Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पालो अब राप्रपाको

१९ सोमबार , पौष २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा - - - 
राप्रपा फेरि एकपल्ट फुटको संघारमा पुगेको छ । विश्लेषकहरूले भन्छन्, एकता महाधिवेशन सम्पनन भएपछि अध्यक्ष कमल थापाले चुनाव हारेको र उनले पूर्वराजालाई हराउन षडयन्त्र गरेको आरोप लगाएपछि फुटको संघारमा पुगेको हो । राप्रपाभित्रको मण्डलेतन्त्र केही सकिएको अनुमान गरिएको थियो, परिवारवादमा लाने प्रयासले झट्का खाएको थियो । निरङ्कशूता काबुमा आयो भनियो । संविधानसभादेखि आम निर्वाचनमा समेत जनताले राप्रपाको प्रतिनिधित्वलाई आवश्यक ठानेकै थिए । तर समयक्रममा नेतृत्वले गरेको ढुलमूल र पैसाको चलखेललाई राप्रपाभित्रै मन पराइएको थिएन । कतिपय होनहार नेता बाहिरिन बाध्य भएका पनि हुन् । एकता महाधिवेशनले क्षमता भएकालाई उचित शिक्षा दियो । तर पदलोलुपतामा रमाउनेहरूका लागि पाच्य भएन र राप्रपालाई फेरि फुटको चरणमा पु¥याउन थालेका छन् । भनिदैछ, एकथरिले पुष २७ गते एकता दिवसको अवसर पारेर ती पदलोलुपहरूले अर्को पार्टी खोल्ने लख काट्न थालेका छन् । प्रत्येक महाधिवेशनपछि पदका भोकाहरूले पार्टी फुटाउँदै आएका छन् । यो पटक पनि त्यस्तै हुने देखिदैछ ।
खासगरी पूर्वअध्यक्ष कमल थापाले दिएका अभिव्यक्ति र देखाएका गतिविधिले पार्टी फुट्ने सम्भावना देखिदैछ । उनले आन्तरिक पर्यटनमा गएर कार्यकर्ताहरूसँग भेटिरहेका दृश्यले उनी निर्वाचित राजेन्द्र लिङ्देनलाई नस्विकार्ने मनस्थितिमा पुगेका छन् र यही मनस्थितिले उनले निर्मल निवासविरूद्ध छानबिन समिति बनाउन अनुरोध पत्र पठाएको निष्कर्ष धेरैले निकालेका छन् । मुद्दा उही छन्, हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र अनि संघीयताको खारेजी । यही मुद्दाका साथ नयाँ पार्टी खुल्ला त ? राप्रपा बुझ्नेहरू भन्छन्– कमल थापा राजेन्द्र लिङ्देनलाई पनि राजसंस्थाको पक्षधर तर पूर्वराजा ज्ञानेन्द्र शाहबाट टाढा पु¥याउने राजनीति गरिरहेका छन् । सधैं देशको र जनताको चिन्ता गर्ने पूर्वराजाले कमल थापालाई हराउन भूमिका खेलेको कुरा र थापासँग भएका प्रमाणहरूबारे विश्वस्त छैनन्, पत्याउन खोजिरहेका देखिदैनन् ।
राजेन्द्र लिङ्देन यो विवादमा पर्न चाहदैनन् । उनले पूर्वअध्यक्षको पत्रको जवाफ पनि दिएका छैनन् । पूर्वराजाले खेल्ने नै भए माओवादी, एमाले, कांग्रेसमा खेल्थे र राजनीतिमा चाख देखाउने थिए । राजनीतिक विवादबाट टाढा बस्न रूचाउने र देश र जनताको चिन्तामात्र गर्ने पूर्वराजा १५ वर्षदेखि नागरिक हैसियतमा छन् । कमल थापा खारिएका नेता हुन्, उनी आफ्नो सिद्धान्तमा अडिग छन् । प्रश्न के हो भने पार्टी फुट्यो भने पार्टी बनाउन फेरि १५ वर्ष लाग्नसक्छ । यो गल्ती कमल थापाले गर्नेछन् भनेर कोही विश्वास गर्दैनन् । बरू सामान्यीकरणमा लाग्नु उचित हुन्छ । पूर्वपञ्च भनेपछि सबैले लखेट्ने समयबाट राप्रपालाई यो स्थानसम्म ल्याउने कमल थापा नै हुन् । एकता अधिवेशन गराउने पनि उनै हुन् । फेरि उनी किन भड्किन पुगे, चुनाव कमल थापाका लागि त्यति अहम् होइन, जति राप्रपा हो । कमल थापा कट्टर राजसंस्थावादी हुन् भन्ने संसारलाई थाहा छ । फेरि उनी किन बर्बराए ? आफ्नै विगतलाई फर्केर हेर्नुपर्छ, राजसंस्थाले सधैं कमल थापा भन्यो, उठायो, आज त्यही संस्थामाथि गम्भीर आरोप, राजसंस्था पनि व्यक्तिपरक बन्न सक्ला र ? फेरि राजसंस्था फर्कन्छ भनेर जनता जुर्मुराएका बेलामा राजसंस्थाले यस्तो गल्ती गर्ला ? कतै राप्रपाभित्र आफ्नै क्रियाकलापबाट पार्टी पङ्ति भड्किएको त होइन ?
संविधानसभामा दोश्रो शक्ति बनेको राप्रपा ०७२ सालको चुनावमा १ सिटमा झ्¥यो, किन ? संविधानसभाको पहिलो दिनदेखि मुद्दा उठाउने भनियो, उठाइएन, सत्तामा उक्लिने काम पटक पटक भयो, किन ? विश्लेषण जरूरी छ । भाइ गणेश थापा, राजाराम बर्र्ताैला नजिक, केशर विष्ट, विष्ण भट्टराईमात्र होइन, मोहन श्रेष्ठ समेत टाढा पुगे, कसरी ? सवाल निर्मल निवास हो कि राप्रपाभित्रै छ ?
जेहोस्, राप्रपाको अधिवेशन भयो, नयाँ नेतृत्व छानियो । कमल थापाकै कारण यो अधिवेशन अन्य पार्टीका लागि समेत सोचान्तरण र पुस्तान्तरणका लागि उदाहरण बन्न पुगेको छ । यो उपलव्धिमा पनि कमल थापाकै विजय देखिन्छ । ०४६ सालदेखि आजसम्म अनगिन्ति पार्टी जन्मिए, राप्रपाले केही नौलो गरिदियो । राप्रपा बैकल्पिक शक्ति बन्नुपर्छ, आउने चुनावमा सशक्त पनि हुनुपर्छ । अझ लचकदार यो संविधानलाई सशोधन गर्न जनादेश प्राप्त हुने बनाउनुपर्छ । तबमात्र राप्रपाले स्थापनाकालदेखि बोकेको संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्रको उद्देश्य पूर्ति हुनसक्ला । देशबाट संघीयतासहितको व्यापक भ्रष्टाचार रोकिन पुग्ला । जो भ्रष्टाचारी छन्, तिनीहरूको छानबिन हुनसक्ला ? न्यायालय बलियो होला, ०४६ सालपछिका सबै भ्रष्टहरू जेलमा कोचिन पुग्लान् । समृद्ध नेपाल र सुखी नेपाली भनेको सुशासन हो । वर्तमान समयमा सुशासन छैन । सुशासन ल्याउनका लागि समेत पूर्व अध्यक्ष कमल थापाले राप्रपालाई मजबुत पार्न साथ र सहयोगी भूमिका खेल्नुपर्छ ।