प्रेमसागर पौडेल- -
चीनविरोधी र भारो–अमेरिकी लवीका पार्टरलाई मन्त्रीको जिम्मेवारी दिएपछि नेपाल–चीन सम्बन्ध, नेपालको सार्वभौमिकता बच्ला ? गृहमन्त्री बालकृष्ण खाँड, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पम्फा भूसाल र अर्थमन्त्रीमा जनार्दन शर्मा एमसीसी र एमसीसी सँगसँगै गरेको स्टेट पार्टनरशिप एग्रिमेण्ट गराउने काममा कुनै न कुनै रूपबाट जोडिएका पात्रहरू हुन । नेकपा माओवादी केन्द्रका जनार्दन शर्माले गृहमन्त्री हुँदा सिआईएको योजनामा नेपाल प्रहरीको साईबर क्राईम ब्यूरोसँग सूचना आदान–प्रदानको सम्झौता गराउने र उनीहरूलाई अमेरिकी सफ्टवेयर तथा आवश्यक ईक्विपमेण्ट उपलब्ध गराउने ब्यक्ति हुन् । यसका अतिरिक्त माओवादीले जनयुद्ध शुरू गरेको समयमा अमेरिकी सेना र सिआईएका पदाधिकारीलाई नेपालको उत्तरी भाग निषेधित क्षेत्रमा पु¥याउने नेताहरू मध्येका एक हुन् । मन्त्री पम्फा भूसाल खुलारूपमा दलाई लामाको गतिविधिलाई नेपालमा समर्थन गर्ने र अमेरिकाले निर्धारण गरेको चीन विरोधी मानवअधिकारको पक्षमा वकालत गर्ने ब्यक्ति हुन् । मन्त्री ज्ञानेन्द्र बहादुर कार्की एमसीसीको सम्झौतामा हस्ताक्षर गरेका ब्यक्ति हुन् । मन्त्री बालकृष्ण खाँड यसअघि रक्षामन्त्री भएको अवस्थामा अमेरिकीहरूलाई नेपालमा बलियो बनाउने अभियानमा लागेका विश्वासिलो ब्यक्ति हुन् ।