Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

तैं रानी मै रानी, को भर्ने कुवाको पानी

२५ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

स्वयम्भुनाथ कार्की- - 
राजालाई पाखा लगाए पछि राष्ट्रमा लगातार अनिश्चय, अन्यौल दिशाहिनता देखिएको छ । जतिजति यो अवस्था बढ्दै जान्छ त्यतित्यति राजावादीहरू शोम शर्माले झैं राजसंस्था पुनस्र्थापनाको सपना देखेर मख्ख पर्न थाल्छन् । उनीहरूको चुरीफुरी हेर्न लायक हुन्छ । कोहीकोही त दिन मात्र हैन मुर्हुत समेत तोकेर राजालाई नारायणहिटी प्रवेश गराउने हुंकार गर्न थाल्छन् । सर्वत्र व्याप्त यो हुंकारले काम गर्छ र राजावादीहरूको सपना भंग हुन्छ । यस्तो वेलामा व्यवस्था ढल्न लागेको र राजसंस्था पुनस्र्थापित हुनलागेको कुरा राजावादीहरूले भन्दा गणतन्त्रवादीहरूले ज्यादा गम्भिरतापुर्वक लिन्छन । अनि ध्यान भड्काउन अनेक औतारी चटकहरू देखाईन थाल्छ । ‘तै रानी मै रानी को भर्ने कुवाको पानी’ चरितार्थ गरेर वस्ने राजावादी समूहहरू बीच आपसी तँ तँ म म कम हुँदा त्यो फेरी बढाउन यस्ता चटकहरू देखाईने गर्दछन् ।
राजसंस्थालाई जुनसुकै तरिकाले पनि निम्छरा शव्दबाणहरू प्रहार गरेर नेतागिरी चम्काएका केही नेताहरू जति नै गरे पनि राजसंस्था समर्थक हुन सक्दैनन्, यो ध्रुव सत्य हो । यदि गोरू नै व्याएछ र उनीहरू मध्ये कोही परिवर्तन नै भएछन् भने पनि त्यो कति समयसम्म टिकाउ होेला ? जुन नेतागिरीले भुक्के चप्पल त्यो पनि आलपिनले लोती अड्काएको लगाउने हैसियतबाट वर्तमान हैसियत र जीवनशैली दियो त्यसलाई छोेड्छन् भन्ने सोच्नु राजावादीहरूको दिवा सपना हो । तै पनि यो चटक मञ्चन गरिन्छ । प्रचण्डलाई अन्तरिम संविधानमा भएको संविधानसभाले राजसंस्थाको वारेमा निर्णय गर्ने प्रावधान अपुग भयो । पहिले नै गणतन्त्र घोषणा गरेर संविधानसभाको पहिलो बैठकले कार्यान्वयन गर्ने संशोधन नगरी प्रचण्डको चित्त बुझेन । त्यस्ता प्रचण्डले कुनै भाषणमा ‘बरू राजाको वेलामा नेपालको शान थियो’ भन्ने वित्तिकै लौ अव प्रचण्ड पनि गणतन्त्रको विरोधमा उत्रिए भनेर कोकोहोलो गर्ने राजावादी पनि देखिए ।
राजा चुपचाप परिस्थितिलाई स्विकार गरेर बसेका छन् । राजपरिवारका सदस्यहरूको जीवनशैली विस्तारै सम्पन्न औद्योगिक, व्यापारिक घरानाका सदस्यहरूको जस्तो हुँदैछ । यस्तोमा त्यहाँबाट आएका राष्ट्रचिन्ता पाखा लगाईएका राजाको हो वा केवल चिन्ता गर्ने कर्तव्य पुरा गरेको हो भन्नेमा अन्यौल पैदा नहोला भन्न सकिन्न । त्यसैले अहिलेलाई राष्ट्रमा अन्यौलको रूपमा बढ्दै गरेको संकटले राजसंस्था पुनस्र्थापना हुने अवस्थाले हौसिने र हतास हुने राजसंस्थाका हकवालाहरू हैनन् । राजावादीहरू अनि गणतन्त्रवादी दुवैलाई यस्तो अवस्थाले हौस्याउने वा हतास पर्ने गर्छ । अनि त्यसपछि खुल्ला गोप्यको रूपमा राजसंस्था पुनस्र्थापना रोक्न गरिने प्रयत्नहरूले गोरू व्याउँछ । परमादेशले स्थापित सरकार यसैको उदाहरण हो । कुरा अदालतमा हुञ्जेल राजालाई नारायणहिटी सार्ने साईत फलाक्नेहरूको एकाएक मुखमा बुझो लगाउन यो घटना सफल भयो । अझै पनि राजसंस्थावादीहरूको चेत खुलेको छैन, यो समूह सपना बढी देख्ने गर्छ ।
राजावादीहरू एकिकरण भएमा सबैथोक हुन्छ भनेर अर्कालाई तथानाम गाली गर्नेहरू के वास्तवमा राजावादी नै हुन त ? पक्कै होलान् । तर त्यो बीचमा कार्यगत एकताको वन्दै गरेको वातावरण यस्ता तथानामले विगार्छ भन्ने पनि थाहा छैन होला र ? यो प्रमुख संशय हो । विरोधीलाई घाँटीको नसा फुलाएर जति गाली ग¥यो त्यति कट्टर राजावादी बनिन्छ भन्ने कुसोचको त्याग गर्न कसैले त पहल गरोस् । एकिकरण नै चाहिने भए एकिकरणको खाका कसैले बनाओस् र छलफल परिमार्जन गरोस् । तर त्यो गर्न मेहेनत गर्नुपर्छ । त्यसभन्दा बरू कुनै युट्युवेलाई फकाएर चर्का कुरा गर्न सहज छ । केही कुनै स्थानमा भेला भएर चर्का भाषण गर्न झन सजिलो । रविन्द्र मिश्र र मिलन पाण्डेको जुहारीमा च्याँखे थाप्न त बाह्र मज्जा नै हुँदोरहेछ । के यो प्रवृत्तिले राजसंस्था पुनस्र्थापना भयो भने पनि टिकाउन मद्दत पुग्छ ? प्ुग्ने भए माघ १९ को कदमको परिणाम राजसंस्था पाखा लाग्ने किन भयो ?
बनारसको पण्डित सभाले श्री पशुपतिनाथलाई आफ्नो माताहतको धाम जस्तै गरेर त्यहाँ शंकराचार्य नियुक्त ग¥यो । आफुलाई राजावादी भन्ने मध्यका केहीले ती महिला शंकराचार्यलाई स्थापित पनि गराए । त्यसले के तात्विक फरक प¥यो त भन्ने प्रश्नको जवाफ दिनुपर्छ । रविन्द्र मिश्रले आफ्नो दलमा छलफलको निमित्त प्रस्तुत गरेको दस्तवेजमा गणतन्त्रको स्थानमा राजसंस्थालाई जनताले समर्थन नगरेको भनेर स्पष्ट उल्लेख भएको छ । संघियता र धर्मनिरपेक्षताको वारेमा जनमत संग्रह भन्ने वित्तिकै राजावादी भनिने केही मिश्र भक्त भए । नाम र नेतृत्व चाहिने तर त्यो कमाउन मेहेनत चाही ‘तै रानी मै रानी, को भर्ने कुवाको पानी’ गर्ने राजावादीहरूले अब एक पटक आफुलाई आपैmले मूल्यांकन गर्ने वेला भएन र ?