धर्मरत्न श्रेष्ठ- -
जेठ १२ गते बुद्ध जयन्ती मनाइयो । बुद्धप्रति मनैदेखि सम्झना गरियो कि कर्मकाण्डी बनेर मुखले मात्र बुद्धम् शरणम् गच्छामी भनियो, यो बुद्ध जयन्ती मनाउनेहरूलाई थाहा होला ।
लुम्बिनी पारी भारतले नक्कली लुम्बिनी बनाइरहेछ । भारतका प्रधानमन्त्रीले नेपालकै संसदमा बुद्ध नेपालमा जन्मेका हुन् भने, जर्मन पुगेर बुद्ध भारतका भनिदिए । अहिले पनि विदेशमा बुद्धबारे भ्रम छ ।
यसकारण हामीले बुद्धका बारेमा विश्वव्यापी प्रचार प्रसारमा ध्यान दिनुपर्छ, अझै लुम्बिनीमा बुद्धसभा, बुद्धि सम्मेलन गर्न जरूरी छ । एउटै बुद्धलाई हामी मन, वचन र कर्मले काँधमा उचाल्न सक्यौं भने विश्व शान्ति र नेपालको पर्यटन उद्यम धेरै माथि पुग्नेछ ।
१२५ बर्ष अघि छापिएको खबर ।
सन् १८९६ डिसेम्बरमा ब्रिटिस भारतका आर्केलोजिकल सर्भेयर डा. एलियस ए. फुहरर र उनका साथमा रहेका पाल्पाका बडाहाकिम खड्ग शमशेरले अशोक स्तम्भमा खोपिएका ब्राह्मी लिपीका अक्षरका आधारमा गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको पत्ता लगाएपछि छापिएको खबर हो यो ।