देवी काफ्ले- -
परम्पराले बिवाहलाई महिलाको नियति मान्यो । यो सत्य हो कि आज पनि अधिकांश स्त्रीहरू या त बिवाहिता छन् या कुनै बेला थिए या पुनः बिवाहको योजना बनाईरहेका छन् र बिवाहको अधावमा दुखी हुन्छन् । अबिवाहित जीवनको स्थिति पनि बिवाहकै सन्दर्भमा परिभाषित हुन्छ । के अविवाहिता स्त्री कुण्ठित रहन्छे ? ऊ बिवाहको परम्परप्रति विद्रोहि हुन्छे या उदासिन ?
आर्थिक बिकासको कारण महिलाको समकालीन स्थितिमा आएका भारी परिवर्तनहरूले बिवाह संस्थालाई हल्लाइदिएका छन् । विवाह अब दुई स्वतन्त्र ब्यक्तिहरूको बिचमा एक पारस्परिक सम्झौताबाट उत्पन्न बन्धन हो,जुन ब्यक्तिगत र पारस्परिक हुन्छ । कुनै पनि प्रकारको ब्यभिचार विवाहका अनुबन्धहरू र सम्झौतापत्रहरूको उल्लंघन नै मानिने छ । यसै आधारमा दुवै पक्षहरूलाई विवाह भङ्ग गर्ने अधिकार पनि मिल्दछ । बच्चा पैदा गर्न अब स्त्रीको इच्छामाथि निर्भर हुन्छ र गर्भकालमा उसलाई तलवी विदाको हक राज्यले दिन्छ । आज स्त्रीको लागि पुरूषद्वारा संरक्षित हुनुपर्ने अनिवार्यता समाप्त हुँदै गईरहेको छ । आजको संक्रमणको क्रममा पनि अति थोरै स्त्रीहरू मात्र उत्पादनमा बिनियोजित छन् । अधिकांश स्त्रीहरू पुरातन मूल्यहरूको प्रचलन र प्रभुत्व भयको समाजकै सदस्य छन् ।
पुरूषको जीवनमा बिवाहको अर्थ सिर्फ त्यहि हुदैन,जुन महिलाको लागि हुन्छ । स्त्री र पुरूष एक अर्काको लागि अनिवार्य भयर पनि समानताको स्तरमा पुरूष जातिसँग कुनै अनुबन्ध तथा विनिमय गरेकी नै छैन । सामाजिक रूपले एक पुरूष बिलकुल स्वतन्त्र र पूर्ण ब्यक्ति हुन्छ । पुरूषको अस्तित्व उसका कार्यहरू द्वारा निर्धारित हुन्छ, जबकी महिला प्रजनन तथा गृहस्थीको परिसिमित भूमिकाको कारण पुरूषसँग समानताको स्तरमा पुग्दिन । यो सहि हो कि पुरूषलाई महिलाको जरूरत छ । कैयौं आदिम समूहहरूमा अहिले पनि एक अविवाहित पुरूषले आफ्नो जीवन निर्वाह स्त्री बिना गर्न सक्दैन । कृषि समाजमा किसानको लागि स्त्री सहकर्मीको अत्यन्त जरूरत पर्दछ ।पुरूषलाई नियमित यौन जीवन र सन्ततीको लागि स्त्रीको आवस्यकता पर्दछ,तर उसले सोझै स्त्रीको माग गर्दैन । यो त पुरूषहरूको समूह नै हो,जसले आफ्ना सदस्यहरूलाई पिता र पतिको भूमिकामा आत्मसन्तुष्टि खोज्ने अनुमति दिन्छ । आदिम समाजमा महिला दानको वस्तु थिई, पारस्परिक बिनिमयको एक माध्याम । सभ्यताको बिकाससँगै विवाह संस्थाले अनुबन्धको आकार ग्रहण गर्यो । क्रमशः हामी देख्दछौं कि स्त्रीले बिरासतमा (उत्तराधिकारमा) आफ्नो हक पाउँछे र ब्यक्तिको हिसाबले एक सामाजिक स्थान पनि तर दाइजो र विरासतले अहिले पनि उसलाई परिवारमा एक दासीको स्थितिमै राख्दछ । अनुबन्ध ससुरा र ज्वाईंको बीचमा हुन्छ,पति र पत्नीको बीचमा होइन ।
