स्वयम्भुनाथ कार्की - -
राजनीतिमा दलहरूको आवश्यकता जनता माथि हुकुम लाद्नको निमित्त हैन, जनताको प्रतिनिधित्व गर्नको निमित्त हो । जनताका अनेक अपेक्षा हुन्छन्, आवाज हुन्छन्, तिनलाई संविधानतः संवोधन गर्नका निमित्त हो । विभिन्न राजनैतिक दर्शनमा आधारित दलहरूको शक्ति भनेको जनताले दिएको विश्वास नै हो । जनमत र जनबल नै हो । वामपन्थी दलहरूको विश्वव्यापी असफतामा आपूmले लिएको दर्शनमा वलात् जनतालाई विश्वास गर्न वाध्य पार्नु नै हो । त्यसैले आधुनिक युगमा त्यसमा परिमार्जन गरेर जनताको मन जित्ने प्रयत्न आम भएको छ । नेपालमा जनताको बहुदलीय जनवाद त्यसैको प्रयत्न हो । नेतृत्व समूह अर्थात पोलिट ब्यूरो शक्तिशाली हुने वामपन्थी दलहरूमा पनि नेतृत्वको मुल्याङ्कन गरेर सतर्क गराउने कुराले स्थान वनाउँदैछ । वैचारिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता सामेल भएको प्रजातान्त्रिक भनिने दलहरूमा त यो आवश्यक कुरा हो । प्रजातन्त्रवादीहरूको असफलता पनि लोकमतको अपमान नै हुनेगरेको छ ।
वामपन्थी दलहरूमा सदस्यहरूको आवद्धताको कारण र प्रकारले व्यवहारत दलहरूलाई कार्यकर्ता आधारित, जनमानस आधारित र लक्ष आधारित तीन किसिमको मान्न सकिन्छ । नेपालमा उदाहरण लिने हो भने वामपन्थी दलहरू कार्यकर्ता आधारित दल हुन । नेपाली कांग्रेस जनमानस आधारित दल होे । तात्कलिन राप्रपा नेपाल वर्तमानमा लक्ष आधारित दल हो । लक्ष आधारित दलहरू सो लक्ष अत्यन्त कठिन भएको अवस्थामा बन्छन् । यो बन्ने प्रक्रियामा नेतृत्व गर्नेसँग हुनुपर्ने एउटै योग्यता भनेको आपूmलाई प्रकट गर्ने हिम्मत मात्र हो ।
राप्रपा नेपाल बन्दा पनि यही नै प्रक्रियाले बनेको थियो । रविन्द्रनाथ शर्मा, पद्मसुन्दर लावतीहरू जस्ता अनेक संस्थापकहरूको हिम्मत भन्दा कमल थापाको हिम्मत त्यसवेला ज्यादा देखिन पुग्यो । त्यसैले लक्षसँग एकरूपता राख्नेहरूले उनलाई नेतृत्वमा पु¥याए ।
यसलाई त्यो वेलामा एक्लै उनीमात्र थिए भनिने हो भने त्यो चाप्लुसीको हद हुन्छ । काठमाण्डुमा उनी गिरफ्तार भएका थिए भने मोरङका जेल पनि खाली थिएनन् । यो कुरा काठमाण्डौ र मोरङमा मात्र सिमित थिएन । बहावको विपरित धार भएकाले यसलाई निरूत्साहित गर्न मुलुकभरका जेल भरियो । कागज बनाउँदै छुट्दै संघर्ष गर्नेहरूको सूची पनि लामो छ । मञ्चहरू धेरै स्थानमा तोडिएका थिए । मञ्च बलात कव्जा गरिएका थिए । कतिले ज्यान नै अर्पण गरेका थिए । कमल थापाले व्यहोर्न नपरेको दुव्र्यवहार अरूले व्यहोरेका थिए । घर घेराउ र तोडफोड हुनेको सूची पनि सानो छैन । अहिले ती मध्ये भेरै राप्रपामा छैनन् । केही समर्थन मात्र दिएर अन्यत्र वसे भने केही कमल थापा नेतृत्वको समितिद्वारा निष्काशित भएका थिए ।
