पदम हमाल- - -
म सदैब देश र जनताको पक्षमा छु । मेरो सर्वाेपरी स्वार्थ भनेको देश र नेपाली नै हो । देश र जनताको हितमा जसले बोल्छ, मलाई स्वागतयोग्य लाग्छ ।
सन्दर्भ वाईसीएलको राष्ट्रिय भेला । वक्ता प्रचण्डले भन्नुभएछ– ‘युवाहरू छिटोभन्दा छिटो नेतृत्वमा आए राजनीतिबाट बिदा लिने थिएँ । मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन । छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन ।’
प्रचण्डले पालिसे पाराले नेतृत्व तत्काल छोड्दिन भने पनि वहाँको इच्छा छिटो पूरा हुनुपर्छ । किनकि बुढा नेताहरूको बुढा पाराले अब चल्दैन । उमेरले बुढा भए पनि अनुभवले तन्नेरी भएर समयको चालमा हिंडे बुढा पनि तन्नेरी लाग्थे । अब त नेपाली राजनीतिमा बुढा नेताहरू सोचले पनि बुढा भइसके भन्ने प्रमाणित भयो ।
यो अवसरमा प्रचण्डले केपी ओलीलाई लछार्दै भनेका छन्– ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भनेको त लेबल मात्रै रहेछ । भ्रष्टाचार छोप्नका लागि मात्रै रहेछ ।’
तर यथार्थ यो हो कि वहाँकै जनयुद्धकालीन सहयात्री बाबुरामले प्रचण्डलाई भ्रष्टाचारी भनेर अख्तियारमा दावी गरे । बुढी गण्डकीमा पनि उनले खाए । जब आफै भ्रष्टाचारमा आफ्नै मित्रबाट आरोपित छन्, उनले ओलीलाई गाली गरेर हुने के हो ? अरूलाई आरोपित गर्न पहिले आफू चोखो साबित हुनुपर्छ ।
अध्यादेश र पार्टी एकता ओलीको ठगी धन्दा भन्ने प्रचण्डकै जोडबलमा अहिले अध्यादेश आयो, ५ दलीय मोर्चा पनि बनेको छ । यो मोर्चाले जनतालाई दियो के ? यो मोर्चाले जनताको आँखामा भ्रम छ¥यो भने यो पनि ठगी नै हो नि ।
यसैले मेरो निष्कर्ष छ– बुढा नेताहरूले संस्मरण लेख्नुपर्छ, सुझाव दिनुपर्छ । सम्मानित भएर बस्नुपर्छ । अब देशको नेतृत्व युवालाई हस्तान्तरण गर्दा बेश ।