रमेश खनाल- - - -
ल्युसियन पिस्सारो
नव प्रभाववादीकलाका अर्का एक सशक्त हस्ति हुन ल्युसियन पिस्सारो । उनले दृष्यचित्र, प्रिन्टकला, उड इनग्रभिगं, डिजाइन, आदि सबै विद्यामा ब्रस चलाएका थिए । उनको जन्म इ.स. २० फ्रेवरी १८६३ पेरिसमा भएको थियो र उनी १० जूलार्ई १९४४ मा मरेका थिए । अक्सर उनी, दृष्यचित्रकारको रूपमा चिनीन्छन् । तर पनि उनले स्टिल लाइभ र पोट्रेट पनि बनाएका छन् । इ.स १८९० सम्म फान्समा बसेका ल्युसियन पिस्सारो तत् पाश्चात व्रिटेनमा गएर बसेका थिए । उनि विश्व प्रसिद्ध कलाकार कोमिली पिस्सारोका जेठो छोरा थिए । उनि सातजना परिवारका थिए । उनले आफ्नो पिता कोमिलि पिस्सारो संगै चित्रकला अध्ययन गरेका थिए । आफ्ना भाईहरू जर्जेज र फिलिक्सले पनि पिता कोमिली पिस्सारो सँगै चित्रकला सिकेको थिए । त्यसैगरि फेलो विद्यार्थी भएर केमिली पिस्सारो सँग अध्ययन गर्न आएका क्लाउद मोने र पियरे अगस्ट रोनियार सँग पनि परिचय भएको थियो । तर उनलाई जर्ज सुरत र पउल सिग्नेकको प्रभाव परेको थियो ।
उनले बनाएका दृश्यचित्रहरू साह्रै नै घतलाग्दा छन् । प्रभाववादी शैलीमा बनाएका उनका चित्रहरू इ.स. १८८६ मा आयोजना भएको अन्तिम प्रभाववादी चित्रकला प्रर्दशनीमा प्रदर्शन गरिएका थिए । इ.स. १८८६ देखि १८९४ सम्म उनले सालोन देश इन्डिपेन्डिन्टमा पनि नियमित आफ्ना चित्रहरूको प्रदर्शनी गरेका थिए ।
फ्रान्को पर्सियन युद्ध इ.स. १८७०–७१ मा हुँदा प्रथम पटक वेलायतको भ्रमण गरेका थिए । इस.स. १८९० देखि उनले पेरिस छाडेर वेलायतमा स्थायी रूपमा बसोवास गरेका थिए । इ.स. १० अगष्ट १८९२ मा उनले रिचमन्डमा इस्टर लेभि बेन्सुसान नाम गरेकी महिला संग विहे गरेका थिए । इ.स. १८९३ आठ अक्टोवरमा उनकी ओरीभिडा पनि कामेली नाम गरेकी एक मात्र छोरी जन्मिएकी थिइन । पछि ओरिभिडा पनि कलाकार नै भईन । उनले डायल ९म्ष्ब०ि लाई आफुले बनाएका उडकटहरू प्रदान गरेका थिए । उनीहरू श्रीमान श्रीमति मिलेर इराग्ने नाम गरेको प्रेस खोलेका थिए । जहाँ पुस्तकहरू छपाई हुन्थो । दृष्टान्त चित्रहरू छापिन्थे । पछि इ.स. १९१४ मा यो प्रेस बन्द गरिएको थियो ।
उनले इ.स. १९०६ मा न्यू इग्लीस आर्ट क्लवको सदस्यता ग्रहण गरेपछि इ.स. १९१३ देखि १९१९ सम्म डोरसेट, बेस्टमोरल्याण्ड, डेभन, इसेक्स, सुरेय र सुसेक्समा लागातार दृष्यचित्रहरू बसेर बनाएका थिए ।
इ.स. १९१६ मा पिस्सारोलाई व्रिटिश नागरिकता प्रदान गरिएको थियो । वेलायतमा भएको क्यामडियन टाउन ग्रुपका एक संस्थापक सदस्य थिए । वेलायतमा उनले मानारो ग्रुप गठन गरे । जे.वि. म्यानसनलाई लण्डनको सचिव र थिओ भ्यान रासेलगर्गेलाई पेरिस सँग सन्मयोजन गर्न सचिव बनाएका थिए । क्लाउड मोने र क्यामेलि पिस्सारोको प्रभाववादी कला शैलीबाट प्रभावित भएर उनले सो समूह बनाएका थिए । तर उक्त समूहलाई तीन बर्ष पछि बन्द गरियो । यद्यपि आज पनि यो कला समूह चर्चाको विषय बनिरहेको देखिन्छ । इ.स. १९२२ देखि १९३७ सम्म उनले दक्षिणी फ्रान्समा प्रसस्त दृष्यचित्रहरू बनाएका थिए । र इ.स. १९३४ र १९४४ मा उनको रोयल एकेडेमी, लण्डनमा चित्रहरूको प्रदर्शनी आयोजना गरिएको थियो । उनी हेउड, डोरसेटमा १० जुलाई १९४४ का दिन मरेका थिए ।
ल्युसियन पिस्सारोले मनग्गे दृष्यचित्रहरू बनाएका छन् । भू–दृष्यचित्र, वगैचा, अध्ययन गरेकी युवति, थकित युवति, गंभिर महिला, पत्रिका पढिरहेका पिस्सोरोलाई उनले जिवन्त बनाएका छनु ।उनले महिला, बृद्ध, र वाल बालिकाहरू मुडलाई उतार्ने प्रयास गरेका छन् । दृष्यचित्रको हकमा वेलायति गाँउ, नदि र जंगललाई प्रभाववादी शैलीमा बनाएका छन् । उनका दृष्यचित्रहरूमा फूल, रूखलाई सन्तुलन बनाउन मानिसहरू थप्ने काम गरेका छन् । रंगको सन्तुलनका कारणले चित्रहरू सुन्दर लागेका देखिन्छन् ।
प्रिन्टमेकर, उड इन्ग्रामर पनि भएका हुनाले उनले थुप्रै प्रिन्टहरू बनाएका छन् । उनले थुप्रै डिजाइन पनि गरेका छन् । उनका दृष्यचित्रहरू प्रभाववादी कलाका उत्कृष्ट चित्रहरू हुन । प्रभाववादी र नव प्रभाववादी शैलमिा चित्रहरू बनाएर उनले ख्याति कमाएका हुन् । खुल्ला मैदानमा, उनले कैयौ दिन बसेर, अनगिन्ती दृष्यचित्रहरू बनाएर विश्वकलालाई धनि बनाएका छन् । यो आफैमा नौलो र कठिन कलाकारिता थियो ।
आज उनी मरेको गएको ७७ बर्ष भयो । तर पनि उनी आफ्ना चित्रहरू बीच बाँचिरहेका छन् । कला पारखीहरू उनलाई सम्झिरहेका छन् ।