स्वयम्भुनाथ कार्की- -
राजनीति भइरहेछ कि अराजनीति ? नेपालमा भइरहेछ के ? जुन पार्टी हेरे पनि अराजकता देखिन्छ । जो आफै अराजक छ, उसले स्थिति बसाल्ने कसरी र कुनै हैसियतले ? नीति, निष्ठा र नैतिकता भन्ने कुरा कुनै पार्टीमा पनि देखिन्न । हरेक पार्टी आफैले पारित र घोषणा गरेको घोषणापत्रमा समेत अडेका देखिदैनन् । यिनको सिद्धान्त भनेको मात्र सत्ता र अन्तिम सत्य सत्तामात्र हो ।
आँखामा पट्टी बाँधेको गोरुले सिधामात्र देख्छ । उसले चारैतिर देख्न सक्दैनन् । पार्टीहरु पनि त्यस्तै हुन् । मात्र सत्तामात्र देख्छन्, जनता र देशको स्थिति किन असामान्य बन्दै गयो, कसरी सम्हाल्ने, कसरी अग्रगमनतिर लैजाने भन्ने चिन्ता र चासो कसैमा पनि देखिदैन ।
समय गतिशील छ, समयले कसैलाई कुर्दैन । समय व्यतित भइरहेछ । राजनीतिमा चेत र चेतना देखिन्न ।
आग्रह पूर्वाग्रह छोडेर चिन्तन गर्ने हो भने आज नेपालमा सबै कुहिराको काग भैm अलमलमा परेका छन । हुनत वर्तमानले हमेशा आफुलाई हिजो भन्दा ज्यादा चेतनशिल ठान्दछ, ज्यादा ज्ञानी ठान्दछ । झलक्क हेर्दा कुरो सहि हो जस्तो पनि लाग्छ । विवेचन नै गर्ने हो भने यस्तो देखा पर्दैन, अझ केहि कुरामा त चेतनाको स्तर धेरै तल खस्केको पनि पाईन्छ । कहि बढेको कहि घटेको यो क्रम सर्वदा चलि रहने चक्र हो ।
समय हमेशा परिवर्तनशील छ, त्यसैले त समय । समय अनुकुल आफुलाई बदल्नु अस्तित्व रक्षाको पहिलो शर्त हो । यो शर्त नमान्ने विलोप हुन्छन अनि नयाू आउदै जान्छ । विक्रम सम्वतको चालु शताव्दिमा नै जंगल फडानी गरेर , हिंसक जीवहरु समाप्त पारेर मान्छेको वस्ती वसाउनु पौरख थियो, बहादुरी थियो अनि नायकत्व पनि थियो । वर्तमानमा जंगल संरक्षण जस्ता भए पनि ती जीवहरुको संरक्षण पौरख भएको छ, बहादुरी भएको छ, नायकत्व भएको छ । जीम कार्वेट जस्ता दुर्दान्त शिकारीले समयको यो परिवर्तनलाई बुझे, वन्यजन्तुका यी साक्षातकाल वन्यजन्तुका विधाता बने, प्रख्यात ‘जीम कार्वेट बन्यजन्तु आरक्ष’ स्थापना गरेर ।
राजा महेन्द्रले पनि समयको यो गतिलाई बुझे । उनका धेरै शिकारस्थल वन्यजन्तु आरक्षमा रुपान्तरित भए । कसैकसैलाई राजा महेन्द्रको नाम नै अपच भएर अन्य नाम राखे पनि उनले गरेको कामले आङ्खनो छाप छोडेको छ, जो सितिमिति मेटिदैन । कुरो हुँदै थियो नेपाललीको कुहिरोको काग जस्तै अवस्थाको । समय अनुसार परिवर्तन भएर आफ्नो समयमा किर्ति राखेको यो एक उदाहरण पछि मुल कुरा सुवोध होला भन्ने सोचले राजा महेन्द्र र जीम कार्वेटको प्रसंग आएको हो, कुरो अन्त मोडिएको हैन ।
