि जीवन पर्यान्त पेन्सन र सुविधा लिन्छन । नेताहरू यतिसम्म निरंकुश छन कि प्राकृतिक प्रकोपमा परेकाहरूको सहायताको निमित्त आएका सामाग्री वितरण गर्नु भन्दा  सडाएर फाले । यी सबै वितण्डा मच्चाउदा कुनै किसिमको अंकुशले काम गरेन, अर्थात नेताहरू निरंकुश भए ।
राजालाई निरंशताको आरोप लगाएर नेताहरू स्थापित गर्ने नागरिक अगुवाहरू आज नेताहरूले हाम्रो कुरा मानेनन भनेर गुनासो गर्दैछन् । अर्थात नागरिक समाज पनि नेताहरूको स्वेच्छाचारितालाई अंकुश लगाउन नसक्ने अवस्थामा पुग्यो । न्यायपालिका अंकुश लगाउने प्रयत्न त गर्दैछ तर उसले दिएको सजाय भोग्नै नपर्ने र नभोगे वापत मानमनितो पाउने घटनाहरू देखा पर्दैछन् । सर्वोच्च अदालत परिसरमा गएर आपैm न्याय दिएर भौतिक कारवाही गर्नेलाई नगरसम्म भन्ने शायद विधि छैन । त्यसैले न्यायपालिकाले अंकुश लगाउला कि भनेर आशा मात्र गर्न सकिन्छ । उसै पनि आफ्नो अनुकुल नभएमा महाअभियोगको हतियार नेताहरूकै हातमा छ । यसको प्रयोगहरू बाक्लै हुने गरेका छन् । अन्य प्रजातान्त्रिक मुलुकहरूमा महाअभियोग पुन प्रयोग हुन युग लाग्छ, तर नेपालमा केही दशक मै तीन पटक प्रयोग भईसक्यो । 
जनत लगातार सडकमा छन् तर उनिहरूको त्यो प्रयत्न व्यथ्र्य भैm देखिदैछ । बरू महिनौ बर्षौ लगाउने र जनता थकाउने नयाँ औजार नेताहरूको हात लागेको छ । यस्तो अवस्थामा दलहरूलाई अंकुश लगाएर सही काम गराउन सक्ने एकमात्र शक्ति भनेको राजसंस्था नै हो । दलको सट्टा राजसंस्था भन्ने गलत प्रचार भएको छ, राजसंस्था दलहरूलाई सही काम लगाउन हो । प्रजातन्त्रको सट्टा राजतन्त्र हैन प्रजातन्त्रलाई सही तरिकाले काम गराउने जिम्मेवारी बहन गर्न राजतन्त्र हो । यो गलत प्रचार केवल दलहरूले आङ्खनो मनोमानी गर्ने दिन समाप्त होला भन्ने आशंकाले गरेका हुन । निरंकुश नेतातन्त्रको समाप्ति  प्रजातान्त्रिक अधिराज्य नेपाल भए मात्र सम्भव छ । गडवड गरे राजा अंकुशको रूपमा रहने अधिराज्य । यसको निमित्त संघर्ष आजको आवश्यकता हो । बिगत १५ वर्षदेखि जुन खालको निरङ्कूशताले टाउको उठाएको छ, त्यो राष्ट्रको अन्धकार भविष्यको सङ्केत हो ।