Advertisement Banner
Advertisement Banner

११ मंगलबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

हिंसाको डटेर विरोध गरौं

२५ सोमबार , श्रावण २०७८३ बर्ष अगाडि

देवी काफ्ले- - 
विद्यासागर विश्वविद्यालयकी अंग्रेजीकी प्रोफेसर ईन्द्राणीदत्त चौधरीमाथि उनकै विभागीय प्रमुखको कामुक दृष्टि प¥यो । हामीलाई थाहा छ, कुनै स्वास्नीमानिसमाथि कुनै पुरूषको कुदृष्टि परेमा के हुन्छ ? इन्द्राणीलाई बिहान बेलुकै अश्लिल कुरा भन्न थाले तीर्थंकर दास पुरकायस्थ । उनले यस्तो दुव्र्यवहार निर्भय र निश्चिततापूर्वक गरिरहे । कसको शक्ति उनलाई चुप गराउने ? इन्द्राणीतिर जति नै इशारा या छड्के हाने पनि उनी असफल रहे । जति असफल हुँदै गए, त्यति नै बाघ बन्दै गए उनी । भित्र बाहिर गर्जन थाले । सबै कुरा थाहा पाएर पनि मानिसहरूले अन्त्यमा इन्द्राणीमाथि नै आरोप लगाउन थाले । हुनत स्वास्नीमानिसलाई आरोप लगाउनु अत्यन्त सजिलो हुन्छ र यो संस्कृति अत्यन्तै प्रचलित पनि छ, मानिसहरू बलात्कारीलाई दोष नदिएर, बलात्कारको सिकार स्वास्नीमानिसलाई नै दोष दिन्छन् र भन्छन् त्यस स्वास्नीमानिसको लुगा अथवा दृष्टि अथवा चालचलनले नै उसलाई बलात्कारका लागि प्रेरित ग¥यो होला, यो मामिला पनि ठिक त्यस्तैे थियो ।
इन्द्राणीले विश्वविद्यालयका उपाध्यक्षसँग तिर्थंकरको आचरणबारे उजुरी गरिन् तर कुनै फाइदा भएन । उपाध्यक्ष स्वयं पनि पुरूष तिए । कुनै समस्या देखेमा लोग्नेमानिस सधैं लोग्नेमानिसकै पक्ष लिन्छन्, किनकी लोग्नेमानिसले नै लोग्नेमानिसको चरित्र चिनेको हुन्छ । यी लोग्नेमानिसहरूबीच एक अलिखित सम्झौता हुन्छ, एक अर्कोलाई आवश्यक परेको बेला सहयोग गर्ने र सहयोग गर्छन् पनि ।
यद्यपि इन्द्राणीले तीर्थंकरको प्रस्ताव स्वीकारिनन्, त्यति मात्र होइन, उनले एक्लो भएको बेला के के भने र गरे, ती सबै खबर चारैतिर फैलाई दिइन् । त्यसैले तीर्थंकर झन् आगो भए । उनले पनि यस्तो झुटा कुरा फैलाउन प्रयास गरे–इन्द्राणी नै उनीप्रति आकर्षित थिइन् । इन्द्राणी नै उनिसँग नजिकिन पागल भएकी थिईन् । तर इन्द्राणी पनि यस्ता हल्लाबाट हार स्वीकार्ने महिला थिइनन् । उनले पनि बेइज्जती स्वीकार नगर्ने प्रतिज्ञा गरिन् । तीर्थंकर र उनका पिठ्ठुहरूलाई विश्वास थियो इन्द्रणीको चरीत्रमाथि बेस्सरी दाग लगाई दिए पछि विश्वविद्यालय छोड्न बाध्य हुनेछिन् । यसप्रकार समस्या समाप्त हुनेछ । तर उनीहरूको विश्वास, केवल विश्वास मात्रै रह्यो । इन्द्राणी विश्वविद्यालय बदल्न तयार भइनन् । आफूले कुनै पनि अपराध नगरेको हुनाले विश्वविद्यालय बदल्न उनले स्वीकारिनन् । अपराध त तिर्थंकरले गरेका थिए । त्यसैले टाउको निहुराएर यदि कसैले विश्वविद्यालयबाट बिदा लिनु पथ्र्यो भने त्यो तिर्थंकर नै थिए । इन्द्रणीले किन ? यदि उनी पछि हटेमा मानिसहरूलाई झुठा हल्ला नै साँचो थियो भन्ने लाग्न सक्छ । त्यसो भएमा बाँच्नका लागि अत्यावश्यक चैन नै उनलाई प्राप्त हुनेछैन । त्यसै पनि पाइला पछि सार्नुपर्ने इन्द्राणीसँग कुनै कारण थिएन । किनकी उनलाई राम्ररी थाहा थियो उनले कुनै गल्ती गरेकी छैनन् । त्यसैले इन्द्राणी शानसँग शिर ठाडो पारेर उभिइरहिन् र निरन्तर अपराधीलाई सजाय दिनुपर्ने माग गरिरहिन् ।
अधिकांश मानिस आज पनि स्वास्नीमानिसबिरूद्ध हत्या–हिंसा, निरन्तर यौन शोषणलाई गलत ठान्दैनन्, किनकी समाजमा यस्ता घटना भइरहन्छन्, त्यसैले यस्ता घटना बारे सुन्ने सबैमा बानी परिसकेको छ । इन्द्राणीको सन्दर्भमा पनि मानिसहरूको यस्तै धारणा छ, तीर्थंकरले उनलाई बलात्कार गरेको छैन, बलात्कारको प्रयास पनि गरेको छैन भने उनी उनलाई दण्ड दिनुपर्ने माग किन गरिरहेकी छिन् ? इन्द्राणी उनलाई दण्ड दिलाएर यो स्पष्ट पार्न चाहन्छिन् ‘केटीहरू कुनै पनि हालतमा मजाक अथवा छेडछाडकी वस्तु’ होइनन् । स्वास्नीमानिसलाई देख्नेबित्तिकै उनीमाथि सेक्सी ताना कस्न पुरूष अधिकार सम्झन्छन् तर उनीहरूलाई यस्तो अधिकार बिलकुलै छैन । उनीहरू स्वास्नीमानिसहरूसँग जथाभावी कुनै अवस्थामा पनि गर्न सक्दैनन् । त्यसो गर्नु अनैतिकताको पराकाष्ठा हो ।
(तस्लिमा नसरिनको ‘आइमाईको कुनै देश छैन’ बाट साभार)
मैले यो अंश साभार किन गरें कि आज पनि पुरूषहरूको दृष्टिकोण फेरिएको छैन । इन्द्रणी एउटा उच्च पदस्थ कर्मचारी अर्थात् प्रोफेसर हुन् । यस्ता उच्च तहमा पनि महिला हिंसामा नपर्ने होइनन् । ठिक यस्तै प्रबृति हामीकहाँ पनि बिद्यमान छ । महिला देख्नासाथ जतिसुकै जिम्मेवार वा उच्च पदस्थ होउन् उनीहरू सेक्सका लागि लोभ देखाउँछन् र सफल भएनन् भने महिलालाई चरित्र हत्या गर्न मिनट लगाउंदैनन् ।
आज महिला हकहितका नियम कानून बनेता पनि पुरूषको नियत बदलिएको छैन । उनीहरू कुनैपनि हालतमा महिलाको अधिनमा रहन कल्पना पनि गर्दैनन् । त्यसैले त आज पनि समाजमा घटेका जुनसुकै हिंसात्मक घटनामा सबैभन्दा पहिला महिला नै दोषी देखाईन्छन् । म चाहान्छु आजका कामकाजी महिला पनि इन्द्राणी जस्तै अटल र अडिग बनेर हिंसाको प्रतिवाद गरून् । ढटेर मुकाबिला गरून् ।
पढेलेखेका र आत्म निर्भर महिलामाथि उस्तै बिशिष्टबाटै हिंसा हुन्छ । बिरोध गर्दा समाजले र परिवारले के सोच्ला भनेर चुप लाग्दा निर्दोष हुँदाहँुदै पनि कालो पोतिदिन्छन् त्यसैले जो जहाँ जस्तो ठाउँमा हुनुहुन्छ आफुमाथि भएको हिंसाको डटेर बिरोध गरौं ।