राजन कार्की- - -
डाइनामाइट आविस्कारकले साहित्यमा नोबल पुरस्कार राखेका हुन् । यसको अर्थ बिनासकारी आविस्कार मानवीय मूल्य र मान्यताका लागि हो ।
मान्छेले मान्छेको मासु खा“दैन ? मानव सभ्यताको बिनष्टकारी बिध्वंश नहोस् भनेर मनाही गरिएको हो । यद्यपि तान्त्रिक, कालविद्या आर्जान गर्न चाहनेहरू आधारातमा चिहानमा गएर साधना गर्छन्, मान्छेको मासु पनि खान्छन् र तिनलाई अघोरीबाबा भनिन्छ । तिनमा शक्ति नहुँदो हो त सर्वाङ नाङ्गै र रूखमा बस्ने खडेबाबालाई भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी कुनै पनि संकटको निदान खोज्न उनैलाई भेट्न जान्थिन् । तर खडेबाबा र गान्धी दुबैको मृत्यु असामान्य तरिकाले भएको हो ।
भनिन्छ, जो इन्द्रजाल खेल्छ, ऊ, तन्त्रमन्त्रको शक्तिको दावा गर्छ, उसको मृत्यु असामान्य हुन्छ । नक्साल चउरका मालिक साम्राज्य शमशेर राणाजी तन्त्रमन्त्रमा यसरी लीन भएका थिए कि उनको मृत्यु असामान्य तरिकाले भयो र आज पनि नक्साले राणाजीहरूमा उनलाई पानी बौलाह भनेर पुरानो कुराको चर्चा गर्ने गर्छन् अहिले पनि ।
नेपालको राजनीतिमा पञ्चायत फोहरको डङ्गूर हो, एकतन्त्रीय शाही शासन हो भनेर यति ठूलो आन्दोलन भयो कि ०३७ सालको जनमत संग्रहले नसकेर ०४६ साल कुर्नुप¥यो र राजाले जनताका सामु झुकेर दलमाथिको प्रतिवन्ध फुकुवा गर्नुप¥यो ।
अव त ३० वर्षे पञ्चायतले थुपारेको फोहर सफा होला भनेर आतिसवाजी गरेर खुशीयाली मनाइयो । तर बहुदलीय १२ वर्षे शासन कूशासन भएर आयो । ३० वर्षमा पञ्चायतले गरेको फोहरभन्दा धेरै गुण बढी फोहर सिर्जना हुनगयो । राष्ट्रिय उद्योगहरू निजीकरण गरेर पचासौं हजारलाई बेरोजगार बनाइयो । धेरैको चुलोचौको चिसो हुनपुग्यो, धेरैको घरव्यवहार बिल्लिबाठ भयो । लाउडादेखि महाकालीसम्मका काण्डहरू भए, कमिशन र भ्रष्टाचारबाहेक बहुदलीय शासनमा प्रशंसा गर्नुपर्ने केही कुरै रहेन । सांसद खरिद विक्री, सांसदलाई थाइलेण्डमा मसाज गराउन पठाउनसम्मका निर्घिणी काण्डहरू गर्ने नेताहरू आज पनि नेता नै छन्, आज पनि शक्ति, सत्तामै छन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए, उनैले चा“दीको किस्तीमा सत्ताको सा“चो राखेर धारा १२७ अनुसार राजालाई बुझाएका हुन् । राजाले ३ वर्षमा चुनाव गराएर जनप्रतिनिधिलाई शासन सुम्पिन्छु भन्ने कबुल गरे । यो कुरा तत्कालीन सात दललाई मन परेन, ठूलो कुरा भारतलाई मन परेन र तत्कालीन जनयुद्धकारी माओवादीलाई दिल्लीमा १२ बु“दे सहमति गराएर नेपालको जनआन्दोलनमा सरिक हुन निर्देशन गरेकै हो । माओवादी मिसिएपछि १९ दिने जनआन्दोलनमा २१ जना मारिए र जनविद्रोहको त्यो बाढी राजाले थाम्न सकेनन् र २०६३ साल वैशाख ११ गते मरेको संसद राजाले ब्यू“ताइदिएका हुन् । त्यो सम्झौता कस्तो राजनीतिक फोहरको थुप्रो थियो, आज प्रमाणित हु“दैछ ।
