स्वयम्भुनाथ कार्की - - -
राजा किनारा लागे, प्रश्न यत्ति हो कि गणतन्त्रलाई जनताले किन आत्मसात गर्न सकेनन् ? भोट हाल्नु र भ्रष्टतन्त्रलाई सहेर बस्नु मात्र गणतन्त्र मान्न सकिन्छ र ? गणतन्त्र कार्यान्वयनको ५ वर्षपछि पनि राजतन्त्र जिन्दावाद भनेको सुनिन्छ, गणतन्त्र जिन्दावाद भन्न जनता लाज मान्छन् । किन यस्तो भयो ?
जतिसुकै राजाप्रति नकारात्मक धारणा राखेर अपमानित गरे पनि यथार्थ यही हो कि नेपालको निर्माण राजाले नै गरेका हुन् । राजा फालेको हुँ भन्ने माओवादीको अधिवेशन राजाले दिएको प्रज्ञा भवनमा भइरहेको छ । राप्रपा अथवा नेपाली कांग्रेसको अधिवेशन राजाले बनाइदिएको भवनमा र जग्गामा भयो । यहाँसम्म कि संसद भवन समेत राजाको नामको हो, जुन भवन चीनले राजालाई उपहारमा बनाइदिएको थियो । आवतजावतदेखि शिक्षा, स्वास्थ्यसम्म राजाले बनाइदिएका संरचनामा टेकेर इतिहासलाई गाली गर्दैमा कोही क्रान्तिकारी हुँदैन । हो, क्रान्ति गर्न बन्दुक उठाए पुग्छ, निर्माण गर्न गाह्रो छ, जुन बिगत १५ वर्षमा देखियो, सत्य यही हो ।
पुरानो राष्ट्रिय गान बन्द गरे यता नेपालले धेरै आरोह अवरोह व्यहोरेको छ । नयाँ नेपाल यति त्रस्त छ कि कसैले राजा पनि नभनिदेओस् भन्ने कामना गर्दछ । पूर्व नजोडी राजा भनेको अपराधमा (?) पक्राउ गरेर अव यसो भन्दिन भनेर कागज गराईएका घटनाहरू सर्वत्र छन् । तर यस कालखण्डमा लगातार बलियो भने कोही देखिएन । पाखालाग्न स्विकार गरेर पाखा लागेका राजा भने जति समय वित्दै गयो त्यति बलिया देखिदैछन् । कुनैवेला राजसंस्था काँधमा बोकेर आफुलाई गाह्रो भएको भन्नेहरू निरन्तर ओरालो लाग्दैछन् । बाढी पिडितलाई सहयोग गर्न गएको पाखा लगाईएका राजालाई त्यसै अपराधमा जेल हाल्छौं भनेर कुर्लिने बाबुराम अहिले बबुरा बनिसके ।
कुटिलतापूर्वक राजालाई हिन्दुत्वसंग मात्र जोडेर आफ्नो आश्रमको पसल चलाउने ‘बाबा’, ‘स्वामी’ आदि देखिएका थिए, अभैm पनि देखिदैछन् । तर जुन वेलादेखि उनीहरूको मुखारविन्दबाट गणतन्त्र समर्थन र राजसंस्था विरोध फुत्कियो हाल बेहाल हुँदैछ । हिन्दुत्वको रथमा सवार भएर राजसंस्था उदाउँछ भन्ने आशले राजसंस्थासँग आस्थावान विषेशतः राजावादी यस्ता पसले स्वामीहरूको लोलोपोतोमा फस्ने गर्छन् । राजसंस्था हिन्दुत्वको आधारमा हैन हिन्दुत्व लगायत मुलुकका सबै संस्कृति परम्पराहरू नेपालको अस्तित्वमा आधारित छन् । अनि नेपाललाई नेपालकै रूपमा एउटै मालाका पूmल भैm उनेर त्यही राजसंस्थाले राखेको थियो । कुरो तितो लागे पनि असत्य सावित गर्नै सकिदैन ।
