Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चीनधारका ज्ञाता भन्छन्

०६ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

प्रेम सागर पौडेल, नेपाल–चीन पारस्परिक सहयोग समाज– - - 
नेपाल अन्तर्राष्ट्रिय शक्ति केन्द्रको शीतयुद्धको चपेटामा परिसकेको छ । नेपाल दिनप्रतिदिन पश्चिमाको खुनी पञ्जाको पासोमा फस्दै चीन विरोधी अखडा बन्दैछ । खासगरी, अमेरिका, यूरोपियन यूनियन र ईण्डिया पक्ष बलियो देखिएको छ । यीमध्ये पनि यूरो–अमेरिकनहरू सबैभन्दा बलिया छन् । उनीहरूले नेपालको राजनीति, न्यायपालिका, कानून ब्यवसायी, मानवअधिकारवादी, मिडिया, सुरक्षा र जासुसी संयन्त्रमा राम्रो प्रभाव जमाउन सफल छन् । अमेरिकीहरूको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, उनकी श्रीमती, विश्वप्रकाश शर्मा लगायतको समूह सक्रिय छ । जो जसको नेतृत्व वा पक्षमा भए पनि सबैको एकमात्र उद्देश्य नेपाललाई ईशाइकरण गर्ने र यसलाई पश्चिमाको आधारभूमि बनाएर चीन टुक्र्याउने नै हो । यसतर्फ दिनप्रतिदिन उनीहरूले सफलतासाथ आफ्ना कदम अगाडि बढाएका छन् ।
नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्षको निष्कर्ष छ– नेपालको सत्ता देशद्रोही र चीन विरोधी शक्तिको नियन्त्रणमा जाँदैछ ।
चीनले उचित ध्यान दिएन भने हामी निरन्तर अस्थिरतामा जाकिनेछौं ।