Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

महिलाले जान्नैपर्ने कानुन

११ सोमबार , आश्विन २०७८३ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल –
वैवाहिक सम्बन्ध कायम रहेको नमानिने अवस्थाहरू ः– 
– पतिसग मानो छुट्टिई अंश मुद्दा चलेको 
– पतिसँग अंश लिई छुट्टै बसेको 
– पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको 
विवाहिक बलात्कारको पीडितले अदालतमा निवेदन दिई माग गरेकोमा अदालतलाई मनासिव लागेमा निम्न बमोजिम अन्तरिम आदेस दिन सक्छ ः–
–  पत्नीलाई निज बसि आएको घरमा नै बसोबास गर्न दिन पत्नीलाई खान लाउन दिन कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यबहार गर्न लगाउन ।
– पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि रकम दिन लगाउन 
– दुबैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने ब्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणको लागी आवश्यक ब्यवस्था गर्न लगाउने ।
– पत्नीलाई कुनै प्रकारले दुख दिने वा  सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन ।
– सरकारी वा निजि कार्यलयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यावसायिक कामको लागी सम्पर्कमा आएका वा रहेको कुनै ब्यक्तिसंग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने ब्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा आफुलाई करणी गर्न सहयोग गरेमा ४ वर्ष सम्म कैद र चालीस हजार रूपैयाँ जरिवाना हुनेछ ।
कसैले आफ्नो वा अरू कसैको शरीरमा रोग प्रतिरोधक क्षमता  उन्मुक्ति गर्न जीवाणु ( एचआईभी ) वा हेपाटाइटिस बी को जीवाणु रहेको थाहा पाउँदा पाउदै कसैलाई त्यस्तो रोग सार्ने नियतले कुनै किसिमको पूर्व साबधानी नलिकन कसैसँग यौन सम्पर्क कायम गर्न वा कुनै किसिमवाट आफ्नो बिर्य अर्काको शरीर भित्र पठाउन हुँदैन । 
सजायः
– त्यस्तो कसुर गर्ने वा गराउने ब्यक्तिलाई १० वर्ष सम्म कैद र १ लाख सम्म जरिवाना हुनेछ ।
– यदि त्यस्ता रोग सार्ने नियत नभई लापरबाही वा हेलचक्रायाई बाट सर्न गएको रहेछ भने सर्न गएको ३ बर्ष सम्म कैद र तिन हजार रूपैयाँ सम्म जरिवाना हुनेछ ।
– पीडित आफै एचआईभी जीवाणु वा हेपाटाइटिस बी जीवाणु रहेको ब्यक्ति सग यौन सम्पर्क गर्न गएको रहेछ भने त्यस्तो जीवाणु रहेको व्यक्तिले कसुर गरेको मानिने छैन ।
अपुताली सम्बन्धि ब्यवस्था
१ अपुताली परेको मानिने 
कुनै ब्यक्तिको मृत्यु भएमा निजको अपुताली खुला भएको मानिनेछ ।
२ हकवालाले अपुताली पाउने 
कुनै ब्यक्तिको अपुताली खुला भएमा निजको नजिकको हकवालाले त्यस्तो अपुताली पाउनेछ ।
३ अपुताली पाउने हकवालाको प्राथमिकताक्रम 
– सगोलको पति वा पत्नी 
– सगोलको छोरा, छोरी, बिधवा बुहारी,
– सगोलका बाबु आमा सौतेनी आमा, छोरा, छोरी तर्फका नाती,नातिनी, नातिनी बुहारी,
– भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु आमा, सौतेनी आमा 
– भिन्न भएका छोरा तर्फका नाति, नातिनी,
– भिन्न भएका बाजे, बज्यै,
– सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु,भाई, दिदी, बहिनी ,
– भिन्न भएका बाजे बज्यै 
– सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाई, दिदी, बहिनी, बिधवा भाउजु वा भाई बुहारी ।
– सगोलका काका, काकी,भतिजा, भतिजी ,
– भिन्न भएका दाजु, भाई, दिदी, बहिनी, बिधवा भाउजू वा भाई बुहारी 
४. टाढाको हकवालाले अपुताली पाउने 
कुनै ब्यक्ति  नजिकको हकवाला हुँदाहुँदै आफ्नो अंश लिई टाढा को ब्यक्तिसँग बसेको अवस्थामा निजको मृत्यु भई अपुताली खुला भएमा त्यस्तो ब्यक्तिको अपुताली त्यसरी सँगै बस्ने हकवालाले पाउनेछ ।