Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

कसलाई कहने, अति भो कति सहने ?

२१ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की- - - 
अति भो कति सहने ? वर्तमान नेपालको परिदृश्य यही हो ।
दलहरूको आपसी लडाई, दल भित्रको खिचोलोले जनतालाई पिरोलेको घाउमा मल्हम लगाउन कोही अगाडी सरेन । एकै दल भित्र कुन बाबुले सत्ता पाउने र कुन जीले सत्ता छोड्नु पर्ने भन्ने विवाद सामान्य जनताको निमित्त सरोकारको विषय थिएन । तर यसै विवादले सामान्य जनतालाई पिर्न शुरू ग¥यो । बाटोको किनारामा लगाईएका रेलिङ भाँचिन थाले, सडकमा टायर बल्ने दिनचर्या भयो । जनतालाई खासै फरक नपर्ने मामिलामा जवरजस्ती गरिएका बन्दमा उपचारस्थलसम्म पनि पुग्न नपाएर सर्वसाधारणको ज्यान जान थाल्यो । बित्थाको रडाकोमा आङ्खनो भविष्य चौपट हुने छेकछन्द देखेपछि जनता आशाले दरवारको ढोका निहाल्न लागे, तर किन हो कुन्नी दरवारले जनताको त्यो पिडामा तटस्थता देखायो ।
समाजमा भएको यो शुन्यता भर्न एक नौलो शक्तिको उदय भयो, कसैलाई भाटा लगाएर, जुवा तासको खाल बन्द गराएर, रक्स्याहालाई तह लगाएर सर्वसाधारण जनताको आशा आफ्नो तर्पm तान्न सफल भयो र यो शक्तिले नै सशस्त्र विद्रोह संभव भयो जसलाई आजकल माओवादी जनयुद्ध भनिन्छ । सवै तिरबाट निराश भएका जनताले माओवादीको बन्दुकमा आङ्खनो भविष्य देखे भने यसमा जनतालाई दोषरोपण गर्ने ठाउँ पटक्कै छैन । कतिपय प्रभावशाली दलका प्रभावशाली नेताहरूले पनि आफ्नो काम निकाल्न उनिहरूको सहारा लिएका थिए, कतिपय व्यबशायीहरूले पनि आफ्ना प्रतिद्वन्दीहरूलाई तह लगाउन तिनैको सहारा लिएका थिए । त्यस माथी झन नेपालका नामी र असरदार नेताले माओवादको यो अभियान दलहरूलाई समाप्त पार्न दरवारले नै चलाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । दलहरूको मनोमानीबाट आक्रान्त जनतामा धेरैले त्यो कुरा पत्याए । दलहरूको तेजोवध गर्न माओवादीलाई सत्ताको पहुँचसम्म पु¥याए ।
दलहरूको अन्तरकलह, स्वाथ्र्यलिप्सा र मैमत्तापन सत्ताको नजिक पुगेपछि माओवादीमा पनि हावी भयो । पहिलेदेखि यो प्रवृति थियो र अहिले त्यो मुखरित भयो वा अहिले नै त्यसको विजारोपण भएको हो त्यो भने खोजी कै विषय हुन सक्छ । यो प्रकारान्तले जनतालाई भन्न विवश तुल्यायो ‘जुन जोगी आएपनि कानै चिरेका ।’ जनताको घाउमा खाटा बस्नु त कता हो कता बरू उल्टै नयाँ घाउहरू थपिन थाले । नाफा गर्ने चुत्को साँउ समेत फुत्क्यो भन्ने उखान चरितार्थ भयो । ज्यादा पाउने आशामा गरेका आन्दोलनहरूले धमाधम भएका रोजगारी पनि फेरी पाउने आशै भेटाएर खोसिन थाले । समाजमा फेरी अर्को शुन्यताको परिस्थिति पैदा भएको छ ।
