Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

देश जति खण्ड भए पनि हुन्छ?

२८ बिहिबार , श्रावण २०७२११ बर्ष अगाडि

खोइ के पो खोज्दैछौ? के पो सोच्दैछौ? केही बुझ्न सकिएन वा बुझ्न गाह्रो भयो? जिल्ला अखण्ड हुनैपर्ने? अञ्चल अखण्ड हुनैपर्ने? क्षेत्र अखण्ड हुनैपर्ने? देश भने जति खण्ड भए पनि हुने? संबिधानले सम्पूर्ण नागरिकको समान अधिकार हक र हित भन्दा नेपालभित्र बस्ने सबै बर्ग, बर्ण, लिङ्ग, उमेर र जाति पर्छन कि पर्दैनन्? यो बर्ग, क्षेत्र र जात बिशेषको अधिकार भनेको नेपाल बाहिरको पर्छन् कि के हो? \u000aगाउाको शौचालयदेखि सिंहदरवारसम्म बिदेशीको पहाुच र चलखेल भएपछि कसरी जोगिन्छ नेपालको मौलिक सस्कृति, आस्था र स्वतन्त्र सार्बभौमसत्ता? नेपाली नागरिकको आ136नो भाग्य आफै निर्णय गर्न पाउने अधिकार? चेतना भया।

बिगत २५–३० बर्षको योजनाले नया दिल्ली बिश्वकै उदाहरणीय हरित शहर बन्यो। बिडम्बना यहि अबधिमा काठमाण्डौ लगायत सम्पूर्ण नेपाल उजाड बन्न पुगेको छ। अविवेकी राज्य र नागरिकको बस्तीको नमुना बनेको छ। अबको पुस्तालाई महागो र प्रदुषित वा उजाड नेपाल सुम्पिने कि आउने १५ बर्षलाई हरितक्रान्तिको योजना बनाएर स्वस्थ स्वस्थ बाताबरण सुम्पिने? सोचौ एक पटक? मनन गरौं। स्मरण रहोस्, विचार अनि विज्ञानको स्रोत मानबलाई धर्म (आस्था) ले मात्र दिन्छ। बिश्वको कुनै पनि संबिधान धार्मिक आस्थाबाट टाढा छैन ....मनमा धार्मिकता नभएको मानिस र त्यसले संचालन गर्ने राजनीतिले अधर्म अपराध र बिकृत मानसिकतालाइै मात्र मलजल गर्दछ। जसले मौलिक आस्थालाई आ136नो बनाउन सक्दैन ऊ आयातित मानसिकताले ग्रस्त हुन्छ। ऊ बिकाउ हुन्छ, बहकिएको हुन्छ। उसले आफैप्रति न्याय गर्दैन पुर्खालाई सम्मान र मर्यादा गर्दैन। आफैलाई सर्बज्ञाता ठान्ने गर्दछ। ठूलो भ्रमको पहाडलाई बोकेर बिद्वत्व छाट्छ। आफैप्रति न्याय गर्ने क्षमता नभएको व्यक्तिको विचार असहिष्णु, आक्रोशित र हमेसा नकारात्मक मात्र हुन्छ तर ऊ आफुलाई समाजको धमार्िधस भन्न भने लज्जाउादैन। अहिले नेपालको राजनैतिक बाताबरण यस्तै विकृतिले ग्रसित छ।