Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

शिक्षकमाथि हेपाह प्रवृत्ति कहिलेसम्म ?

१४ सोमबार , भाद्र २०७८३ बर्ष अगाडि

देवी काफ्ले - - 
अहिले सामाजिक सन्जालमा पुरै युटुबर पत्रकार छाएका छन् । कसैको घरझगडा देखि लियर ब्यक्तिगत सम्बन्धमा समेत खलल पु¥याएका छन् ।सबै खराब छन् नराम्रै काम गरेका छन् भन्ने मेरो आशय होईन तर धेरैले धेरैको ईज्जतमाथि खेलवाड अवस्य गरेका छन् । हालसालै सल्यानको बालकल्याण मा.विमा अध्यापनरत शिक्षकको अन्तर्वार्ताले निकै खलबली मच्चायो । प्रावि शिक्षकको अन्तर्वार्तामा उसले हाँस्दै सोधेको छ तपाईं कुन बिषय पढाउनु हुन्छ ? शिक्षकले जवाफ दिन्छिन् म्याथ र साइन्स पढाउँछु ४ र ५ कक्षामा । त्यसपछि युटुवरले मजाकमा साईन्सको भ्कउभििष्लन लेख्न अह्राउँछ । तर शिक्षकले गलत लेख्छिन् । त्यसपछि उनको खिल्ली उडाउन सकेको प्रयास गर्छ ।
सरकारी स्कूलहरूको आफ्ना नियम हुन्छन् र सरकारी नियम अनुसार नै पनि कक्षा सन्चालन भैरहेको बेला शिक्षकको अनुमति बिना त जिल्ला शिक्षा अधिकारी पनि भित्र पस्दैनन् भनेपछि युटुवरले कसरी कसको अनुमति लिएर अन्तर्वार्ता लियो ? नियमन गर्ने सरकारी निकायले नै अनुगमन गर्ने हो । शिक्षकसँग असन्तुष्टि भएमा बिद्यार्थी, अभिभावक र ब्यवस्थापन समिति बीच छलफल हुनुपर्छ । यसरी सिधै युटुवरलाई बोलाएर ल्याए किन ? यो बिषय गम्भीर छ । त्यसको प्रमुख कारण आज पनि हाम्रो आँखामा शिक्षकप्रतिको नकारात्मक धारणा, टाइम पास मास्टरको रूपमै हेरिनु । समाजमा मात्रै  हैन खुद शिक्षा कार्यालयमा समेत एउटा हेडमास्टरलाई कार्यालय सहयोगीले समेत नटेरेको यिनै आँखाले देखेको छ ।
एउटा हेडमास्टर त्यो चाहे प्राविको होस् चाहे माविको नमस्कार समेतले कार्यालयमा जांदा दर्ताचलानीका मुखिया खरिदारलाई नमस्कार गर्नपर्छ नत्र बिद्यालयका काम रोकिन्छन् । समान पदको सरूवाका लागि दुवैपक्षबाट सहमति हुँदाहुंदै पनि कार्यालय प्रमुखलाई बिटो नचढाए अनेक बहाना बनाएर रोकिन्छ । शिक्षक यस्तो ब्यक्ति हो जसले जीवनमा घुसको नाममा एक रूपिया बुझेको हुन्न । यसो भन्दैमा सबै शिक्षक देवरूपकै छन् भन्ने होइन । खान्छन् शिक्षकले पनि घुस तर उनिहरू पैसा हैन समयको घुस पेट भरिन्जेल खान्छन् । शान्तिसम्झौता पछि शिक्षकहरू दाम कमाउन जग्गाको कारोबारमा अधिकांश समय खर्चेका पनि हुन् ।
हुन त मैले बोल्दा म फेमिनिष्टको रूपमा देखा पर्छु तर पनि समाजको वास्तविकता नबुझिकन शिक्षकहरूलाई मजाकको पात्र बनाएकोमा आपत्ति जनाउँछु । नेपालमा शिक्षक भनेर पुरूषलाई र शिक्षिका भनेर महिला शिक्षकलाई चिन्ने गरिन्छ । म दुबैलाई शिक्षक नै भन्छु, कामको लिङ्ग हुदैन ।
