स्वयम्भुनाथ कार्की - -
पञ्चायती संविधानको ४२ सालमा भएको दोश्रो संसोधन पछि दलविहिन व्यवस्था एकदलीय व्यवस्थामा परिणत भयो । तर नाम भने दलविहीन भने पनि कम्युनिष्टको भैmं एकदलीय प्रणलीमा लगियो । पञ्चायत नीति तथा जाँचबुझ केन्द्र पोलिटव्यूरो भयो । स्थानिय स्तरमा उम्मेद्वार जाँच्ने काम सामाजिक कार्यक्रम गाउँफर्क राष्ट्रिय अभियानलाई व्यवस्थामा आफु प्रतिकुल सामेल हुन नपाउन भनेर रोक्ने संरचनामा बदलियो । दलविहीनताको आधार राजनैतिक कार्यकर्ता हमेशा स्थानिय जनतासंग सम्पर्कमा रहुन भन्ने थियो । तर पञ्च र महपञ्चको वर्गिकरणले पैदा गरेको एकदलीय सोच र त्यसमा फष्टाएको गुट उपगुटले त्यो कायम हुन दिएन । पुगनपुग ४ बर्षमा नै पञ्चायतले मृत्युवरण गर्नुप¥यो । तर शुरूको दर्शन गुण र दोषको आधारमा समर्थन र विरोधको संस्कार भने जीवित नै थियो । तर गुट उपगुटको बिष पसिसकेको थियो ।
त्यसैले दलविहीनताका राजनैतिक कार्यकर्ताहरूले दल खोल्दा शुरू मै दुई दल हुन पुग्यो । यो दलीय राजनैतिक चेत भएकाहरूको निमित्त अनौठो भए पनि दलविहीनता बुझेकाहरूको निमित्त सामान्य प्रकृया थियो । दलीय अभ्यासमा अभ्यस्त नभएकाले पञ्चहरू विकृत दलीय अभ्यास गर्न थाले । राष्ट्र सर्वोपरी मान्नु पर्ने सत्तामा परिस्थितिले पाएको सानो हिस्सेदारीलाई सफलता मान्न थाले । यो क्रम राप्र्रपाका विभिन्न घटकहरूले वेलावेलामा विपक्षी रिझाएर सरकारमा सामेल हुने रूपमा गणतन्त्रमा पनि कायम छ । यस्ता प्रवृत्ति भएका नेताहरू न राजसंस्था, परंपरा संस्कृतिको आधार छोड्न सक्छन् न यो कुरा कायम राखेर सत्तामा भागिदारी छोड्न सक्छन । यसमा सबै राप्रपालाई मुछिएको भने हैन । त्यही पनि राप्रपाको नेतृत्वमा रहेका वा राप्रपाका बरिष्ट नेता भएकाहरूमा अपवाद छोडेर यो प्रवृत्ति देखिएको छ ।
यसरी चीचीको पनि लोभ पापाको पनि लोभ कायम राख्न शव्दावली विकास गरिएको छ । केही स्वैरकल्पना अर्थात युटोपियाई नारा अगाडी सारिएको छ । गणतन्त्रको डेढ दशकसम्म पनि यस्तै नारामा अल्मल्याएर राप्रपालाई राख्ने प्रयत्न भएको छ । ज्ञानेन्द्रदेखि प्रचण्डसम्म अटाउने पद्धतिकोे नाराले कुनै वेलाको प्रचण्ड निर्मल निवासमा बस्छन् भन्ने निराधार हल्लालाई राप्रपाको यो नाराले सत्य भएको प्रमाण दिन खोजेको छ । अर्थात आफ्नो नारा राजा सहितको प्रजातन्त्रको उल्टो नारा । झन् अध्यक्षमा पराजय पछि कमल थापाको अभिव्यक्तिहरूले त राजा माथि छानविन गरेर शुरूदेखिका सबै हल्लालाई आधार दिन खोजेको देखिन्छ । राजा तथा राजसंस्थाको कुरा गरेर मुलुक बचाउन राजाको आवश्यकता छ भन्ने धारलाई भ्रममा पार्न अहिलेसम्म राप्रपाको नेतृत्व सफल भएको रहेछ । मुख्य मुद्दा भनेको यो एजेण्डाको आडमा गणतन्त्रको पक्ष पोषण गर्ने काम मात्र विगतका झण्डै डेढ दशमा भएको रहेछ ।
