Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

सशस्त्र बन्यो सशूल्क : बाशुदेव वाग्ले

१४ सोमबार , भाद्र २०७२११ बर्ष अगाडि

पहिला ठाकुरमोहन श्रेष्ठतिर लाग्यो भनेर विभेदमा परेका डिआईजी दुर्गाबहादुर कुावरले राजीनामा दिएर सामाजिक सञ्जालमा लेखे– 'जब भ्रष्टाचारले सीमा नाघ्छ, भ्रष्टहरुले शासन गर्छन्, तथ्य कुरा तोडमोड हुन्छ र सत्य मौन हुन्छ।' त्यसपछि लगातार सशस्त्र प्रहरी बलभित्र पैसा दिनोस्, सरुवा, बढुवा हुनोस् भन्ने खबर आइरहेका छन्। के हो यो? एमाओवादीको कोटामा नियुक्त भएका प्राविधिक आइजीपीले सशस्त्रलाई सशूल्क पार्किङ पो बनाइदिए। भदौ ७ गते कैलालीमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहितका ८ प्रहरी मारिए, यसको कारण देखियो सशस्त्रले अर्डर छैन भनेर फायर नखोल्नु र सशस्त्रका चौधरी अधिकारीले नेपाल प्रहरीलाई असहयोग गर्नु। सशस्त्रलाई आइजीपी कोषराज वन्त नेपाल प्रहरीको जस्तो पक्राउ पूर्जीको अधिकार लिन खोज्दै गर्दा नेपाल प्रहरीलाई असहयोग गर्न पुगे। क्षति भयो– सुरक्षाकर्मीको र डीआइजी स्तरका प्रहरीसमेत राजीनामा दिन थालेका छन्। राजनीतिकरणको यस्तो बिकृत रुप? सशस्त्र सशूल्क पाकिङजस्तै स्तरमा खस्कन थाल्यो। यस्तो सशस्त्रले देशको सीमा र शान्तिसुरक्षा गर्छ भन्ठान्नु देशकै दुर्भाग्य बन्न थाल्यो।