Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

एमसीसी के होला ?

१५ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

प्रेम सागर पौडेल : नेपाल–चीन पारस्परिक सहयोग समाज ----
राजनीतिकै प्रभाव अदालतमा पनि परेको देखियो । पहिले तथ्यमा आधारित फैसला हुन्थ्यो, अहिले बहुमतका आधारमा हुनथालेको छ । यतिमात्र हेरेर पुग्दैन । हाम्रो नेपाल अन्तर्राष्ट्रिय प्लेग्राउण्ड बनिसकेको अवस्था छ । त्यसैले शक्तिको छिनाझप्टीको सिकार हुनलागेको जस्तो मलाई लाग्छ । अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको बाछिटा होइन, केन्द्रविन्दुनै भइरहेको छ । यसमा दुईमत नै छैन । सबै कामहरू न्यायालयमार्फत नै गर्नुपर्छ भन्ने नै भयो । एउटा चरणमा प्रधानन्यायाधीशको प्रयोग भयो, अब उनले बुझेको जस्तो देखिन्छ । यो क्षेत्र पश्चिमाहरूको नियन्त्रणभित्रै रहेको देखिन्छ । अदालतसहित राज्यका प्रत्येक निकाय अमेरिकी पञ्जामा परेको अनुभूत गर्न सकिन्छ ।
म्यानमारदेखि अफगािनस्तानसम्मका गतिविधि हेर्दा पनि थाहा हुन्छ– पश्चिमाको अन्तिम लक्ष्य चीनबाट दक्षिण तिब्बतलाई टुक्य्राउने हो । यसबाट नेपालमात्र होइन, भारत पनि अछुतो छैन । यसका लागि नेपालमा अभ्यास भइरहेको छ ।
पहिले प्रो इण्डियन अर्थ, गृह, परराष्ट्रमन्त्री हुन्थे, अहिले प्रो पश्चिमा बनिरहेका छन् । चिया पसलमा समेत यस्तै सुनिन्छ । नेपालको परिवर्तन पश्चिमाकै योजनामा भएको थियो । त्यसका लागि इण्डियनलाई प्रयोग गरियो । यद्यपि अहिले मोदीका सरकार छ, मोदी प्रो इण्डियन हुन् । चीनको नेपालमा प्रभाव बढेको होइन, चीनको विश्वमै प्रभाव बढेको छ । चीनले नेपालको राजनीतिमा हस्तक्षेप गरेको छैन । नेपालको सार्वभँैमिकता, अखण्डता र स्वतन्त्रताको पक्षमा हुन्छौं भनेर बारम्बार भनिरहेछ । नेपालका लागि यो सकारात्मक सङ्केत हो ।