Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बिर्सने होइन, कार्यान्वयन गर्नुपर्‍यो

०२ मंगलबार , कार्तिक २०७८४ बर्ष अगाडि

शाश्वत शर्मा- - - 
बडादसैंको रहलपहल बाँकी छ । पोहर, परार कोरानाका कारणले दसैं मनाउन नपाएका नेपालीले यसपल्ट कोरोना कहर केही मत्थर देखिएपछि धूमधामले दसैं मनाइरहेका छन् । शहरमा गाउँमा टीका थाप्ने र आशीर्वाद दिने क्रम जारी छ । तर भन्नुनै पर्दा यसपल्टको दसैं जाने बुझ्नेहरूका लागि अलि भिन्न प्रकारको रह्यो । कारण, संसद अवरूद्ध, देउवाको मन्त्रिमण्डल विस्तार अनि विवादमा प्रधानन्यायाधीश । प्रम देउवाका ७२ घण्टे उद्योग मन्त्री गजेन्द्र हमाल, जो नातामा प्रधानसेनापतिका जेठान पर्छन् र यी सबले गर्दा लोकतन्त्र तुहिएको चर्चा व्यापक भयो । संवैधानिक अङ्गहरू कुनै पनि स्वच्छ देखिएनन् ।
यी सबै चर्चाभन्दा बढी चर्चा पूर्वराजा ज्ञानेन्द्र शाहको शुभकामनाले पायो । सन्देशले राजनीतिक वृत्तमा ठूलै कम्पन ल्यायो । सन्देश त राष्ट्रपति, प्रधानमनत्री, नेताहरूले पनि दिए ती सबै हल्का थिए । आए र सेलाए । पूर्व राजाको सन्देश दिने शैली यसपल्ट अलि पृथक रह्यो । भिडियोमार्फत उनले बोलेरै दिएको शैलीलाई धरैले रूचाउ । यसपल्टको सन्देशले सामान्यदेखि सबैलाई छोयो । शुभकामना सन्देशमा प्रयोग गरेका भाषा साह्रै कडा थिए । यसकारण यो सन्देश चर्चामा छ । सन्देशमा ‘हाम्रो समाज सनानतिनक आदर्श र पुख्र्यौली पौरखबाट मुक्त छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यसअनुरूप हुन सकेनन् । लोककल्याणका हेछु राजनीतिक स्वच्छता, जनप्रियता र जनआंक्षा पूर्तिको दिव्य मान्यतामा आधारिता हुनुपर्ने हो । राजनीतिक व्यवस्था आफू,, आफ्नो समूह रत्यसभित्रको गुट उपगुटमा अल्झिएको छ । कोरोनाको महामारी, अनेक प्राकृतिक विपत्ति, बेरोजगारी, महगी र अस्थिरताको भूमिरमा फसेका आम नेपालीले सम्भव सेवा तथा लोकहितको अनुभूति गर्न पाइरहेका छन् त ?’ 
साथै पूर्वराजाले आफ्नो सन्देशमा ‘कुनै पनि परिवर्तनको मर्म देशसँग अन्तर सम्बन्धित हुने गर्छ । त्यसको प्रभाव जनताले आफ्नो दैनिक जीवनमा अनुभूत गर्न सक्नुपर्छ । दुर्भँग्यवश शिक्षा तथा स्वास्थ्यको व्यापारिकरण, विकास निर्माणका कामको भ्रष्टिकरण, प्रशासनिक र राजनीतिक पेशाले सिमित व्यक्तिलाई फाइदा पु¥याउने र न्यायिक क्षेत्रमा उत्पन्न विचलनले सबैतिर निराशाको बादल छाएको छ । त्यसैगरी सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय एकता दुर्लभ गराउने, मौलिक धर्म संस्कृति संकटमा पार्ने, राष्ट्रिहितमा केन्द्रित रहनुपर्ने परराष्ट्रनीति असन्तुलित भई राष्ट्रिय सुरक्षा स्वार्थमा चुनौति थपिदिएकाले हाम्रो मन पोलेको छ’ भन्ने विचार पस्केर वर्तमान शासन प्रणालीमा प्राय सबै क्षेत्र र तप्का भ्रष्ट, गैह्र जिम्मेवार, राष्ट्रवासीहरूप्रति उदासिन रहेको भन्ने आशय दिएका छन् । एकथरिको विचारमा मुलुकमा अति नै भएपछि पूर्वराजाले यस्तो कडा विचार गरेका हुन् । हुन त यो सन्देशको सर्वत्र स्वागत भएको छ । फेरि आफ्नो वक्तव्यमा पूर्वराजाले देशभन्दा माथि कोही हुन्न भन्ने स्पष्ट धारणा राखेर सबैलाई सावधान गराएका छन् । यो सन्देशको अन्तर्य साह्रै मर्मस्पर्सी छ । अपच भएछ पूर्व प्रधानमन्त्री तथा पूर्व माओवादी डा.बबुराम भट्टराईलाई । उनले पूर्व राजाले यस्तो किसिमको वक्तव्य दिएर मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको आरोप लगाउँदै चुपचाप लोकतन्त्र स्वीकार गरेर बसे हुन्छ भनेका छन् । सामाजिक सञ्जालमा पूर्वराजाको सन्देश व्यापक रूपमा स्वागत गरिएको छ भने आलोचक बाबुराम भट्टराईलाई नराम्ररी झपारिएको छ । सामाजिक सञ्जाललाई वर्तमान कालखण्डमा जनमतको रूपमा पनि हेर्ने गरिन्छ । आम नेपाली जनमत नेता र यो शासनप्रति देखिन्न, पूर्वराजालाई एक्सनमा उत्रन प्रेरित गरिएका छन् । यस्तो अवस्थामा नेपाल र नेपालीप्रतिको जिम्मेवारी लिन तैयार छु भन्ने आशय झल्किने पूर्वराजाको वक्तव्यको स्वागतले नयाँ माहोल सिर्जना गरेको मान्नुपर्छ ।
केही पाका विश्लेषक भन्छन्– पूर्वराजाका यसअघिका सन्देश पनि कडा आउँथे । केही भएन । वक्तव्य आए, चर्चा भए र सेलाए । नेताले लुट्न छाडेनन्, जनता पनि उस्तै, दैनिकी जीवनमा व्यस्त हुनथाल्ने । जनतालाई ओली, प्रचण्ड, शेरबहादुर, सभामुख, अदालतका बारेमा कुरा सुन्दै र चर्चा गर्दैमा फुर्सद देखिदैन । अहिले नयाँ चर्चा आएको छ, प्रधानन्यायाधीशले नैतिकताको आधारमा राजीनामा देलान् कि नदेलान् ? यी सडे गलेका नैतिकहीन राजनीति गर्नेहरूलाई फाल्न जनतामा जोश नै छैन । पूर्वराजाको आह्वानलाई स्वागत गर्नेमात्र होइन, कार्यान्वयन गर्नेतिर गोलवद्ध हुनुप¥यो । लुटाहहरूले देश बर्बाद पारिसके । हरेक तह र तप्काका समूहले सशक्त कार्यक्रम नदिने हो भने यो मुलुक समाप्त हुनसक्छ । यो चाहिं पक्का हो । पूर्वराजाको आशय बुझियो, सकडमा ओर्ली हालौं, तबमात्र कल्याण होला ।