स्वयम्भुनाथ कार्की- -
आफ्नो विचार वा कुराहरूको विरोध सहन नसक्ने त्यस्ता विचारहरूलाई भौतिक बलले रोक्न खोज्ने प्रवृति आजको नेपालको हरेक क्षेत्रमा आफ्नो वर्चश्व सावित गर्ने आबश्यक न्यूनतम योग्यता भएको छ । सत्ता र शक्तिको वरिपरि झुम्मिनु , सत्ताधारीको स्तुति गायन गर्नु र जसरी भए पनि खुशी तुल्यायार आफ्नो दुनो सोभ्mयाउनु आफ्नोे उन्नतिको मार्ग ठान्नु कर्तव्य सरह भएको छ । यसको निमित्त आफुले जे जस्तो गरे पनि त्यसको भजन गाउन चाकरीवाजहरूको आबश्यकता पर्छ । ईतिहासमा जबजब यस्ता परिस्थिति पैदा भएका छन् तबतब ठूलै घटना भएका छन र यस्ता घटनाहरूका परिणामले त्यस्ता घटनालाई दुर्घटना सवित गरेको छ । चाहे त्यो पाटनका छ भाई प्रधानको नेतृत्वमा भएको सत्ता परिवर्तन होस वा थापा र पाण्डे भारदारहरूको बिचको बैमनस्यताले पैदा गरेको अस्थिरता जसले १ सय ४ बर्षे राणशासनको जग हाल्यो ।
धेरै विश्लेषकहरू २००७ सालदेखी २०१७ सालसम्मका घटनाहरूलाई राजाको सत्ता मोहको रूपमा विश्लेषण गर्दछन । तर निष्पक्ष भएर तथ्यहरूलाई केलाउने हो भने ती घटनाहरू कोईराला बन्धुहरूको सौताने डाहको उपज थिए भनेर निक्र्यौलमा पुग्न रत्तिभर पनि अङ्खठ्यारो छैन । विश्वेश्वर र मातृका विचको हानाथाप नै ७ देखी १५सालसम्मको लामो अस्थिरताको कारण थियो, जसको परिणामले २०१७ ल्यायो भन्न विश्वेश्वर प्रसाद कोईराला र मातृका प्रसाद कोईरालाहरूका जीवनीहरूमा छरपष्ट देख्न पाईन्छ । तर, यो तथ्य उजागर गर्न हिम्मतको खांचो छ । यो तथ्य औंल्याउदा कोईराला परिवारको चाकरीले जीवनयापन गर्ने चाकरीवाजको तारोमा पर्ने खतराबाट आंखा चिम्लन गाह्रो छ ।
मनमा जे भए पनि सत्ता शक्तिमा आसिन वा सत्ता शक्ति हासिल गर्ने संभावना भएकाहरूको ओठे भक्ति गर्ने र त्यसैबाट आफु हमेशा प्रभावशाली भईरहने चाकरीतन्त्रमा कुशलता हासिल गरेका माहारथीहरू जनताले आङ्खनै वरिपरी प्रशस्त देखेका छन् । चाकरीमा आस्था हुूदैन तसर्थ चाकरीतन्त्रमा आस्था खोज्नु मुर्खता भैm लागे पनि यस्ता चाकरीवाजहरूमा छद्म आस्थाको ठुलो भण्डार हुन्छ जसले वास्तविक आस्थावानको आस्थालाई धेरै तल पार्छ । जस्तोसुकै अवस्था आए पनि, जुनसुकै तन्त्र आए पनि त्यसैको भक्त भएको र त्याग र बलिदान स्वरूप पुरानो तन्त्रमा बसेर त्यसलाई समाप्त पार्न आफ्नो योगदान रहेको कुरामा विश्वस्त पार्न खप्पिस चाकरीवाजहरू वास्तवमा मुलुकका कोढ हुन ।
