Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बीआरआई रोक्ने नाटक कति कति

२७ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

प्रेमसागर पौडेल - - - 
चुनावअघि नेताको अनुहार खपटे र निरश देखिन्छ । जनतामा निकै हौसला अनुभूति हुन्छ । चुनावपछि जनताको अनुहार खपटे र निरश हुँदैजान्छ । नेताको अनुहारमा लाली चढ्छ ।
ग्एँ ले आयोजना गरेको एशिया प्यासिफिक समिटमा नेपाल सरकारका परराष्ट्रमन्त्रीले कार्यपत्र प्रस्तुत गरेको माधवकुमार नेपालले खुलासा गर्नुभएको छ । यस्तो कार्य कसरी संवैधानिक हुन्छ ?
जसले देशको सिमानाको रक्षा गर्न सक्दैन, त्यो कदापि प्रधानमन्त्री, सांसद, सेनापति अथवा राष्ट्रपति हुन सक्दैनन् ।
सबैजसो पार्टीका मुख्य नेता संघीय लोकतन्त्रको नाममा देश विघटन गराउने खेलमा योजनावद्ध रूपले लागेको घटनाक्रमले प्रमाणित हुँदैछ । जे भइरहेछ, दक्षिणा–पश्चिमाको दानापानी खाएर देशलाई अस्थिर बनाउन र बीआरआई रोक्न अनेकौं नाटक मञ्चन भइरहेको छ ।
दौरा सुरूवाल र टोपी पहिचान हो । यही पहिचानको दुरूपयोग गरेर नैतिकता कति तल तल झारिरहेछन्, नाङ्गै भएको देखियो ।
हे सरकार, हे नेताहरू, हे विचारक, बुद्धिजीवीहरू धन्न तिम्रो नैतिकता !
हाम्रो नियति !
जब पैसा र सत्ताकालागि विदेशीसँग राष्ट्रियता साट्नेलाई नेता भन्नुपर्ने हुन्छ, तब पराधिन हुने क्रम शुरू हुन्छ।
राष्ट्रमा समस्या अनेक छन् । समस्या संकट बनेर संक्रमण फैलाउन थालिसकेको छ । संकट क्रोनिक भइदियो भने उपचारबिहीन अवस्थामा पुगिने ख्याल कुनै पनि राष्ट्रिय पार्टीहरूले गरिरहेका छैनन् । सबै आआफ्ना डम्फु बजाएर स्वार्थको रोटी सेकिरहेका छन्, देशको चिन्ता नगर्ने र देशप्रति बफादार नबन्ने पनि राष्ट्रिय नेता हुन्छन् र ?
नेपालका प्रायजसो राजनैतिक दलहरूले नेपाल र नेपालीका विरूध्द घात गर्दै आएका छन् । सरकारमा पुग्नका निम्ति विदेशीसँग मोलमोलाई गर्ने र सरकारमा पुगेपछि देशको नागरिकता, नदीनाला, प्राकृतिक सम्पदा, सुरक्षा ब्यवस्था आदि उनीहरूको हितमा सुम्पने काम हुँदै आएको छ  । यस्ता कार्यमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादीहरू र मधेशवादी दलहरू सबैभन्दा बढी जिम्मेवार छन् ।
नेपाली काँग्रेसले कोशी गण्डकीमा भारतीय प्रभाव कायम गर्न सघायो । एमालेले मित्रताका लागि एकदुई एकड जमीन ठुलो कुरा होइन भन्यो र मिचिएका सीमालाई अनुमोदन गर्ने लक्षण देखायो साथै टनकपुरमा भारतीय प्रभाव कायम गर्न सघायो  । माओवादीले आफैले भन्ने गरेको जनयुध्द सुरू गरेको बेला कट्टुमा दिशा खस्ने गरी भारतीय विस्तारवादको विरोध गर्दै थियो, शान्ति प्रकृयामा आउने क्रममा पचास लाखलाई नेपाली नागरिकता दिनु पर्ने, नेपाली सेनाको आकार घटाउनु पर्ने लगायतका विषय उठाएर विस्तारवादीको एजेण्डा कार्यान्वयन गर्न सरकारलाई वाध्य वनायो । आफू सरकारमा भएको अवस्था देश र जनताका पक्षमा भन्दा ब्यक्तिगत स्वार्थ पूर्ति गर्ने तर्फ लागे । 
नेपाली काँग्रेस र नेकपा एमालेलाई साम्राज्यवादी विस्तारवादी पुँजीपति सामन्तको दलाल पार्टी भनेर आरोप लगाउने र आफूलाई जनताको पार्टी भनेर चिनाउन खोजिरहेको अहिलेको एमाओवादी पार्टीले राष्ट्र राष्ट्रियता राष्ट्रिय अखण्डताका लागि कुनै एजेण्डालाई पनि सहीरूपमा उठाएनन् । राष्ट्रियताको मुद्दालाई माओवादीले प्रोपगण्डाको रूपमा मात्र चलाए । आज, माओवादी बिखण्डनलाई बल पु¥याएर नेपालको एकता र राष्ट्रियतालाई चिरा चिरा पार्न चाहनेहरूको पक्षपोषण गरिरहेछ, पहिले एकल जातीय पहिचान सहितको संघीयता र अहिले बढ्दो भ्रष्टाचारी संघीयताको पक्षमा उभिएर सुशासनरहित राष्ट्रियता कमजोर वनाउने योजनामा सहभागी भइरहेको छ । 
आजको आवश्यकता भनेको देशको अखण्डता, राष्ट्रिय एकता र विकासलाई मुख्य एजेण्डा बनाएर सबै राजनैतिक दलहरू राष्ट्रिय स्वार्थले प्रेरित हुनु नै हो । न कि जनादेशको अपमान गर्दै परमादेशबाट सरकारको गठन गरी संविधानमात्र होइन राष्ट्रियता र अखण्डताको विरूद्धमा उभिनु थियो । तर ५ दलीय गठबन्धनले देश र जनताकोमात्र होइन, संविधान र लोकतन्त्रको समेत अपमान गरिरहेको अनुभूति जो कसैले गरिरहेछन् ।
यसैगरी असंलग्नता छाडेर एउटा मित्रलाई चिढाएर अर्को मित्रको पाउमा पसारो पर्ने हो भने नेपालको भविष्य अन्धकारतिर लाग्यो भन्दा हुन्छ ।