राजसंस्थालाई पाखा लगाएदेखि नै नेपालको अखण्डता र नेपाली नेपाली बीचको सौहार्दता खजमजिएको कुरा आउँदैछ । यो कुरा कुनै राजावादीको मुखले भन्दा ज्यादा मुलुकका हालीमुहाली पाएकाहरूले नै गर्दैछन् । लुकेर, खस्याकखुसुक्क वा अनौपचारिक रूपमा हैन औपचारिक रूपमै सम्बोधन मै भन्ने गरिएको छ । अर्थात आस्थाले मात्र हैन व्यवहारिकरूपले नै प्रमाणित भईसकेको नेपालको एकताको सूत्र वा ‘सयौ पूmलका थुंगा’को ‘एउटै माला’को धागो अर्को पाउन सकिएको छैन । यो वेलामा ‘राजावादी’ खालका आस्थावादीको राजालाई हिन्दुत्व संगमात्र जोडने प्रयत्न मुलुक कै निमित्त प्रत्युत्पादक हुँदैछ ।
परम्परादेखि विभिन्न वंशका राजाहरूले पारंपारिक समन्वय कायम राखे । सांस्कृतिक समन्वय कायम राखे । धार्मिक समन्वय कायम राखे । नेपालले आफ्नो इतिहास परम्परामा पहिलोपल्ट गणतन्त्र चाख्दैछ । कपिलवस्तुको गणराज्य र यो गणतन्त्रमा धेरै भिन्नता छ । किनभने सिद्धार्थ गौतमका पिता शुद्धोधन कपिलवस्तु गणराज्यका ‘राजा’ थिए । जे होस गणतन्त्र नेपालको सबैभन्दा नौलो स्वाद हो । यो स्वादले परापूर्वकालदेखि कायम पारम्पारिक समन्वय, संघर्ष भएको छ । सांस्कृतिक समन्वय सांस्कृतिक संघर्ष भएको छ । धार्मिक समन्वय धार्मिक संघर्ष भएको छ । यसका लक्षणहरू देखा पर्दैछन्, कतै ‘गाई’को रूपमा कतै आन्तरिक उपनिवेशको नारामा ।
राजसंस्थाप्रति आस्थावान सबै राजावादी होईनन् । नेपालको एकताको सूत्र राजसंस्था भन्ने मान्नेहरूमा राजावादी हुनसक्लान् तर सबै राजावादी होईनन् । उनीहरू पहिले राष्ट्रवादी हुन् । तर राजसंस्थालाई केवल हिन्दुको मात्र पेवा ठान्नेहरू भने राजावादी हुन् । राजसंस्था पाखालाग्नुमा यस्तै राजावादीहरूको यही दम्भ पनि प्रमुख कारक थियो भन्न जिब्रो चपाउनु पर्दैन । राजसंस्था प्रति आस्थावानहरूले धेरै खेप्नुपर्ने अवस्था पनि नेपालमा आएको थियो । विषेशतः राजावादीहरूले घोर उपेक्षा, कारवाही आदि भोग्नुपर्ने दिनहरूमा पनि आफ्नो आस्था वचाउनेहरू पनि थिए । त्यसै गरेर रातारात आफुलाई गणतन्त्रवादीमा सामेल गर्नेहरू पनि थिए । धेरै लोकमानले आस्था परिवर्तन गरेर पद हत्याउन सफल त भए तर उनले खाएको गणतन्त्रको लातमा राजावादीको छाप थिएन भनेर भन्न सकिने अवस्था छैन ।
विदेशी षडयन्त्रकारीहरू विगतमा नेपाल एक संस्कृतिको मात्र, राजा एक धर्मका मात्र थिए भन्ने प्रचारमा लिप्त छन् । गाउँगाउँ घृणा पैmलाउन तल्लिन छन् । राजावादीहरू त्यसै षडयन्त्रलाई मलजल गर्दैछन्, राजा केवल हिन्दुको मात्र हो भन्ने भ्रम पर्ने गरेर केवल धार्मिक भ्रमण गराएर । नागरिक बनाईएका भनिएका राजाले केवल धार्मिक कृयाकलाप मात्र गर्न आवश्यक छैन । गद्दीको आकांक्षी नभए सामान्य नागरिक हुन र सबै सामान्य नागरिकलाई राजनैतिक लगायतका सबै कृयाकलाप गर्ने अधिकार छ । गद्दी पुनः प्राप्त गर्ने आकांक्षा भए त बिना राजनैतिक कृयाकलाप संभव नै छैन । वर्तमान नेपालको हाली मुहाली पाएकाहरूको जीवनी हेर्ने हो भने पनि ‘वीरभोग्या बसुन्धरा’ देखिन्छ । सबैको साझा संस्था थियो राजसंस्था, त्योसँग जोडेर एकको पेवा बनाउने काम ठिक हैन कसैको निमित्त पनि ।