शाश्वत शर्मा - -
आखिर यो गणतन्त्र र यी गणतन्त्रवादीले यो सुन्दर मुलुकलाई डुबाएरै छाडे । मुलुक अन्तर्राष्ट्रिय महाशक्तिहरूको खेल मैदान भएरै छाड्यो । प्रसङ्ग अमेरिकी सहयोग भनिएको एमसिसी संसदबाट पारित गराउने हो । नेपाललाई दिने भनिएको आर्थिक सहयोग लिएर अहिले चीन र अमेरिका आरोप प्रत्यारोपमा उत्रिएका छन् । चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलन आयोजना गरेर एमसिसी मार्फत अमेरिकाले नेपालर्ला कूटनीतिक दबाब दिइरहेको र त्यसको चीनले प्रतिवाद गर्ने बताएको छ । चीनको प्रवक्ताले अेमरिकाले सहकार्यको नाममा कूटनीतिक दबाब सुरू रेको भनने नेपाल आफ्नो छिमेकी देश र विकास साझेदार भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताएको छ । त्यस्तै गरेर उता अेरिकाले एमसिसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू अमेरिकालाई स्वीकार्य नहुने बताएको छ । नेपालस्थित अमेरिकी राजदूतले ट्विट गर्दै घुमाउरो पाराले अहिले काठमाडँैंलगायत नेपालभरी एमसिसीविरूद्ध भइरहेको आन्द ोलन प्रति रोष प्रकट गरेका छन् । अर्थात् हिजो देखिने गरेर भारतीय विस्तारवाद प्रति मात्र आक्रोसित नेपालीहरू अब महाशक्ति राष्ट्रहरू चीन र अमेरिकातिर विभक्त भएका छन् । एमसिसीको समर्थन र विरोधमा जुलुसहरू निस्किरहेका छन् । हुँदा हुँदा नेपालका उपराष्ट्रपतिको निवासमा चीनविरोधी पर्चाहरू टाँसिन थालिएको छ । यसको बाछिटा उपरराष्ट्रपति निवास हुँदै भोलीका दिनहरूमा शितल निवाससम्म पुग्न बेर छैन । विवादरहित रहनुपर्ने निकायहरू पनि शनै शनै विवादमा तानिन पुग्दैछन् । किन यस्तो भयो त ?
प्रष्ट छ, अहिलेका सत्ता सञ्चालकहरूको अदूरदर्शी नीति, संवेदनशील विषयप्रति गरिएको लापरवाही नै मुख्य कारण हो । भूराजनीतिक टकरावको विषयलाई लिएर गम्भीर नहुनु र ढुलमुले चरित्र अपनाउनु पनि अहिलेको अवस्था आउनु हो भन्दा कुनै अतिशयोक्ति नहोला । जानिफकारहरू भन्छन्– यस्तो संवेदनशील विषयमा एउटा कित्तामा उभिन सक्नुपथ्र्यो । तर यी सत्ता सञ्चालकहरूले संशोधन, छलफल, जनमत बुझ्नुपर्ने आदि जस्ता ढुलमुले चरित्र देखाएर दुबै मित्रराष्ट्रलाई विवादमा तानिदिए । बरू जे जस्तो होस्, नेपाली कांग्रेस स्पष्ट छ । बाँकी ठूला दलहरू कोही संशोधनमा छन् भने केही जनमत लिनुपर्नेमा । अझ एमालेभित्र त अनौठो परिदृश्य देखिन्छ । उपल्लो दर्जाकाहरू पास र्नुपर्ने भन्छन्, मझौला पास गर्नै हुन्न भन्छन् भने तल्ला कार्यकर्तँहरू उफ्री उफ्री विरोध गरिरहेका छन् । केही वामदेवले फेरि एमाले टुक्य्राइदिने लख काट्नेहरू पनि छन् । हेर कूटनीतिकलाई गिजोलेको ?
वास्तवमा भन्ने हो भने यी पार्टी, नेताहरूसँग कुनै नीति नै छैन । हिजो राजतन्त्रले सबै सकस बोक्थ्यो । आज जिम्मेवारहरू अवसरवादमात्र बोक्छन् । जबदेखि गणतन्त्र नामको यो व्यवस्था आयो नेताहरूले भाँडतन्त्र बनाइदिए । नेपालको परराष्ट्रनीतिको दुर्घटना सडकमै छताछुल्ल हुनपुग्यो । हरेक नेता आआफ्ना स्वार्थअनुकूलका सम्बन्ध बिस्तार गरिरहेछन् । राष्ट्रका पक्षमा कोही उभिएका छैनन् । नेपालमा चीन र अमेरिका आमने सामने हुनपुगेका छन् । भारत चुपचाप हेरिरहेछ । असंलग्न परराष्ट्रनीति, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन, बडापत्रहरूका आधारमा चलिआएको नेपालको परराष्ट्रनीति नराम्रोसँग भाँडिन पुगेको छ । शक्तिराष्ट्रहरूले बुझेका छन्, नेताहरूले नेपालमा तिनको बेइजत गराइरहेका छन् । यस्तै हो भने शक्तिराष्ट्रको कोपभाजनमा नेपाल पर्ने र नेपालीले महगो मूल्य चुकाउनु पर्नेछ । नेतृत्वको असक्षमताले नेपाल चक्रव्यूहमा फस्न पुगेको छ, निकाल्ने ल्याकत कसैसँग पनि देखिन्न । यस्तै स्थिति रहने हो भने नेपाल असफल र द्वन्द्वराष्ट्र बन्नेछ ।
शक्तिराष्ट्रहरू नेपालको भूराजनीतिमा लड्ने स्थितिमा पुग्नु भनेको नेपालको नेतृत्वको कमजोरी हो । नेताको गल्ती कमजोरी, अक्षमताका कारणले जनता जनता विभाजित मानसिकतामा पुग्ने र सडकमा जुध्ने वातावरण यिनैले निर्माण गरिदिएका छन् । सत्तारूढभित्र एकदोस्राप्रति आरोप प्रत्यारोप छ, प्रतिपक्षको आफ्नै अडान छ, राजनीतिक समन्वय र संवादको वातावरण भाँडिएको छ । एकले अर्कोलाई धोखेवाज, राष्ट्रघाती भनिरहेका छन् । यहाँसम्म कि यिनले न्यायालयमा समेत सिकार खेलेर न्यायव्यवस्थालाई अस्तव्यस्त पारिदिएका छन् । नेपालले तत्काल बुद्धिमत्तापूर्ण तरिकाले स्थितिलाई नसम्हाल्ने हो भने नेपालका सबै मित्रहरू चिढिने र नेपाल अकल्पनीय सङ्कटमा फस्ने निश्चित छ भनिदैछ । एकातिर दण्डहीन, अर्कोतिर भ्रष्टाचारी, त्यसमाथि अराजकता र अस्थिरतामात्र होइन वर्तमान राष्ट्रिय समस्यालाई तर्कपूर्ण तरिकाले सम्हाल्न सकिएन भने अविश्वसनीय मुलुक समेत बन्न जाने खतरा छ ।