राप्रपामा चार किसिमका सदस्यहरू देखिएका छन् । पहिला सिद्धान्तवादी, जो सबै थोक भन्दा लक्षलाई महत्व दिन्छन् । लक्ष विपरित नेतृत्व गएको अवस्थामा कारवाही वा निलम्वनको डरले चुप लागेर वस्दैनन् । यही कारण नै हुन राप्रपाका आधारशिला थियो, जसलाई हटाईयो भने दल नै ढल्नसक्छ ।
दोश्रो आशावादी, सिद्धान्तवादीहरू जसमा अभैm नेतृत्वमा आवश्यक सुधार आउने छ र फेरी सही बाटो लिएर बढने छ भन्ने आशा बाँकी छ । वास्तवमा उनीहरू विगतमा नेतृत्वले देखाएको हिम्मत, कौशल र क्षमताको मुल्यांकन गरेर अर्को मौका दिनु पर्दछ भन्ने सोच राख्छन् । तर लक्ष विपरित भएको काम भने मन पराउँदैनन ।
तेश्रो मल्खुवादी, यस्तालाई लक्ष सिद्धान्त आदिसँग कुनै सरोकार नै छैन । दलले प्राप्त गरेको शक्तिबाट आर्जित गर्न सकिने हरेक फाईदामा भागिदार हुन चाकरी चाप्लुसीको कुनै पनि स्तरमा पुग्न सक्छन् । कथं दलले त्यो शक्ति गुमाएको अवस्थामा नेतृत्वको कटुआलोचना गर्ने र दल नै परित्याग गरेर अर्को शक्तिशाली तिर लाग्ने हुन्छन् । अर्थात ‘जता मल्खु त्यता ढल्कु’ ।
चौथो कथावादी, यस्ताको लक्ष, सिद्धान्त सबै कथा अर्थात कमल थापा हो । उनको क्षमता, भाषणकला, व्यक्तित्व आदिका समर्पित भक्त भएका यस्ता सदस्यहरूको निमित्त संसार नै कथाबाट शुरू हुन्छ, कथामा नै समाप्त । जसरी सिद्धान्तवादी लक्षको सामुन्ने अरू केही ठूलो देख्दैनन् त्यस्तै यिनीहरू कथाको सामुन्ने अरूको अस्तित्व नैे देख्दैनन ।
संविधानमा सवै प्रान्त लगायत केन्द्रमा समेत दुई तिहाई स्थान पु¥याएर जे पनि संसोधन गर्न मिल्ने प्रावधान छ । कमल थापाले देखेको वा देखाउन खोजेको बाटो त्यही नै हो । कथनी र करनीमा भिन्नता २०६५ सालको संविधानसभाको चुनावदेखि नै सुरू भएर २०७८ को एकता महाधिवेशनसम्म नै देखापरिरह्यो । साँचो कुरा राप्रपाका कार्यकर्ताहरू विगतका यत्रो बर्षमा जनताको सामुन्ने पुगेका छैनन् । गणेश भक्ति देखाउँदै कमल थापा वरीपरि परिक्रमा गरेर बसेका छन् । नेतृत्वबाट प्रतिस्थापित हुने वित्तिकै सबै थोक गुम्यो भन्ने कोकोहोलो कमल थापा चिन्ने सबैको निमित्त आश्चर्यको बिषय भएको छ कथावादी बाहेक अरूहरूलाई ।
राजा सहितको प्रजातन्त्र भन्ने समूहको नेतृत्व गर्ने नेता दलमा आफ्नो मूल्यांकन खस्क्यो । त्यो खस्कने वित्तिकै राजसंस्थाको प्रतिनिधिलाई नै आरोपित गर्न थाल्छ । यसको अर्थ लगाउन धेरै दिमाग लगाउनै पर्दैन । कि त यो आरोप सही हो कि गलत, यो भन्दा थप अवस्था हुँदैन । दुुवै अवस्थामा आरोपले बोकेको भनेको लक्ष केवल अरूलाई मुर्ख बनाउने देखिन्छ । मानौ आरोप ठिक रहेछ, त्यो अवस्थामा गणतन्त्रको सरकारमा महत्वपूर्ण सहभागिता लगायतका मौका पाउँदा पनि लक्ष प्राप्ति तर्पm सिन्को पनि नभाँचेको आभास भएको हुनुपर्छ । अर्थात २ तिहाईको सपना देख्नेले स्थापित गर्न खोजेको राजसंस्थाको प्रतिनिधिलाई त विश्वास दिलाउन सकेन भने अरूलाई कसरी विश्वास दिलाउन सक्ला ? यदि आरोप गलत भए त यो यत्रो समयसम्म यो लक्ष्य राख्नेहरू प्रति गरेको विश्वासघात नै भयो ।