हाम्रा ग्रामिण क्षेत्रका बिद्यालयहरूमा अध्यापन गर्ने महिला शिक्षकहरू आज पनि बाहिर खुलेर बोल्न अझै पनि हिच्किचाउनु हुन्छ । शिक्षकको एउटा विशाल चाहना हुन्छ आफुले पढाएको बिद्यार्थी अब्बल होस् भन्ने । भान्छामा खाना बनाउंदा जसरी गृहिणीले स्वादिष्ट खाना बनोस् भनेर भरमग्दुर प्रयास गरेकी हुन्छिन् शिक्षक पनि त्यस्तै हो । शिक्षक चालक पनि हो । जसरी चालकले गाडी, जहाज, पानी जहाज चलाउँदा गलत दिशा मोड्यो भने दुर्घना हुन्छ भनेर हरपल सचेत रहन्छ त्यसै गरि बिद्यार्थीको जीवन पनि दुर्घटनामा नपरोस् भनेर सचेत रहन्छ । चालकले गाडि चलाउन जानेको हुन्छ तर पनि उसलाई सबै पार्टपुर्जाहरूको नाम याद नहुन सक्छ । भान्छामा पकाउदा कतिपय मसलाको नाम जान्दिन तर त्यसलाई कहाँ कुन परिकारमा मिसाउने थाहा हुन्छ । मान्छे जब कुनै नौलो वा पहिलोपल्ट कुनै वस्तु देख्दा या नया मान्छेसंग भेट्दा अलिकति हडबडाउँछ । जानेका कुरा पनि बिर्सिदिन्छ । त्यसमा पनि महिला सबैठाउंमा सबैसँग सजिलै स्वाभाविकतामा आउन सक्दिनन् उनको अन्तरहृदयमा डरको भाव पैदा भएको हुन्छ । मैले जोड्न खोजेको कुरा उनै शिक्षकको हो जसलाई युटुवरले र्याखर्याख्ती पारेका थिए । फेरि महिलाले जति कलमबाट ब्यक्त गर्न सक्छिन् त्यति आवाजबाट हिच्किचाउँछिन् । हामी प्रफेक्ट छौं बोल्न डराउँदैनौ भन्नेहरू त पहिलो पल्ट माईक समाउदा हात काँप्छ, बोल्न खोजिएका कुरा मोडेर अर्कोतिर जान्छ भने पहाडी ग्रामिण क्षेत्रका महिलामा अझै के अवस्था होला । शिक्षक बनेपछि हरेक कुरामा माफ हुनुपर्छ होइन तर परिस्थिति पनि बुझ्नुपर्छ । शिक्षकले नजानेर अपराध होइन बरू बिषयवस्तुको ज्ञान बिना नै शिक्षा दिन थाल्छन् भने त्यो अपराध हो ।
हामी मानव हौं । सबैकुरा सबैले जान्दैन । तिनै पत्रकार भनाउदा युटुवरलाई एक्कासी पत्रकारिता वा युटुव सम्बन्धि नै सोध्यो भने उसले पनि नजानेको हुनसक्छ । अर्को कुरा प्रावि शिक्षकको लागि योग्यता कति?तर पनि प्रविका सबै बिषय पढाउनु पर्ने हुन्छ । एस एल सि ले शिक्षा आयोग लडेर नाम निकालेर गएका शिक्षकहरूबाट सारा ब्रमाण्ड नै जान्नुपर्ने भनेर हुन्छ?
हो समय अनुसार शिक्षक पनि बदलिनु पर्छ र नयाँ प्रबिधिहरूको प्रयोग गर्नुपर्छ तर त्यसका लागि आवश्यक ब्यावस्था पनि त मिलाउने दायित्व सरकारले पूरा गर्नु पर्छ होलानी ।
दक्ष शिक्षकको छनोट, भौतिक पूर्वाधार,प्रयाप्त पाठ्यसामग्री,शान्त वातावरण,तनावमुक्त शिक्षक भयो भने  शैक्षिक सुधार हुन्छ ।
 शिक्षकलाई हेर्ने दृष्टिकोणले पनि शिक्षकमा हिनताबोध छ आजपनि ।
हामी र हाम्रो समाज आज पनि महिलाको क्षमतामा प्रश्न चिन्ह खडा गरिरहन्छौं । तिनै महिला शिक्षक जस्तै स्पेलिङ र गणितिय शुत्र नजान्ने पुरूष शिक्षक पनि होलान् खै उनिहरूको खिल्ली उडाउन सकुन् त यी युटुवेले । खेद्ने पनि सिमा हुन्छ ।त्योे एउटा युटुवरका कारण आज सयौं महिला शिक्षकहरू हिनताबोेधले कुण्ठिएका छन् ।योेग्य अयोग्य छान्ने निकायलाई प्रश्न गर्न जाओेस् म च्यालेन्ज गर्न चाहान्छु ।
      यति सचेत नागरिक भएको देशमा नेता,मन्त्री,प्रधानमन्त्री पनि खोज ।शिक्षक नियुक्ति,सरूवा,बढुवामा मुठा बोकेर नजाउ अनि पो च्यालेन्ज ।
शिक्षक गुरू मात्रै हैन,मार्गदर्शक हो, पाइलट हो, दिशा निर्देशक हो,न्यायाधेिस हो, प्रहरी हो, बुबाआमा हो, संरक्षक हो, देशमा योग्य नागरिक उत्पादन गर्ने कारखान हो । सबैले सम्मान गरौं । शिक्षकले पनि आफ्नो जिम्मेवारी निश्वार्थ पूरा गरौं ।