Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

घर भनेकै सबैको बलियो भर हो

०२ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

महेश्वर जुजु राजोपाध्याय - - 
घर जलाएर खरानी बटुल्नु आत्मघात नै हो । आमाको वुवु चुसेका कसैले पनि यस्तो पाप गर्दैन । पैसा कमाउन आमालाई बलात्कार गराई रमाउनेहरूको भविष्य डुब्छन् नै । पाप धुरीबाट कराउँछ मात्र होइन चिच्च्याउँछ नै ।
जो पनि जहिले पनि आफ्नो छाप्रो नै किन नहोस् घर पुगे पछि ढुक्कै हुन्छ, आनन्दले निदाउँछ । घर भनेको घरै हो, झुप्रो महल वा दरबारमा फरक छैन । छाप्रो भित्र गरीबले पनि बलियो भर पाउँछ । दरबारले राजपरिवारको सुरक्षा गरे जस्तै जनसाधारणलाई उसको घरले उत्तिकै सुरक्षा दिन्छ । घर भित्र शान्ति पाइन्छ, मेरो घर भन्ने गौरवको ममता पाइन्छ । ममता भित्रै प्रेम सदभाव पलाउँछ । “साग र सिस्नु खाएको वेश आनन्दी मनले” देशभक्त महाकविले यहि चेतना दिएर गए । तर, मेरो देश नै “मेरो घर” भन्न हिच्किचाउनेहरू भन्छन् — आफ्नो आमालाई मारेर सौतेनी आमाको वुवु चुस्नेहरू खरबपति नै भए पनि शान्ति पाउँदैनन् । सुनको पलङमै पनि निदाउन सक्दैनन् । जाँड रक्सी वा नींदका चक्की खाएर निदाउँछन् । मेरो घर भन्नेहरू चीसो छिंडीमा समेत घुरेर निदाउँछन् । किन ? किनकि उसको मनमा पाप छैन, लोभ छैन कमाउन जे पनि गरूँ भन्ने मनै छैन ।
नेपालीहरू आफ्नो दैलो चौकोसको माथि शिव पुत्र कुमारदेवलाई श्रद्धाले पूजा गर्छन् । कुमारदेवले घर भित्र तारकासुरलाई पसाएर आतङ्क मचाएका कपूतहरूलाई खोजी खोजी समाप्त पार्नु भयो । तारकासुरले प्रयोग गर्ने हातहरूनै काटेर संहार गर्नु भएको गुण संझेर सबै नेपालीले दैलो माथि नै राखेर कुमार देवको सम्मान गरे । अन्य देवी देवता पनि घर दैलोको अगाडि चक्का मण्डला बनाएर बसी कुमार देवको जय मनाएर बसे । घर मुलीले नित्य निरन्तर नै दैलो माथि र अगाडि मण्डलामा पूजा गर्छन् । उहाँहरूले पनि प्रेमले सुरक्षा दिई रहनु भएको छ । त्यसैले नेपाल देवभूमि अर्थात् स्वर्ग नै बन्यो । यहाँको पवित्र हिम शिखरमा देवताहरूको बास छ भन्छन् सबै शास्त्रहरूले । भूमध्य रेखाको सेरोफेरो मत्र्यलोक हो । त्यहाँ पाप पुण्य सबै छन् । सुख दुःख दुवै छ । त्यसैले शान्ति छैन । त्यसको तल्लो भाग पातालै भयो । जहाँ बलि राजालाई बस्न दिई लक्ष्मीको साथ नारायण पनि अड्डा जमाएरै बस्नु भयो । अर्थ तन्त्र बलियो भयो । 
स्वर्ग भूमि नेपाल कुमारी माँ को राज्य हो । प्रत्येक वर्ष माँले यहाँको राजालाई मेरो प्रतिनिधि भएर राज्य सञ्चालन गर्नु भनी आपूm गद्दीमैं राज भई राजालाई भूमिमा बस्न दिई टीका लगाई शक्तिपात गर्नु हुन्छ । अहिले माँको समेत पति भनी राष्ट्रपति भन्ने गरेकैले अशान्ति छ । तीन तिहाई बहुमतको बलियो सरकार पनि टिकेन संघीय राज्यको नाममा प्रदेशहरूमा टुक्रा पारे । हामी स्वतन्त्र छौं केन्द्रले दबाउन पाइन्न भन्दै स्वतन्त्र हक खोजे । शत्रुले कुपु कुपु खाने गाँस बनाए । निक्कै कमजोर बनाए । सीमा स्तम्भहरू सारे पनि बोलेनन् ।
