Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पहिले कुरुक्षेत्र, अहिले चितवन ?

२२ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ - - 
महाभारत दोहोरिन्छ, चितवन कुरु क्षेत्र बन्छ भन्ने भाष्य आइसक्यो । एमाले अध्यक्ष ओलीले पार्टी महाधिवेशन चितवनमै गर्ने निधो गरेपछि प्रचण्ड भन्छन्– चितवनलाई कुरुक्षेत्र बनाउने भए । ओलीले मलाई टार्गेट गरेका छन् । ओलीले चितवनमै अयोध्यापुरीको स्थापन पनि गरिसकेका छन् ।
महाभारतको युद्धका लागि पहिले कुरुक्षेत्र, नेपालको आगामी आमनिर्वाचनका लागि चितवन नै किन चुनियो होला ? निश्चित छ, एमालेलाई टुक्रय्राउने षडयन्त्रमा सामेल प्रचण्ड र माधवकुमार नेपाललाई ओलीले चुनाव हराउने तैयारी थालिसकेका छन् । यसकारण त माधवकुमार नेपाल ओलीलाई बढारिन्छ भनिरहेका छन् । तर भय प्रचण्डलाई छ । प्रचण्ड भन्छन्– सभापति देउवालाई प्रधानमन्त्री बनाउन सघाइयो, चितवनका कांग्रेस माओवादीविरुद्ध खनिएका छन् ।
आगामी आम निर्वाचन जहिले होस्, कुरुक्षेत्र बन्ने पक्का छ । महाभारतको कुरु क्षेत्रमा पाण्डव र कौरवबीच युद्ध भएको थियो । चुनावी युद्ध र चितवनको यो महाभारतमा कौरव को हो, पाण्डव को हो ? कुन पाण्डवले कुन कौरवलाई युद्धमा पराजीत गर्ने हो ? यो पहेलीबारे देशव्यापी चर्चा परिचर्चा भइरहेको छ ।
कांग्रेस, एमाले, माओवादी अथवा टुक्रिएका वा ससाना पार्टी जो हुन्, सबैको घोषणापत्र भन्छ– विधिको शासन, समानता र देशभक्तिपूर्ण अग्रगमन । २०६३ सालको परिवर्तन भएको पनि १५ वर्ष भइसक्यो, न त विधिको शासन देखियो, न समानता नै । देशभक्तिपूर्ण अग्रगमन त भाषणमामात्र सिमित देखिन्छ । यस्ता पार्टी र पार्टी नेताले गर्ने भनेको झगडा नै हो । झगडा हेर्दा हेर्दा वाक्क भएका नागरिकहरु यतिबेला सिङ्गो मुलुकका संवैधानिक सञ्जालहरुको असक्षमता र अकमण्र्यता मात्र हेर्न अभिशप्त छन् । कुनै पनि पार्टी वा नेता आशलाग्दो, भरलाग्दो र यसले त केही गर्छ भन्ने खालका नै देख्दैनन् । उनीहरु अब चितवनमा मात्र होइन, हरेक निर्वाचन क्षेत्रलाई कुरुक्षेत्र बनाए, रक्तपात मच्चाए भने अचम्म हुनेछैन ।
किनकि अहिले नै रक्तपात हुनसक्ने आक्रोशहरु छताछुल्ल देखिन थालिसके ।