राजसंस्थाको पक्षधर तर राजाको हैन भन्ने जस्तो अनौठो कुराले सबैलाई भ्रममा पार्न राप्रपाको पुरानो नेतृत्व सफल देखिन्छ । राजसंस्था भन्ने भाववाचक संज्ञा हो, एक भावनात्मक संरचना हो । यसको प्रतिनिधिको रूपमा आउने व्यक्ति भनेको राजा नै हो र त्यो व्यक्ति आउने एक निश्चित प्रकृया हुन्छ । त्यो प्रकृया पुरा गरेर आउने वित्तिकै राजाको रूपमा स्विकार्य नै हुन्छ भन्ने पनि छैन । यदि यस्तो हुने भए राजा त्रिभुवनको गद्दिका सबै उत्तराधिकारी सहित भारत प्रस्थान पछि श्री ३ ले गद्दि चढाएका ज्ञानेन्द्र नै राजा कायम हुने थिए । त्यसैले राजसंस्था र राजा अलग गर्न नसकिने अवयव हुन् । राजाको अभावमा राजसंस्थाको अस्तित्व हुन्न त्यसै गरेर राजसंस्थाको अभावमा राजाको पनि अस्तित्व हुन्न । अनि राष्ट्रको अभावमा यी दुवैको अस्तित्व हुँदैन । अस्तित्व त राष्ट्र रहेन भने कुनै पनि राजनीतिक दलको पनि हुन्न । मुख्य सवाल नेपालको भूबनोट, भूराजनीति र यहाँ राजनीति गर्नेहरूको नीति, नैतिकता र देशप्रेमको हो । जुन कुरा वर्तमान कालखण्डमा सबैभन्दा बढी चर्चाको विषय हुनपुगेको छ । यतिमात्र होइन, नेपाल नीतिविहीन मुलुकजस्तो पनि देखिन पुगेको छ । कारण राष्ट्रिय मुद्दाहरूका बारेमा हरेक पार्टीका अलग अलग दृष्टिकोण छन् । यसकारण भन्न सकिन्छ, नेपाल राष्ट्रियनीति विहीन राष्ट्र हो ।
राप्रपाको अध्यक्षमा हार हुनासाथ कमल थापाले राजालाई राप्रपामा मुछेर जुन पिठो बनाउने अभिव्यक्ति दिए, राजनीतिमा ठूलै तरङ्ग उत्पन्न भएको छ । मानौं कमल थापा नै राजनीतिक हिरो हुन्, सिङ्गो राप्रपा हुन् ।
त्यसैले कट्टर गणतन्त्रवादी हुन वा आलंकारिक राजसंस्था वादी दुवैले बुभ्mन आवश्यक छ । राजा नभई राजसंस्था हुन्न, त्यस्तै राजसंस्था नभई राजा हुन्न । अनि जुन तन्त्रमा राजसंस्था वा राजा छ त्यो राजतन्त्र नै हो । दुवै तन्त्र लोकतन्त्र वा तानाशाहका पर्यायवाची हैनन् । गणतन्त्रमा तानाशाही व्यवस्था हुन सक्छ राजतन्त्रमा लोकतन्त्र हुन सक्छ । अझ जिव्रो नचपाई भन्ने हो भने नाम चलेका तानाशाहहरू गणतान्त्रिक व्यवस्थामा नै धेरै छन । कमल थापाको भाष्य राजाको हैन राजसंस्थाको भन्ने कुराबाट गणतन्त्रवादीहरू पनि नअल्मलिउन राजतन्त्रवादी त झन नअल्मलिउन । यहा प्रजातन्त्र वा लोकतन्त्रको विकल्प खोजिएको हैन केवल गणतन्त्रको विकल्प खोजिएको हो । त्यो पनि गणतन्त्रमा अंकुरित हुँदै गरेको तानाशाही रोक्न हातमा अंकुश लिएको राजतन्त्र खोजिएको हो, लोकतन्त्रको रक्षा निमित्त खोजिएको हो, कमल थापाको भाष्य अनुसार श्री ३ को जस्तो जोहुकुम राजसंस्था खोजिएको हैन । के यो कुरा राप्रपाको नयाँ नेतृत्वले आत्मसात गर्ला ?