परिवर्तन भयो, मुलुक र मुलुकको शासन व्यवस्था सफा हुने सपना देखाइयो । जनयुद्धकारी माओवादी सतहमा आयो, सरकारमा गयो र आतंकको फोहर सफा गरेर शान्ति ल्याउने कबुल गरियो । नेपालको यो समाचार विश्व समाचार बन्यो । विश्वको ध्यान नेपालको राजनीतिक सफाइ यात्रातिर तानियो । र, यो व्यवस्थालाई बहुदलीय प्रजातन्त्रबाट लोकतन्त्र भनियो । पहिलो काम राजाको अधिकार खोसियो, दोश्रो काम हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष भनियो । तेश्रो काम अन्तरिम संविधान जारी गरेर पहिलो संविधानसभाको चुनाव भयो । यही संविधानसभाको पहिलो बैठक २०६५ जेठ १५ गते गणतन्त्र कार्यान्वयन गरेर राजतन्त्रको अन्त्य गरिएको हो । तर यो संविधानसभाले संविधान जारी गर्न सकेन, माओवादी प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नै संविधानसभा बिघटन गर्न बाध्य भए । त्यसपछि दोस्रो संविधानसभाको निर्वाचन भयो र बल्ल बल्ल २०६३ को परिवर्तन २०७२ साल असोज ३ गते संविधान जारी गरेर एउटा बाटो लिन सफल भयो । यो संविधानअन्तर्गत स्थानीय, प्रदेश, राष्ट्रियसभा र संघीय संसदको निर्वाचन सम्पन्न भयो । यी निर्वाचन कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले सफलतापूर्वक सम्पन्न गरे तर माओवादी र एमालेको गठबन्धनले कांग्रेसलाई ह्वाइटवास जस्तै अवस्थामा पु¥याइदियो । कांग्रेस चाउरियो ।
निर्वाचित सरकारका रूपमा एमालेका केपी ओली प्रधानमन्त्री भए । त्यसपछि माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनाएका छन् र नेकपाले देशको कमाण्ड लिएर सत्ता सञ्चालन गरेको अवस्था छ । यहा“सम्म आइपुग्दा, राजनीतिमा फोहरबाहेक केही देखिएन । सांसद किनबेच भए, चुनावमा टिकट लिलाम गरियो । घूस ख्वाउने राजदूत बने, संवैधानिक अंग प्रमुखदेखि अदालतका न्यायाधीश पनि बन्न सफल भए । पियन अर्थात सहायकदेखि सचिव, मुख्य सचिवसम्मका पदहरूमा राजनीतिकरण गरियो । राजनीतिक प्रभाव नभएको कुनै पनि निकाय छैन । मानौं मुलुक फोहरको कन्टेनर हो । लोकतान्त्रिक गणतन्त्रको बोर्ड झुण्ड्याएर अलोकतान्त्रिक क्रियाकर्म भइरहे ।
अव त स्थिर सरकार आयो, अव त फोहर सफा होला, विधिको शासन चल्ने छ । बिधिभन्दा बाहिर जो जान्छ, ऊ दण्डित हुनेछ भन्ने एउटा विश्वास पलाएको थियो । प्रधानमन्त्री बनेका केपी ओलीले भनेकै हुन्– जो भ्रष्ट छ, उसलाई टपाटप टिपेर फाल्ने हो । स्वच्छन्द शासन गर्दागर्दै ओलीलाई हटाइयो । अदालतले हटायो ।
तिनै केपी ओलीले सत्तामा बसेर जेलका अपराधीलाई सज्जन भनेर राष्ट्रपतिमार्फत छुटाए । तिनै केपी ओलीले भ्रष्ट तत्वहरूलाई संरक्षण दिए । तिनै ओलीले बलात्कार र हत्या गर्नेलाई तक्मा दिलाए । तिनै ओलीले अयोग्य प्रधान न्यायाधीशलाई प्रशिद्ध प्रवल जनसेवा पदकबाट बिभूषित गराए । तिनै ओलीले अदालत नै गनाउने गरी भ्रष्टाचारमा संलग्न भएका व्यक्तिलाई प्रधानन्यायधीशमा सिफारिस गरे । तिनै ओलीले ३३ किलो सुनकाण्डको अनुसन्धान रोकाए र रिपोर्ट आफैले लुकाए । तिनै ओलीले विधि निर्माताहरूलाई करोडौं बजेट दिएर ठेकेदार बनाएका छन् । तिनै ओलीले नेपाल कहिल्यै पुग्न नसक्ने आर्थिक र प्राविधि सहयोगका लागि बंगालको खाडीको सम्मेलन नेपालमा गराए । ओलीको प्रतिवद्धता ल्हासा जाने कुतीको बाटोमा अलमिलन पुग्यो । नेपालको कानुन दैव जानुन, नेपाल आफैमा राजनीतिले थुपारेको फोहरको थुप्रो बनेको छ । राजधानीको फोहरले बागमती प्रदूषित छ, राजनीतिको फोहरले नेपाल राष्ट्र विषाक्त भइसकेको छ । के के न गर्छु भनेर ५ दलीय मोर्चा बनाएर प्रधानमन्त्री बनेका देउवा आफैमा हराएका छन् ।
