Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा लोकको महत्व हुन्छ, दलको होइन

१७ सोमबार , माघ २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की - - 
नेपाल आफ्नो आपूmलाई चम्काउन राजसंस्थालाई कटाक्ष गर्ने बाटो सजिलो भएको थियो । यसको धंगधंगी अहिले पनि छ भन्ने कुरा वेलावेलामा देखिईरहेको छ । विरोधी मात्र हैन राजसंस्थाको एजेण्डा बोकेको दावी गर्ने कमल थापा प्रवृत्ति पनि राजसंस्था, राजा माथी कटाक्ष गर्न चुकेका छैनन् । विदेश स्थायी बस्ने पुर्व नेपालीहरू मध्ये धेरैको चिन्ता र चासो नै केमा छ भने गणतन्त्रका ‘भगवान’हरूको केटाकेटीपनाको व्यवहारले कतै फेरी राजसंस्था पुनस्थपित नहोस् । चाहे नेपाल जे सुकै होस , नेपाल मै आफ्नो सर्वस्व खोज्ने नेपालीहरूले जत्तिकै दुःख पाउन तर ती गणतन्त्रका ‘भगवान’हरूको विकल्प वर्तमान नेपालीहरूले नखोजुन् । यहाँ पूर्व नेपाली र वर्तमान नेपाली शव्द प्रयोग गर्न विवश हुनु परेको छ । पूर्व नेपाली ती हुन् जसलाई अव नेपाल आउँदा विदेशी राहदानीमा भिषा अर्थात प्रवेशाज्ञाको आवश्यकता पर्छ र वर्तमान नेपाली ती हुन जसलाई विदेश जाँदा नेपाली राहदानीमा विदेशको प्रवेशाज्ञाको आवश्यकता पर्र्छ ।
राजसंस्थाको एजेण्डा बोकेको दावी गर्ने कमल थापा राजाले महाधिवेशनमा हस्तक्षेप गरेर आफुलाई हराएको मान्छन् । त्यसैले गर्दा यो कुरा केन्द्रिय समितिमा छलफलमा ल्याएर पार्टीबाटै राजालाई दोषी सावित गर्न लगातार दवाव दिई रहेका छन् । उनको भनाईमा राजा पार्टी निरपेक्ष हुन्, र उनी भएको पार्टी राजाले खोलेको पनि हैन । अनि यो पार्टी राजाको निर्देशन, ईच्छा आदिमा चल्नु पनि हुँदैन । अव पार्टीले कुनै निर्देशन वा ईच्छा नमानेको र सदस्य पनि नभएको व्यक्तिको कुनै कामलाई केन्द्रिय समितिमा छलफल गरेर कसरी दोेषी सावित गर्न सक्छ ? यदि दोषी सावित नै गरे पनि त्यो वापत के दण्ड निद सक्छ ? तै पनि यो कुरा वारंवार उठ्नु भनेको आफ्नो खस्दै गरेको प्रतिष्ठा राजालाई गाली गरेर थाम्नको निमित्त हो । 
राजा कुना लगाएको धेरै बर्ष भयो । त्यसैले मदन भण्डारीले श्रीपेच खोलेर आउन दिएको चुनौतीको वेलाको जस्तो तरंग राजसंस्थालाइ कटाक्ष गरेर आउन्न । पहिले यस्ता कटाक्षले राजसंस्थाको आस्थामा चोट पुग्ने र कटाक्ष गर्ने प्रति आकर्षण हुनेगरेको थियो । तर पछिल्ला केही बर्षदेखि यस्ता कटाक्षले राजसंस्थाको अपरिहार्यता छ भन्ने सोच बढाउने र कटाक्ष गर्नेको आलोचना गर्ने प्रवृत्ति बढेको छ । यसले राजसंस्थालाई  कट्वचन बोलेर आगो उकेल्ने जुझारू नेता बन्न सफलहरूको प्रतिष्ठा कायम राख्न कठिन भएको छ । त्यसपछिका  उनीहरूका अभिव्यक्तिहरू