रामु राई– अभियन्ता, राष्ट्रिय शक्ति नेपाल :--
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहदेवको अगुवाईमा निर्माण भएको देश नेपालका नेताहरु नेपाल र नेपालीको हितमा नभै बढी बाह्य अदृश्य शक्तिको सेवाका खातिर व्यक्तिगत स्वार्थ प्राप्तीमा “लेण्डुप दोर्जे” बन्न समेत तछाड–मछाडको चरित्रधारी दलालहरुबाट आज राष्ट्र नै संकट र खतरामा परेको बेला पृथ्वीनारायण शाहको सेनाले चाँही यसरी चुपचाप मुखदर्शक भएर बस्नु मिल्छ र ?
उदाहरणको लागि धेरै टाडा फर्केर सम्झिरहनु पर्दैन । यो अव्यवस्था संघियता, गणतन्त्र र धर्मनिरपेक्षताको सम्बाहक पूर्वप्रधानमन्त्री श्री पुष्पकमल दाहाल जिले एक दिन आफनो मालिकको चाकरी भाषामा भन्दै हुनुहुन्थ्यो कि यदी माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपा लगायत एमाले माकुने, खनाल समुहको सरकार बन्नु सक्दा नेपाल र नेपालीको नभै भारतको लागी “कम्फरटेवल” सरकार हुन सक्छ भनेर । यहि अव्यवस्थाको अर्का सम्बाहक पूर्व प्रधानमन्त्री श्री बाबुराम भट्टराई नेपालको चुच्चे नक्सा छोपेर भारतिय पत्रकार सँग सम्वाद गरिरहेको चित्र त सार्वजनिक भएकै छ ।
लगत्तै यता अर्का बहालवाला उखाने प्रधानमन्त्री ज्यूले केवल आफनो कुर्सि जोगाउनु र विपक्षलाई कमजोर पार्ने नाउमा पहिलो नागरिक अध्यादेश २०७८ जारी गरेर भुटान, सिक्किम र फिजिकरणको गन्तव्यमा पुग्न र पु¥याउनको निमित्त संवैधानिक मार्ग नै प्रसस्तीको उद्घाटन गर्दै हुनुहुन्थ्यो । धन्न न्यायपालिकाबाट अध्यादेश खारेज गरेर एकपटकलाई देश प्रति प्रारम्भिक धक्का लाग्नु बाट जोगाउने काम भएको छ । यसको निमित्त अदालतलाई हामी सवै राष्ट्रवादी नेपालीको तर्फबाट धन्यवाद भन्नै पर्दछ ।
अन्यथा यतिबेला बिदेशी मुलका नागरिकहरु यो देशको भावी संवैधानिक प्रमुखहरु बन्नका लागि वंशजको नाउमा नेपाली नागरिकताको प्रमाणपत्र लिन लाईन लागी सकेको अवस्था भै सक्ने थियो । यस्ता भडार खनेर आगन पुर्ने र घर जलाएर खरानी बेचुवा नेताहरुबाट हामी नेपालीले के आशा गर्ने ?
अर्कोतर्फ माक्र्स, लेनिन र स्टालिनहरुका नाममा राजनीति गर्नेहरुको पार्टी कार्यालयमा अमेरिकी राजदुत पुग्दा ति विदेशी नेताहरुको फोटो छोपेर अतिथी स्वागत गरी नक्कली राष्ट्रवादी देखाउन खोजेको कुरा पनि नेपाली जनता अनभिज्ञ रहेको छैन ।
यसकारण नेपाली सेनाले, नेपाल र नेपालीको करबाटै सुविधा उपभोग गरेर पनि सेनापति, पूर्खा र राष्ट्रको विरासत बचाउनु पर्दैन र ? जबकि विश्व रणमैदानमा पनि त गोर्खाली सेनाहरु आफ्नो ज्यानको प्रबाह नगरी शाहसपूर्ण लडाई लडेर गौरवमय इतिहास रचेका हुन्, राष्ट्रको उच्च सम्मान बढाएका हुन् । फलस्वरुप कुनै सेनाले “मलाई मृत्युसँग डर छैन” भन्यो भने “कि त त्यो झुट बोल्यो, हैन भने त्यो गोर्खा नै हो” भन्ने जस्ता अन्तर्राष्ट्रिय छवि कमाएको नेपाली सेनाले आफ्नै राष्ट्रको यो अवस्था सम्म पु¥याउने प्रति पनि कारवाही गर्न यिनै भ्रष्ट सरकारको आदेश पर्खेर बस्नु मिल्छ र ? आजको परिस्थिति निर्माण हुनुमा राजनैतिक प्रणाली र यसका संचालक दुबै उत्तिकै दोषि छन् ।
कारवाहीको क्रममा भ्रष्ट सरकार तथा नेता विस्थापित गर्नुको निमित्त निर्वाचन तथा सडक कारवाही मध्य एउटा हो । तर निर्वाचन प्रकृया आफैमा अत्यधिक खर्चिलो र अवैज्ञानिक भएकोले मतदातालाई भोलि भौतिक रुपले प्रभाव पार्न सक्ने लाखौं हैन करोडौं, अरर्बौ भ्रष्टाचार श्रोतबाट प्राप्त कालोधन तिनै भ्रष्ट नेताहरुसँगै हुने भएकोले यस्ता भ्रष्ट सरकार र लेण्डुप चरित्रका नेताहरुलाई विस्थापित गर्नु सैनिक तथा सडक कारवाही नै उपयुक्त उपाय हुनेछ ।
त्यसैले राष्ट्र निर्माणका बहादुर योद्धाहरु एवम् राष्ट्र संरक्षक नेपाली सेनाहरु उत्रिनुस हामी जस्ता लाखौ लाख बर्दिविहिनको राष्ट्रवादी सेनाहरु पनि तपाईहरुको साथ सँगै रही हात र काँध मिलाएर विश्व भूगोल भित्रको हाम्रो यो प्राचिन तपोभूमि, ज्ञानभूमि, पूण्य र पवित्र भूमी नेपालको संरक्षणका लागी वेप्रवाह लड्नु तयार छौं र सबै लड्नु तयार हुनुपर्छ पनि तसर्थ सम्पूर्ण राष्ट्रवादी नेपालीलाई हार्दिक आव्हान गर्न चाहन्छु ।
अन्तमा भ्रष्ट्राचार गरेर राष्ट्रलाई टाट्पल्टाउने भ्रष्ट नेताहरुलाई कारवाही गरौं । राष्ट्रिय स्वतन्त्रता र ३ करोड नेपालीको बेचिएका राष्ट्रिय स्वाभिमानलाई कायम गरौं । पार्टी र गुटको मात्र हैन ३ करोड नेपाली जनताको साझा र निश्पक्ष राष्ट्रिय अभिभावक हुन सक्ने संवैधानिक राजसंस्था बहाली गरौं । आदी–अनादी कालदेखी नेपाल मात्रको राष्ट्रिय पहिचानको रुपमा रही आएको सनातन धर्म संस्कार संस्कृतिलाई कायम गरौं । जय राष्ट्र ! जय जनता !!