Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चीनतर्फ होइन भारततर्फ हेरौं

२१ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

शाश्वत शर्मा- - - 
भारतीय एसएसबीका अधिकारीले तुइनको डोरी खुस्काएर नेपालका युवा जयसिंह धामीलाई महाकालीमा खसालेर मारे । नागरिक र केही संघसंगठनहरूले भारतको यस प्रकारको अमानवीय गतिविधिप्रति आक्रोश व्यक्त गर्दै जुलुसका साथै नाराबाजी, वक्तव्यवाजी आदि सबै गरे । तर नेपाल सरकार एउटा छानबिन अमायोग गठन गरेर चूप बस्यो । गत साउन १५ गते बेपत्ता भएका जयसिंह धामीको स्थिति अझै अज्ञान नै छ । नेपालका तर्फबाट ड्रोन उडाएर धमीको खोजबिन गर्न खोज्दा भारतले दिएन । नेपालका अनेक संवेदनशील क्षेत्रहरूमा खुलेआम होलिकोप्टरउडाउन थालेको भारत नेपाललाई भारत अधिनस्थ देखाउन खोजिरहेको छ । भारतकै एउटा प्रान्त जस्तो व्यवहार गरिरहेछ । पटक पटक भारतीय हेलिकोप्टर नेपाली आकाशमाथि उड्न थालेपछि स्थानीय जिल्ला प्रशासनले भारतसमक्ष लिखित रूपमा आपत्ति प्रकट गरेको छ । तर भारत पक्षले टेरेको छैन । विज्ञहरू भन्छन्, धामी प्रकरण र यो हेलिकोप्टर उडाएको विषय ज्यादै नै संवेदनशील घटना हो । यो अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनु पर्ने विषय हो । नेपालका सुरक्षा ब्यारेकमाथिबाट भारतले हेलिकोप्टर उडाएकोमा विपक्ष, सरकार, सुरक्षा विज्ञ खुलेर बोल्न चाहदैनन् ।
एक युवा नेपालीलाई जानी जानी महाकालीमा खसालेर मार्ने, यस्तो विषयमा नेपालको सत्ता र विपक्षमात्र होइन, जनताका लागि राजनीति गछौं, बोल्छौं भन्ने कुनै पनि बर्ग, व्यक्ति नबोल्नु आश्चर्यको विषय हो । कठपुतलीहरू कसरी नाच्छन्, यो अर्को उदाहरण हो । भारतको सहयोगमा सत्तामा गएका, आउँदो चुनावमा भारतकै सहयोग लिएर जित्न प्रतिक्षारत भएकाहरू, भारतबाटै साधन, स्रोत, सुविधा र अनेक अवसर खोजिरहेकाहरू नेपाली मारिएकोमा बोल्दैनन् । यिनीहरू कुन स्तरका स्वाधीन नेपाली प्राणी होलान् ? नेपालको हवाईक्षेत्र अतिक्रमण गर्ने, नेपाली मार्ने, हेपाहप्रवृत्तिबारे भारतले माफी नमागीकन अथवा युवाको स्थिति सार्वजनिक नभएकन सम्बन्ध कसरी सुमधुर हुनसक्छ ? यदि कुनै अर्को दुर्घटना भएको भए के हुन्थ्यो ? भारतसँग प्रश्नै गर्न नसक्ने यो कस्तो सरकार हो ? नेतृत्व हो ?
एकातिर भारतले यसरी हेपिरहेको छ भने अर्कोतिर आउँदो सेप्टेम्बर २० देखि नेपाली सेना र भारतीय सेनाबीच पिथौरागढमा संयुक्त सैन्य अभ्यास हुने समाचार आएको छ । ‘सूर्यकिरण’ भन्ने नाम दिइएको उक्त अभ्यास पालैपालो नेपाल र भारतमा हुँदै आइरहेको छ । अघिल्लोपटक रूपन्देहीको सालझण्डीमा यस्तो अभ्यास भएको थियो । यतिबेला यो अभ्यास केही समयलाई रोके हुनेथियो ।
नेपाल–भारतबीच स्थिति जटिल भइरहेकै समयमा नेपाली सेनाका उपरथी निरञ्जनकुमार श्रेष्ठले भारतीय सेनाका सेनाध्यक्ष एमएम नराभाणेसँग दिल्लीस्थित भारतीय सेना मुख्यालयमै भेट्न नहुने थियो भन्नेहरू पनि छन् । तिनको पनि भारतसँग नेपाली मारेको, सीमाअतिक्रमणमात्र होइन, लिम्पियाधुरा क्षेत्र भारतीय नक्सामै हालिएको स्थिति स्पष्ट नभएसम्म यसरी भेट्नुको कूटनीतिक सन्देश के हुनसक्छ ? यसरी भारतसँग सम्बन्धमा तिक्तता बढेको बेला पारेर सरकारले चीनसँग समिा विवाद छ, सीमाविवाद छानबिन गर्न आयोग नै गठन गरेको छ । राजा महेन्द्र र बिपी कोइरालाकै पालामा सुल्झिसकेको चीनतिरको सीमा बिबाद यतिबेला किन उछालियो ? नेपाल चीन सीमा विवाद केही समयदेखि योजनावद्ध रूपमा उछालिदै आएको छ । अहिले धामी प्रकरण र हेलिकोप्टर काण्डलाई ओझेलमा पानै सीमा विवाद उठाएको हो । भारतका विरूद्धमा उठेको जनविरोधलाई चीनतिर सोझ्याउने कसरत हो यो । भारतले जस्तो नेपाली सीमा पिलर सार्ने काम चीनले गरेको छैन । सीमा अतिक्रमणका घटना पनि छैनन् । दक्षिणी सीमातिर राति सुतेको नेपाली भोलिपल्ट उठ्दा भारतीय भइसकेको हुने स्थिति छ । उत्तरी सीमा त्यस्तो छैन । फेरि चीनले प्रमाणका आधारमा वार्ता गर्न तैयार रहेको जनाउ दिइरहेको छ । यस्तो सहज व्यवहार दक्षिणी सधियारले कहिले देखाएन ।
कर्णालीका महेन्द्र शाही, जीवन शाहीहरूलाई सीमा मिचेकै हो भनेर बोल्न लगाइएको छ, प्रचार गरिएको छ । नेपाल सरकारले र चीनले सीमा समस्या नरहेको जनाउ दिइसकेका छन् । सरकार परिवर्तन हुनासाथ उछालिएको यो सरकारले सीमा अतिक्रमण गरेको प्रमाण दिन नसके के हुन्छ ? यो त चीनसँग सम्बन्ध बिगारेर एमसीसीलाई अपरकर्णालीमा बेश राख्न दिने चाँजोपाँजो पनि हुनसक्छ । यो संचेतन हुने समय हो । तत्कालको अवस्थामा चीनले मिचेको भनिएको सीमातिर जाने होइन कि भारतीय ज्यादतिका विरूद्धमा एक भइ लाग्ने समय हो । अहिलेलाई भारतको ज्यादतिविरूद्ध लागौं । चीनलाई नजिस्क्याऔं ।