युवा केटीको लागि वर्ण स्वतन्त्रता सदा नै सिमित राखिएको छ । केही उदाहरणहरूमा जहाँ ब्रह्मचर्य अति पवित्र मानिन्थ्यो, त्यहाँ महिलालाई परजिवी, पराश्रयी र वेवारिसेको स्तरमै न्यनिकृत गरिदिइन्थ्यो । विवाह उसको अस्तित्वको लागि एकल औचित्य नै सिद्ध हुन्छ । यी दुई कारणहरूले पुरूषको जीवनमा यतिको अनिवार्य हुनजान्छ– प्रथम त उसका शारीरिक आवश्यकतालाई सन्तुष्ट गर्नका लागि स्त्रीको जरूरत र अर्को उसको गृहस्थीलाई हेरचाह गर्नेको आवस्यकता । विवाह एक यस्तो अनिवार्य सेवाकार्य थियो, जसको बदलामा पुरूषले स्त्रीलाई उपहार तथा भरणपोषणको सुविधा दिन्थ्यो । कर्तब्य पालनको लागि स्त्रीलाई प्राप्त अधिकार वास्तवमा पुरूषको लागि एक नैतिक बन्धन र सम्झौता सावित हुन्थे । आफ्नो इच्छाले पुरूषले बैवाहिक बन्धनहरूलाई तोड्न सक्दैनथ्यो भने धनको रूपमा त्यसको सम्पूर्ति गर्नु विलकुल जरूरी हुन जान्थ्यो । बहुविवाह या एकभन्दा बढी स्त्रीहरू पुरूषको जीवनमा रहनुलाई समाजले धेरथोर प्राय स्विकार गर्दै आएको छ । पुरूष दासी र रखौटी या वेश्या, कसैको पनि साथमा रहन सक्थ्यो तर बैध पत्नीसँग गलत ब्यावहार गरिंदा पत्नी फर्केर आफ्नो पिताको परिवारमा छोडपत्र गरेर जान सक्थी । समाजले यश प्रकारको अलगावलाई स्वीकार गर्दथ्यो । हुँदा पनि केही अनिवार्य सुबिधाहरूको पनि आधार बन्दथ्यो । तथापी स्त्री र पुरूषका परिस्थितिहरूमा विवाहको कारण कुनै समानता देखिन आउँदैन । समाजमा केटीको लागि विवाहको अर्थ भयो समाजसंग एकात्म हुनु । परित्यक्ता केटीलाई समाजमा एक निकृष्ट पदार्थको रूपमै हेरिन्छ । त्यसैले माताहरू हमेशा छोरीको विवाहको लागि इच्छुक रहन्छन् । विगत शताब्दीमा त यश सम्बन्धमा केटीको राय पनि लिईंदैनथ्यो । संभावित बिवाहार्थीहरूलाई अति चतु¥याइँ र ब्यवहार कौशलले परिचालित गरिन्थ्यो, ताकी केटी केटाले एक अर्कालाई देख्न सकुन् ।
विवाहपछि पुरूषको धर्म र वर्ग, सब चीज महिलाले स्विकार गर्नुपर्दछ । ऊ पुरूषको परिवारमा सामेल हुन जान्छे । ऊ पुरूषकी अर्धांगिनी बन्दछे । जहाँ पनि पुरूषले काम गर्नु पर्दछ, त्यहि उसले पनि जानु पर्दछ । विवाहपछि महिलाले प्राय निर्णायक रूपले आफ्नो अतितका बन्धनहरूलाई तोडिदिन्छे । अब ऊ पतिको दुनियासँग सम्बन्धित हुन्छे, आफ्नो ब्यक्तित्व, आफ्नो कौमार्य तथा जीन्दगी पनि पतिको सेवामा अर्पण गरिदिन्छे । परम्परा र समाजले उसबाट यी बन्धनहरूको निर्वाहको आशा गर्दछन् आज्ञा दिन्छन् । The Second Sex बाट साभार ।