स्वयम्भुनाथ कार्की- - -
आफ्नो प्रशंसा सुन्ने लालसा, आफूले गरेको हरेक काम ठिक हो भनियोस् भन्ने ईच्छा धेरै हानीकारक भए पनि यसको आकर्षणबाट मुक्त पाउन असंभव प्रायः छ । यो एक यस्तो लालसा हो जसले हरेक कालमा हरेकको कुभलो नै गरेको छ । कयौ शक्तिशालीहरूलाई धूलो चटाएकोछ । तैपनि यसको आकर्षणमा कुनै कमी आएको छैन । यसैले समाजमा चाटुकारहरूको उत्पादन गर्छ । यो चाटुकारको जमातमा विस्तारै मानसिक दासहरू पैदा हुन थाल्छन् । जु्न प्रक्रिया यति सुक्ष्म हु्न्छ की आफू चाटुकारबाट मानसिक दासमा कहिले परिवर्तन भईयो त्यो पत्तै हुन्न । अरूले हेर्दामा मानसिक दास र चाटुकारमा खासै भिन्नता देखिन्न तर यी दुबैमा ठूलो अन्तर हुन्छ ।
जहाँ चाटुकार अवसरवादी हुन्छ, आफ््नो भलो कुभलो सोच्ने क्षमता राख्छ भने मानसिक दासहरूमा सबैभन्दा पहिले बुद्धि शू्न्यता आउँछ । उनीहरूको स्वतन्त्र चिन्तन हराएर जान्छ अनि आफ््ना मालिकको हरेक कु्रा युक्तिसंगत लाग्न थाल्छ, स्वतन्त्र चिन्तन समाप्त हु्न्छ । अति वफादारीले लादिएकाले विवेक शू्न्य भएर आफ््नो मालिकको विरोध सुन्न र सहन नसक्ने बानीको विकास हुन्छ । चाटुकारले पनि यहि चरित्र देखाउँछन तर उनीहरूलाई यस्ता कफ्राले रिस उठदैन । आफूले चाकरी गरेकाको क्षमता हैसियतमा आएको फरकको निरन्तर मूल्यांकन गरिरहेका हुन्छन् । कतिखेर विरोधीमा सामेल हुने हो यदी आफ्नो त्यो निर्णय गलत भयो भने कसरी फर्कने हो त्यसमा चाटुकार पोख्त हुन्छन् । मालिकलाई भने यी दुबैको बुद्धि र क्षमताले केही लाभ हुन्न ।
चाटुकारले केवल आफ्नो भलो सोचेको हु्न्छ, कु्नै कुनै बेलामा त आफ्ना सबैभन्दा नजिकको तथा प्यारो परिवारजनको पनि पर्वाह गरेको हुँदैन । यसको विपरित मानसिक दासमा सोच्ने विचार गर्ने क्षमता नै मरेको हुन्छ, त्यसैले आवश्यक भएको वेलामा यस्ताबाट कुनै सहायता मालिकले पाउन सक्दैन । अमरलता जस्तैे यी केवल मालिकको जीवनरस चुसेर बाँच्ने परजीवी हुन् । नेपालमा राजतन्त्र पाखा लगाउनमा राजतन्त्र विरोधीको भन्दा बढी राजतन्त्रका चाटुकार र दासको हात छ । यस्ता मानसिक दासहरू गणतन्त्र समर्थकमा पहिलेदेखि घेरै देखिएका छन् । यस्तो हु्नको कारण नेपालको राजतन्त्रले बेलाबेलामा यस्ताको समूहबाट आफूलाई अलग गर्ने प्रयत्न पनि गरेको थियो । त्यसैले राजतन्त्रको पक्षमा भन्दा चाटुकार तथा मानसिक दासहरूको फौज विरोधमा ज्यादा छ ।
नाम पनि लिन नहुने जस्तो गरेको राजा महेन्द्रको सामाजिक कार्यक्रम ‘गाउँफर्क राष्ट्रिय अभियानको’ (यहाँ २०३२ साल भन्दा पहिलेको गाँउ फर्कको कुरा गरिएको हो) कार्यक्रम हुवहु उतारेर त्यसमा राज्यकोषको खर्चको प्रावधान राखेर बनाएको ‘आफ्नो गाँउ आपैm बनाउँ’मा एमाले नाक फुलाउँछ । २०२४ सालमा सार्वजनिक स्थलमा छुवाछुतलाई दण्डनीय बनाई सकिएकोमा फेरी त्यसैलाई नौलो कानुन बनायौं भनेर माओवादी आफ््नो पिठ्यूँमा धाप मार्छ । २०२४मै लागू भएको भूमिसुधार र हदवन्दी हाम्रो कार्यक्रम थियो भनेर नेपाली कांग्रेस धक्कु लगाउँछ । जे जसको भए पनि यो सब लागू गर्ने राजा महेन्द्रको नाम भने अपच हुन्छ भने यो चाटुकारिता वा मानसिक दासता नभएर के हो त ?
दोषमुक्त त राजतन्त्र पनि छैन, पञ्चायती संविधानमा २०३२ सालमा गरिएको दोश्रो संशोधन र त्यस पछिको चाटुकारको जगजगी नै आजको नेपालको दुर्दशाको विजारोपण हो । शाहहरूले केवल भौतिक एकिकरण गरे, मनको एकिकरण गरेनन् भनेर चिच्याहट गर्नेहरू नै तेरिया मगरलाई केहीले नेपाली भएर पनि भोट दिएनन् भन्ने रोड्याई गर्छन् भने के यो मनको एकिकरण हैन र ? सुस्ता र कालापानी दुख्ने नेपाली मन हैन र ? तर मानसिक दासका मालिकलाई यो सत्य मन पर्दैन त्यसैले यो सत्यलाई अस्विकार गरिन्छ । अवचेतन मनले भने यो तथ्य स्विकार मात्र गरेको छैन, यसबाट पाईने अधिकार पनि उपभोग गरेको छ ।
आज विदेशी फौजमा सेवामा गएकाहरूलाई गोर्खाली भनेर चिनिन्छ । गोरखाका राजा पृथ्वीनारायण शाहले जोडेको मु्लुकलाई गोर्खा हैन नेपाल भनिन्छ । यस गोर्खा जमातमा गोर्खाका वासिन्दाहरू भन्दा कोशी पूर्वकाहरूको बाहुल्यता छ । तै पनि गोर्खा भनेर गरिएको प्रशंसामा मन प्रफुल्ल हुन्छ । यतिमात्र हैन, अहिले भारतीय भूमि भएको स्थानमा गोर्खा शव्द मै अपनत्व राखेर गोर्खाल्याण्डको आन्दोलन छ । यो मनको एकता हैन भन्ने कुरा मानसिक दासता हैन र ? सहिलाई सही गलतलाई गलत भन्न नडराउन भनेर ‘नबिराउनु् नडराउनु’ भनिएको थियो । ‘आफ््नो ब्रम्हले देखेको कुरा बोलिदिए लेखिदिए त्यो देशको ठूलो सेवा हुनेथियो’ त्यसै भनिएको हैन । आफूमा पलाउँदै गरेको मानसिक दासताबाट मुक्त भएर एक पल्ट फेरी स्वभिमानी नेपाली भएर सोच्ने हो भने केचनाकवलका राजवंशी, दाङका थारू, काठमाण्डौका नेवा, पहाडका राइ, लिम्वु्, क्षेत्री बाहुन, तराईका धिमाल, मण्डल, खत्वे, मिश्रा जो छन्, आफन्त छन् । नत्र भने त आपैmले जन्माएको सन्तान पनि आफू भन्दा अलग हो ।