प्रेम सागर पौडेल- -
अध्यक्ष– नेपाल–चाइना म्यूचुअल कोअपरेशन सोसाइटी : :
पूर्वप्रम ओलीले महाकाली सन्धिको माध्यमबाट ईण्डियनसँग लेनदेन गरेको र त्यसपछि पनि पटकपटक २०५४ सालसम्म ब्यवहार गरेको देखिन्छ । तर पनि, उनी एजेण्ट चाहिँ भएनन् । नेपालका अधिकाँश नेताहरू भारतीय जासुसी संस्था रअ र काँग्रेस आईसँग सम्बन्धित भएको पाईन्छ। ईण्डियामा मोदीको उदयसँगै नेपालको राजनीतिमा यूरो–अमेरिकन प्रभाव बढेको देखिन्छ । यतिबेला, राष्ट्रपति विद्यादेवी भण्डारी, महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका केही मोदी अर्थात भाजपा नजिक देखिन्छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल रअ–काँग्रेस आई हुँदै यूरो–अमेरिकन क्याम्पमा पुगेको र उनीहरूको ईशारामा काम गरेको देखिन्छ। पूर्वप्रधानमन्त्री ओलीले अवसर र विभिन्न उतार–चढावमा खेलिरहेका छन्। ओली कसैको पनि एजेण्ट नभएको र चीनको पक्षमा जानसक्ने सम्भावित पात्र भएकोले यूरो–अमेरिकनले पछिल्लो समय लखेटिरहेको छ। पूर्वप्रधानमन्त्री ओलीको स्वभावजन्य समस्याले ग्रसित भएपनि कमजोर छैनन् । यूरो–अमेरिकनका मानिसलाई वरिपरि राखेर जसरी अगाडि बढिरहेका थिए, त्यसलाई सामान्य मान्न सकिन्न। यही कुरा राम्रोसँग बुझेका रअ–काँग्रेस आई समूह र यूरो–अमेरिकनले ओलीको विकल्पमा शेरबहादुर देउवा–पुष्पकमल दाहाल र माधवकुमार नेपालको समूह बनाएको हो ।