माओवादीहरू भन्छन्– अव जनयुद्धका सबै मुद्दाहरू आममाफी हुनेछ । आममाफी नै किन ? फौजदारी मुद्दामा पीडकलाई दण्ड र पीडितलाई न्याय नदिदा अन्तर्राष्ट्रिय अधिकारकर्मीहरूले के भन्लान् ? कसैले हेगमा मुद्दा ठोकिदियो भने नेपालको स्थिति हस्तक्षेपको भूमरीमा पर्ला कि नपार्ला ? जीवन नै न्याय पाउ“ भनेर गंगामाया अधिकारी अहिले पनि अस्पतालमा अनसन बसिरहेकी छिन् । उनको छोरालाई मार्ने आरोपित १३ मध्ये १२ जनालाई चितवन अदालतले बरी गरिदियो र ती बुढीआमा गंगामाया भन्छिन्– यो देशमा न्याय पाउ“ भन्नु बेकार रहेछ । यी सबै फोहर हुन् । फोहरको थुप्रो । शुद्धिकरण कहिले सुरू गर्ने ? कहा“बाट, कसले सुरू गर्ने ? कालो बादल छ, चा“दीको घेरा छैन ।
नेपालमा को छैनन् ? नेपाली बैज्ञानिक नासासम्म पुगिसके । प्राविधिकदेखि समाजशास्त्रीसम्म प्रशस्त छन् । संचेतनाको व्यापक विकास भएको छ । स्कूल, कलेज, प्राविधिक शिक्षा अब्बल छ । यतिसम्म प्रगतिमा पुगिसकेको मुलुकमा राजनीतिक असभ्यताको बिकृति । सुधार्ने राजनीतिले हो । राजनीति सुधार्ने जनताले हो । पढेलेखेका बुद्धिजीवीहरू राजनीतिक पार्टीमा विभक्त हु“दा यथार्थ आलोचना र सुझाव आउन सकेन । जतिसुकै गलत क्रियाकलाप पनि पाच्य हु“दै गएको छ । यही रोग महारोग बन्दा राष्ट्र फोहरको थुप्रो बन्न पुगेको हो ।
नैतिक पतनको यो श्रृंखला रोकिएन, देउवा सरकार बनेपछि पतन जारी छ ।
राजनीतिमा देवताको पोसाक राजनीतिक नेताहरूले लगाउने र तिनै नेताहरूको झुण्ड झुण्डमा संचेतन, बुद्धिजीवीहरू लागिरहने हो भने आफ्नो घु“डामा आफैले बन्चरो हान्नु हो । जसरी विश्वविद्यालय र अन्य सबै क्षेत्रमा राजनीतिक धमिराहरू धरमराइरहेका छन्, त्यसैगरी राष्ट्र अक्कलबिनाको नक्कलले अस्तित्वहीन बन्दैजानेछ ।
राजनीतिबाट कल्याणको कामना गर्नेहरूले पहिले राजनीतिलाई पवित्र पार्न जरूरी छ । अन्यथा अरूका सन्तान बिग्रे भनेर दङ्ग नपरौं, तिम्रा सन्तान पनि यही दुषित पानीले फोहरी नै हुनेछन् ।
राष्ट्रको फोहर सफा गर्नैपर्छ, तवमात्र नेपाल र नेपाली सफा हुनेछन् । विद्या नभएका विद्या सुन्दरले काठमाडौं महानगरलाई फोहरमाण्डँैं बनाए बनाए, निष्ठा नभएका पार्टीहरूले राष्ट्रलाई फोहर नेपाल बनाउने छन् । सबैलाई चेतना होस्, सबै राजनीतिक फोहर सफा गर्न अग्रसर हौं । अव देश फोहरमाथि उभिएर सुशासन र समृद्धिमा पुग्न सक्दैन । फाहेरमाथि देश उभिनु र बारूदमाथि ओलीका सपना उस्तै हो ।
जनयुद्ध र जनआन्दोलनको डाइनामाइट हामीले भोग्यौं । डाइनामाइटका आविस्कारकले नोबल पुरस्कार स्थापना गरेजस्तै, यो पद्धतिले सफा नेपाल निर्माण स्थापित गरोस् । यो जनचाहना पूरा हुने लक्ष्यण देखिएन । सरकार परिवर्तन गरिसक्दा पनि सुधारको कुनै गुञ्जाइस देखिन्छ ।