हामीले आधुनिक ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’को बीचमा तुलना गर्दा ‘फिजिक्स’ले ‘ग्रस मटेरियल’को बारेमा अध्ययन गर्दछ भने ‘क्वान्टम फिजिक्स’ले सुक्ष्म र नदेखिने तरंगहरूलाई अनुसन्धान गर्दछ । यसरी ‘फिजिक्स’ र ‘क्वान्टम फिजिक्स’बीच मुख्य फरक यही नै हो ।
‘क्वान्टम फिजिसिस्टहरू’ले गहिराइमा गएर अनुसन्धान गर्दा पूर्वीय दर्शन र योगलाई पनि हेर्ने गरेका छन् । उनीहरू के निचोडमा पुगेका छन् भने ‘कन्ससनेस इज युनाइटेड फिल्ड अफ अल द ल अफ नेचर’ ।
पहिले हाम्रो वेद र उपनिषदले पनि ‘एक ब्रह्म द्वितीय नास्ति’ अर्थात् ब्रह्म एउटै मात्र छ, अर्को छैन । त्यसैगरी, ‘एक ओमकार सत्नाम’ पनि भनिएको पाइन्छ । यी वैदिक व्याख्यालाई सामान्य तरिकाले जनमानसमा पु¥याउने काम त भइरहेको छ । पहिले भनिँदै आएको परमात्मा, परम चैतन्य, ब्रहम आदिलाई अहिले आएर विज्ञानले‘कन्ससनेस’कै रूपमा अध्ययन गर्दै आएको छ ।
माइन्डको ल अफ नेचर, बडीको ल अफ नेचर, बायोलोजीको ल अफ नेचर अनि कस्मोलोजीको ल अफ नेचरलाई सञ्चालन र निर्देशन गर्ने भनेको ‘युनाइटेड फिल्ड अफ अल द ल अफ नेचर’ ले हो ।
उहाहरणका लागि एउटा बच्चाको उदाहरण दिऔं–बच्चाले एउटा फूललाई हेरेपछि ऊभित्र सेन्सेसन पैदा हुन्छ, एक प्रकारको तरंग पैदा हुन्छ । त्यो तरंगमा ऊ प्रफुल्लित हुन्छ, खुसी हुन्छ । उसको भित्र त्यो फूलको लागि शब्द हुँदैन ।
मानौं कि जब हामीले त्यो फूलका लागि लोटस भनेर शब्द दिन्छौं अर्थात् अन्य कुनै पनि प्रकारको फूलको नाम दिन्छौं । कन्ससनेसमा शब्दको तरंग पैदा हुन्छ । त्यो शब्दको तरंग पैदा हुने लेभल भनेको हाम्रो माइन्ड हो, त्यो तरंगले माइन्डलाई कसरी तरंगित गर्छ भन्ने कुराले हाम्रो ब्रेनलाई प्रभाव पार्छ ।
कुनै दुई व्यक्तिबीच कुराकानी निरन्तर चलिरहँदा ब्रेनको न्युरो इलास्टिसिटी बढिरहेको हुन्छ । माइन्ड र स्प्रिटको जुन होराइजन छ, त्यसको आधारमा मानिसको ब्रेन कस्तो हुने त ? भन्ने तय हुन्छ ।
अहिले कुराकानी गरिरहँदा सूर्यबाट फोटोन्सहरू आइरहेको छ, कन्ससनेस र त्यसको बीचमा अन्तक्र्रिया भइरहेको छ, तरंगहरू फैलिरहेका छन् । विशाल आकाश अनि इथरिकल वल्र्ड छ, त्यससँग पनि कन्ससनेसले अन्तक्र्रिया गरिरहेको छ ।
अहिले हामी पृथ्वीमा बसिरहेका छौं, करिब २ सय देशहरू छन्, ती देशहरूमा विभिन्न चिन्तनहरू भइरहेका छन् हरपल । ती सबै तरंगहरू कहाँ छन् भन्दाखेरि माइन्डको लेभलमा छन् ।
