Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हामीले मातृभूमिका लागि लड्ने समय हो यो

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज ः - - - 
– भारतलाई हङकङ र मकाउका लागि अनअराइभल भिसा दिने चीनले हामी नेपालीलाई किन दिदैंन नेपाल सरकार ?
– हाम्रो नियति ! जब पैसा र सत्ताकालागि विदेशीसँग राष्ट्रियता साट्नेलाई नेता भन्नुपर्ने हुन्छ, तब पराधिन हुने क्रम शुरू हुन्छ ।
– पाटीको झण्डा हातमा लिएर स्वतन्त्र पत्रकारिताको नारा फलाक्ने ? पार्टीकारिता भन, पत्रकारिता भन्न सुहाउँदैन ।
– नेपालको सत्ता देशद्रोही र चीन विरोधी शक्तिको नियन्त्रणमा जाँदैछ ।
– चीनले उचित ध्यान दिएन भने हामी निरन्तर अस्थिरतामा जाकिनेछौं ।
– हिन्दी फिल्मको भन्दा खराब दृश्यले भरिएका छन् हाम्रा मन्त्रालयहरू ।
– प्रधानमन्त्रीज्यू, यस्तै अवस्था रहिरह्यो भने मुश्किल छ है !
– नेपालमा तीनवटा सरकार छन् । देउवा नेतृत्वको देखिने सरकार । इण्डो–वेष्टर्न समानान्तर सरकार । दलाई लामाको सरकार ।
– नेपालका राजनीतिक दलहरू देश र जनताका लागि होइन विदेशीको नेपाल सिध्याउने मिशनका लागि काम गरिरहेछन् ।
– ए देशभक्त नेपालीहरू ! यी कथित नेताहरूको अबैध सम्पत्ति कब्जा गर्ने दिशामा दृढताका साथ अगाडि बढौं । कब्जा गरिएको सम्पत्तिबाट उद्योग स्थापना गरौं ।
–हिजो विदेशी जर्नेललाई राजा मान्दैनौं भनेर विरोध गर्ने हामी, आज कमिशन अजेण्टलाई मन्त्रीको रूपमा भोगिरहेका छौं ।
– यो ब्यवस्था भनेको खुलारूपमा भ्रष्टाचार गर्ने रहेछ । हाकाहाकी प्रतिस्पर्धात्मकरूपमा भ्रष्टाचार गरिरहेछन् पक्ष र प्रतिपक्ष दुवै ।
हिजो र आज ! हिजो ब्यापारीले तस्करी गर्थे र अहिले सरकारमा बसेकाले गर्छन् । पञ्चायती ब्यवस्थामा घुस टेबुलमुनिबाट लिन्थे, अहिले घुस नलिई कसैले काम गर्दैनन् । 
– हामी सबै देशका लागि एकजुट होऔं । देशको मुद्दालाई सर्वाेपरी ठानेर गोलबन्द होऔं । मातृभूमिका लागि लड्ने समय हो यो ।