कुमारदेवले मात्र जोगाएको यो राज्य होइन, तारकासुरलाई हराउने कुमारदेव भित्र विराजित शक्तिमाता कुमारीको पनि यो स्वाभिमानी राज्य हो नेपाल । पराक्रम मन पराउनु हुने शक्तिमाताले पराक्रमी दानव चण्डासुरको पराक्रम देख्नु भयो र मख्खै पर्नु भयो । शक्ति माताको प्र्रसन्नताले चण्डासुरको आत्मबल झनै बढ्यो र दैवी राज्य नेपाल हडप्नै खोज्यो । आफ्नो घर जोगाउन कुमारी माँले मेरो मान्छे भन्नु भएन छप्काउनु भयो । यो सानो देशलाई वडे – वडे ताकतदारहरूले गलाउन सकेन । विशाल भारतै कजाउन पुगेको शक्ति पनि यो फुच्चे राज्यमा हा¥यो नै । प्रारम्भ देखि नै यो सानो देश स्वतन्त्रै रह्यो र रहन्छ नै । कसैको दाल गल्दैन । कुमारदेव स्वयं सबै घर दैलोमा यि नै राज भई सुरक्षा दिई रहनु भएको छ । तारकासुरहरू हार्छन् नै । भूमि मिच्दै आउनु देशभक्तहरूको आमालाई पेल्नु हो पाप लाग्छ नै ।
दक्षिणकाली माँको रात्रिपूजा सकेर घर फर्कनु भएका देव व्राम्हण सुरेन्द्रधर राजोपाध्यायले बीच बाटोमा परम सुन्दरीको रूपमा दक्षिणकालीकै प्रत्यक्ष दर्शन पाउनु हुँदा द्यःबाज्येको जवानीले कुदृष्टिले हे¥यो र कालीले उग्ररूप लिनु भयो । माँ भनी ढोग्ने बुद्धि नै आएन, जवान् बाज्ये ज्यान जोगाउन भए भरको ताकतले भागे । हावाको रूप लिनु भई कालीमाँले लगार्नु हुँदा पनि जवान केटो घरदैलो फोडेरै घर भित्र घुसे छन् । घर दैलोको कुमार देवले सुरक्षित राख्नु भयो ।
ने.सं. १०९५ बि.सं. २०३२ साल फाल्गुण ४ गते मंगलबारको दिन पाटन अकि बहाल निबासी गोकुलमान श्रेष्ठकी छोरीको पास्नी (अन्नप्राशन) को भोज खाएर अलि अबेर गरी घर फर्केका आनन्दले नःबहालको अतिनै चर्चित भुवनेश्वरी शक्तिपीठ मन्दिरकै पेटीमा एउटी चुल्बुले केटी देखेछन् । त्यहाँ पनि के गडवडी भएर हो, आनन्द भाग्नै पर्ने भयो ? डराएर भाग्दा पछाडी हुरी सरी लखेट्दै छ । घर दैलो भित्र पसे पछि आनन्द सुरक्षित भयो । यसरी साधारण घरमा पनि भर पाइन्छ ।
यी दुवै घटनाले प्रमाणित ग¥यो आफ्नो घर भनेकै ठूलो भर हो । आफ्नै घर जलाएर खरानी बटुल्नु ठीक छैन । दलालहरूले बुझुन् र नेपालको नागरिक भनी गर्व गरून् !
“मलाई चौतारा पद दिन्छौ त म तिमीहरूलाई भित्र पस्न दिन्छु” भनी सजिलैसित देश सुम्पेको पहरेदारलाई वडा महाराजले झुण्ड्याएरै सबैलाई देखाए । लोभी पापीलाई मौका दिनै हुन्न भन्ने पाठ सिक्नै पर्छ आमाको वुवु चुसेकाहरूले । जय देश, जय नेपाली स्वाभिमान ! जय राष्ट्रवाद ।