धर्मरत्न श्रेष्ठ - -
भारतमा अङ्ग्रेजको शासनकाल । अङ्ग्रेज राज्यबिस्तार गर्दै थियो । अङ्ग्रेजले बंगाली सेनामा लोभीपापी खोज्ने क्रममा नबाबका सेनापति मीरजाफर व्यक्तिगत लाभ हुन्छ भने देशै बेच्न तैयार रहने व्यक्तिका रूपमा भेट्टायो र उसलाई हतियारका रूपमा प्रयोग गर्न थाल्यो । मीरजाफर अंग्रेजले दिएको र देखाएको शक्ति र सम्पत्तिमा यसरी लोभियो कि उसले सेनापतिको निर्णय हैसियतसमेत अंग्रेजका सेनापति रोबर्ट क्लाइबललाई दिन पुगे ।
यिनै मिरजाफरलाई अंग्रेजहरू आज पनि हड्डी दिएपछि चुसेर बस्ने कुकुर प्रवृत्ति ठान्छन् । किनभने अंग्रेजले नवाव बनाइदिन्छु भनेको भरमा मीरजाफरले आफ्नो मुलुक, आफ्ना नबाबलाई धोका दिएर अंग्रेजको सेवा गरेको थियो । हो, उनले पर्याप्त धन सम्पत्ति पाए तर देशप्रतिको गद्धारीले गर्दा आज पनि मीरजाफर भन्ने व्यक्तिको नाम कलंकको रूपमा लिइन्छ । देश घातक होस् भन्न प¥यो भने मीरजाफरजस्तो भनेर घृणा गर्ने चलन छ । मीरजाफर सरापजस्तो उपमा हो ।
मीरजाफरको देशघातका कारणलेअंग्रेज शासन बलियो भएको थियो ।
नेपालमा किन मीरजाफरको चर्चा चलिरहेको छ भने संसदमा पुगेको एमसिसी प्रस्ताव बहसमा ल्याउने नल्याउने, पास गर्ने कि नगर्ने, यो राष्ट्रघातक छ कि छैन भन्ने अनेक बहस सडकदेखि सांसदसम्म चलिरहेको छ । आगामी चुनावको जीत हारको मुद्दासमेत यही विषय बन्नेवाला छ । लोकतन्त्रमा सबैभन्दा ठूलो गल्ती एमसिसी नेपालले माँग्नु र त्यसमा सही गर्नु भएको मानिएको छ ।
देशभित्र बहादुर शाह चाहिने बेलामा मीरजाफरको बिगबिगी एमसिसीका विषयले उठान गरिदिएको छ । एमसिसीमा भारतसमेत अमेरिकासँग गाँसिएर आएका कारणले नेपाली नेताहरू समर्थन र विरोधमा देखिन्छन् । सडकमा जनलहर विरोधमा छ र जनता नेताहरू विदेशीको इसारामा चल्न थालेकाले नेपाल गम्भीर संकटमा परेको भनिरहेका छन् । यो विषयले राजनीति बिस्फोटक बनेको छ ।