रामभक्त पीवी ठाकुर- -
म भन्छु अहिलेभन्दा त राणाकालको कूटनीतिक निकै अब्बल थियो । राजाको संरक्षण हुँदाको कूटनीति त नेपालको सुनौलो कूटनीति हो । त्यसबेलामा नेपालले निर्वाह गरेको भूमिका र त्यसपछिका दिनमा भएका घटना नियाल्दा त्यो देखिँदैन र ? अहिले त हामीलाई न छिमेकीले पत्याउँछन्, न त शक्ति राष्ट्रले । हामीलाई न बोआओ फोरम (हैनन प्रान्त, चीन) मा निम्ता आयो, न राइसिना डाइलग (नयाँ दिल्ली) मा नै । अनि कसरी सन्तुलित भयौँ ? हुँदाहुँदा हिमालयन मुलुक नेपाल अमेरिकाले गर्न लागेको क्लाइमेट समिटमा समेत हामी परेनौँ । अनि, यहाँ ठूला गफ दिएर हुन्छ ?
...सहयोग लिनुअघि कैँयन् बहस र छलफल हुनुपर्छ । तर हस्ताक्षर गरेपछि विरोध गर्न हुँदैन । ...कहिले दक्षिणतर्फ टाउको फर्काएको छ, कहिले उत्तरतर्फ, कहिले पश्चिमासँग साँठगाँठ, अनि कसले गर्ने विश्वास ? जे पनि बोलिदिने चिढ्याउने अनि लम्पसार पनि पर्ने, यस्तो पनि कूटनीति हुन्छ ? भ्रमणमा जाने हुने÷नहुने सबै ‘प्रोमिस’ गरेर आउने, अझ सत्तामा टिकिरहन साथ पनि माग्ने अनि कसरी हुन्छ ? हाम्रो कूटनीतिक कसरी राम्रो हुन्छ ? यहाँ राजदूतहरू घर–घरमा पुगेर दल मिलाउने र दलबारे बोल्ने गरिरहेका छन् । यसले झनै समस्या पर्ने देखिन्छ । त्यस्ता राजदूतलाई प्रसानन नन ग्राटा (हैसियतविनाको कूटनीतिज्ञ) गर्दै किन फिर्ता नगर्ने ? यस्ता कुराहरूमा हाम्रो नेतृत्व सचेत हुनुपर्छ ।
हो, यहाँ राष्ट्रहितलाई हेर्ने नेता छैनन् । राजनेता त परको विषय भयो । (ईकागजमा डा.रामभक्त पीवी ठाकुरले व्यक्त गर्नुभएको अन्तर्वार्ताको अंश ।)