स्वयम्भुनाथ कार्की - -
समय हो बदलिन्छ । खोला हो फर्किदो रहेछ । कसैले पनि अहं पालेर बस्नु गलत हुनेरहेछ । राप्रपामा देखिएका परिवर्तन र लोकतन्त्रका महारथीबीच नयाँ अध्यक्षले धक नमानी राखेको जन आवाजले यही देखाउँछ । राप्रपाले लोकतन्त्र पढाउनु, सिकाउनु पर्ने दिन पनि आउनेरहेछ, कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा यही दृश्य देखियो ।
पञ्चहरूको दलको रूपमा एकै दिनमा एकै नाम अनि कोष्टमा चन्द र थापा राखेर राष्ट्रिय प्रजातन्त्र पार्टीको जन्म भयो चुपचाप । त्यसवेलाको राजनैतिक परिदृष्यमा यो न कुनै खास चर्चाको विषय भयो न कुनै असर नै राख्न सक्यो । आफ्नै सांसदहरूलाई तह लगाउन नेकाबाट गरिएको मध्यावधिले जोडजाडको सरकार बन्ने वातावरण पैदा नभएको भए महापञ्चहरूको नेपाली राजनीतिमा भूमिका नै समाप्त हुने थियो । त्यसैले खासै ध्यान तान्ने उपलव्धी नै नभए पनि सत्ताको साझेदारी पाईन सक्ने रहेछ भनेर यही नै सजिलो बाटो राज्यो राप्रपाले । यसका निमित्त हिजोको आपैmलाई आपैmले गाली गर्न पछि परेनन् महापञ्चहरू । सानो रूपमा भए पनि राप्रपाको एक सानो टुक्रा लिएर राजेश्वर देवकोटाले भने आफुले आपैmलाई गाली गर्न मानेनन् ।
संविधानको ३२सालमा दोश्रो संसोधन गराएर पञ्चकार्यकर्ताबाट पञ्च र महापञ्चमा आपैmलाई बढुवा गरे । सहीको समर्थन र गलतको विरोध गर्दा व्यक्ति गौण राख्ने सिद्धान्तको साटो सत्तामा भागिदारी दिनेको समर्थन र नदिनेको विरोध बाछो अपनायो । काम भन्दा स्वास्थ्र्य प्रमुख मानेर गुट उपगुट हुँदा एकिकरण , विभाजन राप्रपा पृष्टभूमिकाहरूको कौशल भयो । अरूले गाली गरिरहे, वेवास्था गरिरहे त्यसैको लोलीमा बोली मिलाएर उनिहरू भने राजनैतिक लाभ लिईरहे । कहिले कसैको त कहिले कसैको साहरामा निरन्तर लाभ लिईरहे । राप्रपा, जनशक्ति, राप्रपा नेपाल अनेक दल भए पनि आफुले गरेको काम गालीखान योग्य थिएन भन्नेहरू समेटिन सकेनन न कसैले समेटन ध्यान नै दियो । त्यसकाल सम्मका जोडाई तोडाईहरू कुनै एजेण्डा, लक्ष वा सिद्धान्तका निमित्त थिएनन कोरा नारा केवल आङ्खनो लाभको निमित्त थियो भन्न हिचकिचाउनु पर्ने कारण नै छैन ।
अर्थात् त्यो वेलासम्म राप्रपा आङ्खनो परिचयले उपस्थित थिएन । उसको उपस्थिति दलहरूको आपसी खिचातानीले पैदा गरेको अवसरको लाभ लिने काममा मात्र थियो । तै पनि पञ्चकार्यकर्ताहरूको निमित्त राप्रपा जुनकिरीको उज्यालोको रूपमा रह्यो । उनिहरूले राप्रपालाई मित्र शक्ति नै नमाने पनि शत्रु शक्ति हैन भन्ने माने । आफुले अर्जित गरेको सामाजिक परिचयमा टेकेर समाजले चिनेका आफ्नै सन्तानहरू कांगे्रस, कम्युनिष्ट बने । उनिहरू जुन आधारमा आफुले काम गरेको थियो त्यही आधारलाई नै गाली गरेर नेता भएको टुलुटुलु हेर्न बाध्य पञ्चकार्यकर्तालाई राप्रपा केही सितल लाग्नु स्वभाविक नै थियो । त्यसैले कुनै वेला त महापञ्चहरूको आधार भएको पार्टीले केही त्राण देला भन्ने आश राखे । तर ३२ सालमा नै आफुहरूलाई महापञ्च बनाएर उनिहरू पञ्चकार्यकर्ताबाट अलग भएका थिए । गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने निर्दलिय व्यवस्थालाई इतर र भितर छुट्याउने अघोषित एक दलिय व्यवस्थामा बदलिसकेको पत्तै पाएनन ।
जव उधारो गणतन्त्र घोषणा भयो पछि बनेकोे राप्रपा नेपाल रोक्न नै दल दर्ता गर्न १० हजार सही चाहिने व्यवस्था भयो । त्यो वेलामा रविन्द्रनाथ शर्मा अध्यक्षताको राप्रपा नेपाललाई भरोसा गरेर १० को ठाउमा ५०सौ हजार हस्ताक्षर संकलन गरेर हस्तान्तरण गरियो गणतन्त्र घोषणाको प्रतिरोधको रूपमा । विर्तामोडको सभामा रविन्द्रनाथ शर्मालाई गरिएको व्यवहार त्यस पछि लगातार कमल थापा, बद्री मण्डल लगायतलाई गरिएको व्यवहारले पहिलो पल्ट राप्रपा नेपालको रूपमा राप्रपाको सशक्त उपस्थिति देखियो । संविधानसभा निर्वाचनमा त्यसका उम्मेदवारहरूलाई प्रचार गर्न समेत अवरोध गरियो । मतदातासम्म पुग्न नपाउने आतंकले मतदाता समेत आतंकित भए । त्यस्तो प्रतिकूल अवस्थामा पनि जनताले ४ स्थान दिलाएर आफ्नो काधमा राखेर राप्रपा नेपाल उपस्थित गराए । यो राप्रपाको पहिलो उपस्थिति थियो ।
त्यसको झण्डै डेढ दशक पछि भएको महाधिवेशनमा कार्यपत्र मार्पmत राप्रपाले पहिलो पल्ट आफ्नो इतिहास सहितको परिचय पेश गरेको छ । अर्थात अब राप्रपा अरूले के भन्छन् भनेर जिव्रो नचवाई, धक नमानी र गौरव साथ आफ्नो परिचय दिने अवस्थामा आएको छ । हरेक पाएको मौकामा आफ्नो भनाई निर्धक्क राख्न थालेको छ । अरू दलका नेता खुशी पारेर सत्ता भागिदारीको आश वा राजनैतिक फाइदाको लोभ त्यागेको छ । प्रष्ट भनेको छ उ नेपालमा राजसंस्थाको अभिभावकत्व चाहान्छ । सत्ता सञ्चालन गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहान्छ । संसदलाई शुद्ध व्यवस्थापिका राख्न चाहान्छ त्यसैले कार्यपालिकामा व्यवस्थापिकाबाट सहभागिता हुनुहुँदैन । यो कसैलाई मन पर्ला नपर्ला त्यो बहसको बिषय होला । तर अब राप्रपाको मोह निन्द्रा भंग भएको छ । यो राप्रपाको दोश्रो र असरदार उपस्थिति हो । हेर्नु केवल यत्ति छ उसले आफ्नो यो अलग परिचय कायम राख्ला कि फेरी सत्ताको चास्नी चाट्ला ?