एउटा कालखण्डमा सालिक ठड्याउने र अर्को कालखण्डमा त्यही सालिक ढालेर अर्को सालिक स्थापना गर्ने कलामा दक्षता हासिल गरेका यस्ता चाकरीतन्त्रको कारण मुलुक हमेशा अस्थिर भईरहेको छ, अस्थिर भई रहने छ । उग्ररूपमा भक्ति देखाउने चाकरीवाजहरू घुन भैm एउटा मालिकलाई खोक्रो पारे पछि अर्को मालिकतर्पm सल्कन्छन र उसलाई पनि खोक्रो पार्छन् । शासनको आडमा अन्याय गरेर त्यो शासन ढल्ने परिरिथति पैदा गरिसके पछि आङ्खनो अपराधको दण्ड निस्तेज पार्न अर्को शासनको भित्रि घेरामा पुग्न सक्ने यस्ता पानी मथिका ओभानाहरू र उनिहरूबाट प्रतिपादित चाकरीतन्त्रले मुलुक सम्पूर्णरूपले आक्रान्त छ । जुन शक्ति जति छिटो यो चाकरीतन्त्रको फन्दामा पर्छ त्यो त्यतिनै छिटो निस्तेज हुन्छ । यस्तै कारण नेपालमा जति पनि परिवर्तन भए पनि त्यही २५ या ३० अनुहारहरू हमेशा शक्तिको केन्द्र हुन्छन ।
सर्वसाधारण जनता , जसको नामा यो सम्पूर्ण दोकानदारी चलाईन्छ, त्यसको धेरै ठूलो माग हुदैन । शान्तिपूर्वक पाखुरा बजाएर आफ्नो तथा आफ्नो लालावालाको पालन पोषण गर्न पाईयोस्, इज्जतपूर्वक घर व्याबहार धान्न पाईयोस् र अन्त्य समयमा आफ्नाहरूको साथमा आफ्नै कालगतिले मर्न पाईयोस । यो भन्दा ठूलो माग पनि उसको छैन । बाचुन्जेल दाना, छाना र नानाको समस्या न परोस र मरे पछि पनि आफ्ना सन्ततिहरूले दाना, छाना र नानाको निमित्त कसैसंग हात पैmलाउनु नपरोस यो नै सवैले हरसमय भज्ने गरेको सर्वसाधारण जनताको ईच्छा आकांक्षा हो । दाना, छाना र नानाको उपार्जन र त्यसको शान्तिपूर्ण उपयोगको निमित्त नेपाली पाखुरीहरू आफ्नो श्रीसम्पत्ति जाकटी राखेर वा बेचेर उहिले मरूभूम कहलिएका मुलुकहरूमा श्रम गर्न बाध्य छन् । उनिहरूको यो पिडा हल गर्नुको साटो चाकरीतन्त्रले संचालित यो मुलुकका विधाताहरू आङ्खना सुखसुविधाका साधन जुटाउन तल्लिन छन् ।
चाकरीतन्त्रका अनुयायीहरू केही दलका शिर्षस्थ नेताहरू बीचको सहमतिलाई राष्ट्रिय सहमतिको नाम दिन तल्लिन छन । तिमीनै सवैथोक हौ भनेर भगवानलाई भैm गरिएको स्तुति सत्य मानेर ७ सालदेखी हाली मुहाली गरेकाहरू नै ईतिहास बोकेको फलाक्दै जनताको नाममा फेरी आफुखुसी गर्ने ताकमा छन् । विगतमा आफुले गरेको बेईमानी, हत्या, लुट तथा अपराधको निमित्त राजतन्त्रलाई बली चढाएर फेरी अर्को अन्याय र अत्याचारको श्रृखला शुरू गर्न तम्तैयारहरूले जत्ति नै लोकतन्त्र फलाके पनि, गरिव दिनदुःखीहरूको पिडामा गोहीको आंशु चुहाए पनि अहिलेको तन्त्र भनेको चाकरीतन्त्र नै हो । त्यही २५ वा ३० अनुहार भित्रै सत्ता रहोस भनेर अव त सर्वोच्च अदालतमा रिटहरूको ओइरो पनि लाग्न थालेको छ ।