जो प्रति लक्षित हुन्छ त्यसका समर्थकहरूबाट नै आलोचना खेप्नु परेको छ । राजसंस्था, तत्कालिन व्यवस्था आदिलाई कटाक्ष गर्नुभन्दा अहिले अन्य नेतालाई कटाक्ष गर्नु ज्यादा जोखिमपुर्ण छ । पहिले तत्कालिन कानुनले कारवाही हुने संभावनामात्र थियो । कारवाही नै पनि त्यो उसको जुझारूपनको थप योग्यताको रूपमा परिभाषित गर्न पाइन्थ्यो । समर्थकको विरोध शून्य प्रायः थियो ।
त्यसैले वर्तमानमा राजसंस्था फकर्ने डर देखाएर मात्र काम चलाउनु परेको छ । यसको निमित्त राजतन्त्र र लोकतन्त्र एक अर्काकोे विरोधि हुन भन्ने झुटको खेती गर्नु परेको छ । राजसंस्थाका वैधानिक हकदारमा पुनस्र्थापना हुने कुनै ललक, चाहना प्रष्ट देखिएको छैन । विभिन्न अवसरमा सन्देश मार्पmत आउने ‘जनताले चाहेमा’ भन्ने कुराहरू मुलुकमा राजसंस्थाको अपरिहार्यता देख्ने जमातलाई थुमथुम्याउने कुरा मात्र जस्तो देखिन्छ । वेलावेलामा आउने देशचिन्ता सबै देशवाशीको जस्तै साझा चिन्ता हो । तर हकदारले नचाहेमा पनि मुलुकको अस्तित्व राजसंस्थामा नै छ भन्ने मान्नेहरूको जमात निरन्तर बढ्दै गएको छ । त्यो जमात गणतन्त्रले वर्तमानमा देखाएको निकम्मापनले गर्दा हो । स्वयं गणतन्त्रको कट्ट् पक्षपातीहरू पनि यो निकम्मापनले गर्दा तर्कविहिन हँुदै जाँदैछन । त्यसैले डुव्दै गरेको दलहरूको , दलका नेतृत्वहरूको साख बचाउन एकै अभिव्यक्ति बचेको छ । त्यो हो परिवर्तन आत्मसात गर्न समय लाग्छ, विस्तारै नेताहरूले बुभ्mदै जान्छन र सुध्रिन्छन् । 
अर्को मन्त्र छ ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो’ । अर्थात गणतन्त्रले नेपालको लोकतन्त्रलाई यस्तो मोडमा ल्यायो जहाँ लोकतन्त्रकोे विकल्प खोज्नु परेको छ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा कुनै विमति जनाउनु पर्ने आवश्यकता नै छैन । बरू प्रश्न गर्ने आवश्यकता भने छ, के वर्तमान नेपालको गणतन्त्रले व्यवस्था गरेको लोकतन्त्र वास्तवमा लोेकतन्त्र हो ? संवैधानिक सरकार भन्दा माथी राजनैतिक संयन्त्र भनेको ‘सर्वहाराको अधिनायकत्व’ मान्ने कम्युनिष्ट प्रणालीको पोलिट व्यूरो हैन र ? यस्ता केही नेताको पोलिट व्यूरो त्यो मुलु्कको संविधान भन्दा माथी हुने गर्दछ । लोकतन्त्रमा लोकको महत्व हुन्छ दलकोे हैन । लोकतन्त्रमा दल जनताको सेवाको निमित्त हुन्छ र नेता दलको सिपाही हुन्छन । यो विपरित भएको प्रणाली तानाशाही हो । त्यसैले लोकतन्त्रको आवरणमा आएको तानाशाहीको विकल्प लोकतन्त्र हो । यो लोकतन्त्र चाहे राजतन्त्रले स्थापित गरोस वा गणतन्त्रले । तर गणतन्त्र उद्दण्ड भईसकेको छ, जनता अर्थात लोक पिडक भइसकेको छ । विकल्प यसको चाहिएको हो ।