शाश्वत शर्मा - - - -
बलात् हटाइएको राजसंस्था पुनस्थार्पित हुने मौका आउला त ? निराश एवम् हताश राजसंस्थावादीको मनमा उब्जिने प्रश्न हो यो । हुन पनि पटक पटक रासंस्थाले फेरि पनि संविधानमा स्थान पाउँछजस्तो लाग्छ पनि । तर त्यो सिर्फ पानीको फोका सावित हुनपुग्छ । फेरि उही चारैतिर गणतन्त्रवादीहरूको गर्जन सुनिन पुग्छ । खबरदार भनेको सुनिन्छ । हुँ दा हुँदा जुन राजसंस्थाले औंला समातेर माथि सम्म पु¥याइदियो, त्यही महानुभाव आजभोलि बिना कुनै ठोस प्रमाण गणतन्त्रवादी र हिन्दु विरोधी आङकाजी शेर्पाभन्दा पनि चर्को भएर निस्केको देख्दा र हेर्दा खाँटी राजावादीहरू अत्यन्तै निराश हुन पुगेको छन् । एकथरि जो राजसंस्थाको पुनर्उदय होस् भन्ने चाहना राख्छन्, तिनीहरू यो घेराबाट कुनै हालतमा पनि राजसंस्था फर्किदैन भनेर बाजी नै थाप्छन् । तिनको तर्क छ, अहिले जुन घेराबाट पूर्वराजा घेरिएका छन्, त्यो वास्तवमा भारोपश्चिमाको घेरा हो । अब अहिले नेपाली मैदानमा भारोपश्चिमाको मात्र बोलवाला चल्नेवाला छैन । मेदानमा चीन पनि छ । त्यो घेराले पूर्वराजालाई चीनसँग वास्तविक संवादसम्म पनि गर्न दिएको छैन । त्यसकारण भारोपश्चिमाको ताकतले मात्र अहिले केही हुनेवाला छैन । अर्को तर्कशास्त्रीहरू चाहिं भारत र पश्चिमालाई राजतन्त्र चाहिएकै छैन । त्यो त यहाँका राजनीतिक दलहरू, जो गणतन्त्रवादी छन्, लाई तर्साउन बेला बेलामा राजाको मुद्दा अगाडि सार्न मात्र खोज्छन् ।
नेपालमा राजसंस्था अब एकादेशको कथा भइसक्यो, यसमा नअल्झे हुन्छ भनेर समेत भन्छन् । समय समयमा नेपालका सडक, चोक, गल्लीहरूमा राजा आउ देश बचाउ भनेर जब नारा लाग्ने गर्छ, त्यो सबै डिजाइनअन्तर्गत नै दल र नेताहरूलाई झस्काउनका लागि मात्र हो । होला, कुनै समय राजसंस्था उत्तरी चीनको नजिक थियो होला, कहिले दक्षिण वा पश्चिमाको । तर जसै २०५८ साल जेठ १९ को दरवार हत्याकाण्ड भयो, त्यसपछि नजिकिएका र सौहाद्रता त्योपुरानो हदसम्म कायम हुनसकेन । संविधानसभाको बिघटनपछि कहिले कसको, कहिले कसको सहयोग देखिन खोजेको हो तर निर्णायक केही नतिजा देखिन पाएन । भारतको भाजपा सरकार त हिन्दुवाद भन्छ तर राजसंस्थालाई स्पष्ट केही भन्दै भन्दैन । राजसंस्था पनि विदेशी चासो र स्वदेशी नारावाजीमा सत्य के हो, भ्रममा देखिन्छ । धेरै पल्ट विदेशीहरूसँग विदेशमै र दिल्ली तथा बेइजिङसम्म वार्ता भयो, नतिजा केही देखिदैन, राजसंस्थाको भविष्य अनिर्णित नै देखिन्छ । आमनागरिक राजतन्त्रको आवश्यकता देख्छन्, कतिपय पार्टी नेता तथा कार्यकर्ता पनि हिन्दुत्व र राजतन्त्र चाहिने तर्क गर्छन्, छलफल पनि गर्छन् तर फर्काउने सेतु बनाउन कोही पनि अग्रसर छैनन् । अचम्म त के पनि छ भने हिन्दुवादी र राजतन्त्रवादीमध्ये एउटा मजबुत व्यक्ति र शक्ति १५ वर्षसम्म पनि सतिसाल भएर उभिन सकेन । यसकारण पनि पुरातनवादीहरू कोठे आन्दोलन र अवसर अवसरको जिन्दावादमा रूमल्लिन पुगेका हुन् ।
जुनसुकै पार्टीका हुन्, आजका युवालाई थाहा छ, नेताहरू धेरै नै गनाइसके । तिनलाई थाहा छ, राजसंस्थाका लागि बोलिदिने कोही पनि छैन । खुलेर सहयोग गर्ने विदेशी पनि कोही छैनन् । यही बुझेर नेताहरू जेमन्त गरिरहेका छन् । विश्वशक्तिको आश गरेर बस्ने बसिरहेछन्, उनीहरू यहीँका अवसरवादी नेताहरूलाई अलमल्याउने, तर्साउने र अभिष्ठ सिद्ध गर्ने गरिरहेका छन् । स्वतन्त्र विश्लेषकहरू भन्छन्– जबसम्म पूर्वराजा खुलेर जनताका सामु आउँदैनन्, तवसम्म यो देशमा अर्को परिवर्तन हुन सक्दैन । हो, ससाना टुकडीले राजा आउ देश बचाउ भनेका छन् । यो सत्य हो । तर यो सत्यलाई शक्तिमा बदल्न ठूलै आँधी आउनुपर्छ, जुन सम्भव भएको छैन । यो त खान्की सकियो, नारा जुलुस पनि सकियो भन्ने खेताला चाला भएन र ?
मुलुकका हरेक तह र तप्कालाई पार्टीको झोले बनाइसकेकाले विवेकशून्य अवस्थामा पुगेको छ मुलुक । बेलायत, थाइलेण्ड अथवा अन्यत्र राजसंस्था पुनस्र्थापित भएको उदाहरणले मात्र नेपालमा त्यस्तो घटना दोहोरिन सक्दैन । कम्बोडियामा सिंहानुक फर्कनका लागि पनि जनताको माँग र चीनको समर्थन रहेको थियो । अतिवाद र भ्रष्टवाद ढाल्न जनता कराएका छन्, ताकतको समर्थन छैन । नेपालको ावापानी र भौगोलिक बनोटले राजसंस्थाको माग गरेको छ, सम्भव छ । तर पूर्वराजाले पनि इच्छा प्रकट गरेर निर्मल निवासबाट सडकमा त निस्कनु प¥यो नि । निस्कदा कुन कुन शक्ति र सामल बोकेर निस्कने यो उनले गर्ने निर्णय हो ।
यो शासनकर्ताहरूसँग जनतामा असन्तोष छ, आक्रोश छ, घृणा छ । देशलाई कसरी अघि बढाउने, के के गर्ने, कुन सीमामा बस्ने लगायतका तमाम विषय स्पष्ट पारेर अघि सर्ने हो भने पूर्वराजालाई जनताले साथ दिन्छन् । आज बलवती छु भन्ने पार्टीहरू राजतन्त्र र हिन्दुत्व पुनस्र्थापित गर्न बाध्य हुनेछन् । अन्यथा....।