हुनत परिवर्तित दरवारले शून्यता भर्ने प्रयत्न नगरेको हैन । तर चाटुकार र जीहजुरी गरेर आफ्नो दुनो सोभ्mयाउन पल्केकाहरूले खडा गरेको पर्खालबाट दरवार बाहिर आउन सकेन । सर्वसाधारण जनताका आशा र आस्था हुँदाहुँदै ‘हाम्रा तर्पmबाट बोलीदिने कोही भएनन्’ भन्दै टिके संसदले घोषणा गरेको र बुख्याँचा भरिएको संसदले कार्यान्वनयन गरेको गणतन्त्र स्विकार गर्नु प¥यो । केही मुखर विरोधीको समूहले शान्त समर्थकको शक्ति लुकेको मात्र हो, समाप्त भएको छैन भन्ने कुरा जनताले मौका पाउने बित्तिकै देखाएका छन् । तर दरवार अभैm पर्खाल भित्र नै रहन चहान्छ जस्तो छ, पर्खाल पैदा गर्नेहरूले विरोधीलाई त केही गर्न सकेका छैनन तर समर्थकहरूलाई नै पिडा थप्छन । जनता अहोरात्र प्रयत्न गर्दैछ आफ्नो कुरा कसरी राजनसम्म पु¥याउने, दर्कने पानीमा पूmलको गुच्छा लिएर आउने बाटो ढुकेर बस्छ जनता, तर उसको पहुँच पुग्दैन । महमा गुलियो पसेको भेउ पाएर झुम्मिएकाहरूको भिडले जनतालाई छेक्छ । यस्तो निरन्तरता कायमै छ ।
अब, नेपाली जनतामा रहेको आशा मधुरो हुँदै गएको छ । यो शुन्यता भर्नसक्ने भनेर आशा गरिएको स्थान नै चुप्प रहेर जनतासँग दँरी कायम गरेर बस्ने हो भने जनतासंग के विकल्प छ ?  शून्यता त अबश्य भरिन्छ, त्यसको वैकल्पिक बाटो खोज्न भन्दा पहिला जनतासँग प्रत्यक्ष संवाद कायम हुनु पर्दछ । यदि यस्तो नभएमा हुने परिणाम सुखद नहुन सक्छ । त्यसले अव अति भो राजन अब कति सहने, अब त जनताको घाउमा मल्हम लगाउन बाहिर आऊ । पर्खाल तोडेर बाहिर आए ज्ञान हुने छ बाहिरको संसारले कति व्यग्रताले पर्खेर बसेको छ । बाहिर जनताको सुखदुखको साथी बन्न आऊ, जनतालाई अर्को विकल्प खोज्न पर्ने अप्ठ्यारो नपारौं ।
अति भो राजन, पुर्खाको गौरव सम्झेर भए पनि बिडा उठाउनु प¥यो, पर्खाल तोडेर बाहिर आउनु प¥यो ।
यो आह्वान जनताको हो । राजनीति यति धेरै अपराधिक भइसक्यो कि यस्तो अपराधतन्त्रले देशलाई उँधोमुण्टो लगाइरहेको छ । नेपाली युवा मारिदा, सिमाना मिचिदा, भूगोल नै अर्को देशले आफ्नो नक्सामा हालेर हैकम चलाइसक्दा पनि लोकतन्त्र बोल्दैन, केही गर्दैन । यस्तो तन्त्र मान्न, भोग्न जनता अभिशप्त छ । यसकारण राजन निस्कनु प¥यो ।
हो, जनताले खोजेका बेलामा म यहीँ छु भनेकै हो । जनताले खोजेका छन्, कहाँ छौ राजन । अब त देखिनुपर्छ, सुनिनुपर्छ, सार्वजनिक हुनुपर्छ । देशमा नेता भए, राजनेता भएनन् । राजनीति व्यापार बन्यो, व्यवसाय चलाउने नेता भए । व्यवसायले समाजसेवा गर्ने कुरै भएन, सबै मुनाफातिर आकर्षित छन् । जनताले कति सहने ? कहुँ कसलाई कहने । यसकारण पनि हे राजन, देशको अभिभारा बोक्न अगाडि सर्नुप¥यो ।