Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

परम्परा रक्षक राष्ट्रिय दलको आवश्यकता

२४ सोमबार , माघ २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - -
अरस्तुले भनेका थिए– राजनीति एउटा विज्ञान हो, यसको उपयोग मानिसको कल्याण्का लागि हुनुपर्छ । नेपालको सन्दर्भमा राजनीति त्यस्तो विज्ञान कहिले बन्न सकेन ।
अर्का विद्वानले भनेका थिए– र राजनीतिशास्त्र राज्यको अतीत र आधुनिक वा भावी स्वरूपको राजनीतिक संगठनहरू तथा राजनीतिक कार्यक्रमहरूको राजनीतिक संस्थाहरूलगायत राजनीतिक विचारधाराहरूको अध्ययन गर्दछ । नेपालमा यो स्थापित मान्यता छैन । यसकारण परम्परा रक्षक राष्ट्रिय दलको आवश्यकता नेपालका लागि जरूरी छ । परम्परा भन्ने वित्तिकै केहीको धारणा यो अपरिवर्तनीय भन्ने हुन्छ । यो सही होईन, परम्परा पनि निरन्तर समयानुकुल परिवर्तन हुने गर्दछ । उग्रक्रान्तिकारी नारामा जस्तो भएको सवै ध्वंस गरेर नयाँ निर्माण गर्ने, नयाँ परम्परा स्थापना गर्ने कुरा भने हुन्न । तर सहज परिवर्तन निरन्तर भइरहेको हुन्छ । यो परिवर्तन किन अनुभव हुन्न भने त्यस्तो परिवर्तन सँगसँगै स्वयं समाज पनि परिवर्तन भइरहेको हुन्छ । यस्ता परिवर्तनहरूले दिनसक्ने कठिनाई थाम्न सक्ने गरेर समाज पनि विकसित हुन्छ । शान्ति अनि सहजतापूर्वक मान्यता, परम्परा, सामाजिक, आर्थिक, राजनैतिक कुराहरू परिवर्तन गर्दै लैजाने दललाई परम्परा रक्षक राष्ट्रिय दल भनिएको हो । अनि सबै भताभुङ्ग पारेर परिवर्तन खोज्ने लाई उग्रक्रान्तिकारी भन्न खोजिएको हो ।
नेपालमा सात सालपछिको राजनैतिक व्यवस्थामा यस्तै उग्रक्रान्तिकारी परिवर्तनहरू भए । निरन्त पुरानो भत्काएर नयाँ बनाउने उग्रक्रान्तिकारी परिवर्तनको निरन्तरताले विगतका सात दशकदेखि मुलुक जर्जर हुँदै गएको छ । अपवादको रूपमा १७ सालदेखि २८ सालसम्मको कलाखण्ड रह्यो । यस कालखण्डमा समाजमा धेरै परिवर्तन भए तर ती परिवर्तनहरू पुरानो भत्काएर नयाँ बनाउने प्रकारका थिएनन् । भइरहेको अवस्था, व्यवस्थालाई विस्तारै परिवर्तन गर्दै धेरै कार्यक्रमहरू लागु भए । सम्पूर्ण मुलुकमा एकै पटक कुनै कार्यक्रम लागु गर्नुभन्दा केही भागमा लागु गर्दै बर्षैपिच्छे अन्य भागहरूमा पनि क्रमसँग लागु भए । प्रत्येक भागले विविधताको सबै पक्ष समेटेको चार भागमा बाँडेर हरेक बर्ष कार्यन्वयन थप्दै लैजाने कार्यनीतिले त्यो कार्यक्रम पनि परिष्किृत हुँदै गयो । सिद्धान्त र कार्यन्वयनमा केही असमाञ्जस्यता भेटिए लागु हुने प्रक्रियामै परिष्किृत हुन पायो ।