यदि कोही व्यक्ति ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ भन्ने विचार धारणा गरेर बसेको छ भने त्यस्तो अवस्थामा सो व्यक्ति ब्रह्माण्डको पोजेटिभ तरंगसँग एकाकार भएको हुन्छ । इदि सुन्दर विचारलाई एकाकार गरेर बसेको अवस्था भयो भने त्यसले बडी, माइन्ड र सोललाई प्रभावित पार्छ ।
यो पनि भन्न सकिन्छ कि ‘स्प्रिट मुभ्स द माइन्ड, माइन्ड मुभ्स द बडी एन्ड इट्स अल मेकानिज्म’ । हामीले यो कुरालाई सुक्ष्म तरिकाले ध्यान गर्दै, साधना गर्दै अनि मौनतामा बस्दै हेर्नुपर्ने हुन्छ ।
विचार भनेको के हो, बडी–माइन्ड मेकानिज्म के हो भन्ने पक्षलाई जब हामीले सही तरिकाले बुझ्छौं, त्यस्तो अवस्थामा मानिसले थोरै भए पनि मौनता प्राप्त ग¥यो भने ती कुराहरू उसका लागि बोधगम्य हुन सक्छन् । यदि थोरै पनि मौनता छैन भने ती शब्दहरू उसले बुझ्न सक्दैन । साना बच्चाहरूको कक्षा अर्थात् किन्डरगार्टेनमा गएर टिएस इलियट, विलियम शेक्सपियरको कथा पढाएको भने त उनीहरूले बुझ्दैनन् । त्यहाँ गएर थिअरी अफ रिलेटिभिटी, थिअरी अफ कज एन्ड इफेक्ट पढायो भने त कसैले बुझ्दैन । जीवन सुक्ष्म शक्तिलाई नबुझ्नु संसारकै समस्या हो, मनुष्यताको समस्या हो अनि धार्मिक सम्प्रदायको समस्या हो । सुक्ष्म पक्षबाट सञ्चालित हाम्रा सुक्ष्म विचार र भावनालाई सही तरिकाले नबुझ्दाखेरि त्यसको प्रयोग हामीले भौतिक तरिकाले मात्र गर्दा खेरि मानिस अत्यन्त दुःखी र कन्फ्युजनको अवस्थामा रहेको स्थिति छ ।
यसलाई समुचित तरिकाले बुझ्नका लागि हामीले हाँस्दै, गाउँदै र नाच्दै गहन कुरा गर्नुपर्छ । गोरखनाथले भन्नुभएको छ नि ‘हसिबा, खेलिबा, धरिबा ध्यानम्’ । नाच्दै, हाँस्दै अनि मुस्कुराउँदै गहन कुरामा कसरी प्रवेश गर्ने? यो गम्भीर कुरालाई कसरी जोड्ने भन्ने बडो चुनौतीको कुरा छ ।
यसलाई अभिव्यक्ति दिँदा पनि त्यति सहज र सरल त छैन । यो कुरा बुझ्नको लागि लेभल तयार पार्न नै गाह्रो छ ।
खेतमा बाली लगाउनुपर्दा हामीले पहिले खेत जोत्छौं, त्यहाँ रहेर झारपात अनि ढुंगालाई यताउता राख्छौं । त्यसपछि मल राखेर मात्र हामी बीउ रोप्छौं । यसरी मात्र राम्रो खेती गर्न सकिन्छ ।
त्यसै गरेर यो अध्यात्म विज्ञान, भौतिक विज्ञान, माइन्ड मेकानिज्म, ब्रेन मेकानिज्म, न्युरो मेकानिज्म, स्प्रिचुअल मेकानिज्म र क्वान्टम मेकानिज्म यी सबै कुरालाई संयोजन गरेर मानिसलाई मौनतामा लैजान जरूरी छ ।
(योगगुरू ब्रह्मश्री मित्रको सौजन्य)