समयले ल्याएको परिवर्तन अनुरुप आफुलाई ढाल्न सकेकाले संसारबाट परंपरागत शासन प्रणाली ध्वस्त हुूदै गर्दा, संसारभरी जग हालेर बसेका साम्राज्यहरु खुम्चदै गर्दा नेपालमा भने कुनामा कच्याककुचुक्क पारेर खाँदेको राजतन्त्र स्थापित मात्र भएन विश्व मञ्चमा आङ्खनो प्रभावकारी भूमिका पनि खेल्न सफल भयो । नेपालका दुवै छिमेकमा भएको परिवर्तनको बेलामा नेपालको राजतन्त्रले सेनाको बलमा आफुलाई स्थापित गरायो भनेर ठान्नु आत्मरती मात्र हो भन्दा फरक पर्दैन ।
यस्तै किसिमका अनेकौ भ्रममा बाँच्नाले नेपालमा रहेका दर्जनौ धारले नायक भेटेका छैनन । अर्थात ती धारका अनुयायीहरु जन्तीको निमित्त तैयार छन तर सबैको बेहुला कुनामा पसेर लुकेको छ । यहि देखेर कोही आपैmलाई बेहुलाको दावी पनि गर्दैछन भने कोही नयाँ शक्तिको दुहाई दिएर विदेशी सहयोगको निमित्त थाल ठटाउँदैछन । कोही भने समयको परिवर्तनको उल्टो धारमा गएर मध्ययुगमा यो मेरो पुर्खाको थियो त्यसैले म भूभिपुत्र तँ आकाशपुत्र जस्ता राग अलाप्दैछन । त्यस बेलादेखि वर्तमानसम्ममा रगतको आपसी मिश्रण यति भइसकेको छ कि डिएनए जाँच गर्ने हो भने सबैसँग सबैको हाढनाता नै भेटिन्छ ।
आधुनिक नेपालका निर्माताका सन्ततिहरुले दोश्रो पिंढीमा भएको आपसी संघर्षको कारणले लामो समयसम्म कुनामा कोचिएर बस्नु प¥यो । बल्लबल्ल खुल्ला भएको र विश्व मै प्रतिष्ठा कमाउँदै गरेको पिँढीको उत्तराधिकारले कर्तव्यबोध र त्यसले जन्माएको जोखिम भन्दा आफ्ना कुनामा कोचिएका पुर्खाहरुको जीवनशैली ज्यादा आनन्दकर हुन्छ भन्ने सोचेको भान भए पनि निर्णयमा पुग्ने वेला भने भएको छैन । राष्ट्रनिर्माताले जसरी निर्माण गरे पनि त्यस राष्ट्रकाको निमित्त आदरणीय हुन्छ, तर नेपाल यस्तो अपवाद भएको छ जहाँ राष्ट्र निर्मातालाई खुल्लमखुल्ला युद्ध अपराधी भन्ने छुट छ । यो अवस्था राष्ट्रनिर्माताको कारणले आएको हैन । लोकतन्त्र आयो, लोकतान्त्रिक अनुशासन र महिमा के हो भन्ने सोच नआएकाले भएको हो ।
राष्ट्रनिर्माताका सन्ततिहरुलाई जनसाधारण जस्तै पुर्खाको भारा त लाग्छ नै साथै राष्ट्रको भारा पनि लाग्छ । बीस बर्षे ठिटो जो साधन श्रोतमा अरुभन्दा धेरै कम भएको राज्यको गद्धिमा बसेपछि जुन साहस, कौशलले नेपाल बनाउने लस्कर तैयार गर्न सक्यो भने जन्ती तैयार भएर बेहुला पर्खेको अवस्थामा त्यसैको सन्तति यदि कुना नै पसेको हो भने भन्ने कुरा पो के रहन्छ र । तर बेहुला पक्कै आउलान भन्ने आशमा बस्नेको भिडको एकाईको नाताले सन्देहको लाभ दिनै पर्दछ । कुलको गौरवको रक्षा गर्ने कुलधर्मबाट विचलित कोही नहोला । अहिलेको बेहुला विनाको जन्ती भएर कुहिराको काग हुनु परेको अवस्था ज्यादा नरहला । यहि आशा नेपाल आमाको पनि हो ।