अपवादको त्यो कालखण्ड भन्दा बाहेकको समयमा भने निरन्तर सत्ताधारीको लागु गरेरै छोड्ने जिद्दी रहेको छ । अनि विपक्षीकोे कुनै पनि हालतमा लागु हुन नदिने जिद्दी रहेको छ । यो लोकतान्त्रिक (?) अभ्यासले मुलुक नै अहिले हरेक सुचकांकमा पछाडि पर्दै गएको छ । हरेक परिवर्तन पछि परिवर्तनका मुखियाहरूको तेजोवध भएको छ । अनि मुलुकमा सात दशकदेखि उही दलहरू अनि उही नेताहरूको हालीमुहाली हुँदै आएको छ । यदि कोही नेताको मृत्यु भएमा उसैको वैचारिक उत्तराधिकार बोक्ने त्यो स्थानमा आएको छ । यस्तो अवस्था जनतालाई अझ कष्टकर हुने गरेको छ । किनभने यस्ता हरेक नेताको सपना पुरा गर्ने होड चल्छ । त्यो सपना राष्ट्रको निमित्त, जनताको निमित्त कत्तिको लाभदायक हो वा हैन सँग कुनै सरोकार हुन्न । यसरी नयाँ परम्परा वस्छ । अनि त्यो परम्परा भत्काएर नयाँ बनाउन अर्को उग्रक्रान्तिकारी लाग्छ । 
परिवर्तन पछि स्थिरता नआउनुमा हरेक कुरालाई विरोध गरेर, त्यसलाई भत्काएर नयाँ बनाउने कुरालाई अग्रगमन भन्ने भाष्य स्थापित हुनु हो । जव हिजो शासनको दमन भोगेको, जेलनेल खपेको भन्ने कुरा मात्रलाई योग्यता गनिन्छ भने विरोध योग्यता हासिल गर्ने सरल बाटो हो । हिजोको विरोधले आज नायकत्व प्रदान गर्दछ भने आजको विरोधले भोली नायकत्व प्रदान गर्दछ भन्ने लोभ हुनु अस्वभाविक हैन । समान्यतया व्यवस्था परिवर्तन पछि मात्र विरोधको प्रतिफल पाईने गर्दछ । तर केही बर्ष मै अपराधिक मानेर पहिले सजाय गरिएको व्यक्ति शासनमा भागिदार हुन्छ भने त्यहाँ कानुन व्यवस्था मृत्यु शैयामा पुग्छ । कुनै अपराधमा गिरफ्तार गरिएको व्यक्ति सरकारी पद हासिल गरेर मुक्त हुन्छ भने कसैलाई पनि गिरफ्तार गर्न धक लाग्नु स्वभाविक हो । 
समाजको बनावटमा धेरै ठूलो हिस्सा मध्यम वर्गको हुन्छ । उग्रक्रान्तिकारी परिवर्तनले सवैभन्दा धेरै यही वर्ग त्रसित हुन्छ । यी परिवर्तनले उसको जीवनयापनमा नै धेरै नकारात्मक असर पार्दछ । ती नकरात्मक असरको प्रभावबाट राम्ररी निस्केको पनि हुँदैन अर्को त्यस्तै उग्रक्रान्तिकारी परिवर्तन तैयार हुन्छ । उसले आफ्नो हितरक्षा गर्ने सिद्धान्त बोकेको भनेको दल पनि मध्यममार्गको नाममा उग्रक्रान्तिकारीको बाटोमा आकर्षित भईसकेको हुन्छ । नेपाली कांग्रेस मात्र नभएर राप्रपा जस्ता दलहरूपनि यस्तै बाटोमा लागेकोले यो वर्गले आफ्नो हित गर्ने दलको अभाव प्रष्ट महशुस गरेको छ । कुना लगाईएका राजा प्रतिको आकर्षण पनि यसैको प्रदर्शन हो । यस्तोमा राप्रपामा भएको नेतृत्व परिवर्तनले के अव त्यो दल परम्परारक्षक दल बन्ला ? कि पार्टी जसरी भए पनि जोडेर राख्ने उसको पुरानो आदतले यो आवश्यकता भन्दा टाढा लैजाला ? यो अहम प्रश्न हो ।