Advertisement Banner
Advertisement Banner

२२ बिहिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

कमरेडहरू अब सच्चिनैपर्छ

१७ सोमबार , फाल्गुण २०७७६ बर्ष अगाडि

अधिवक्ता गंगा दहाल–
राजनैतिक प्रतिषोधको कारण मुलुक कहिलेसम्म अनिर्णयको बन्दी बनिरहने हो, एकले अर्कोलाई कहिलेसम्म धारे हात र नानाभाँति गालीगलोज घोचपेच दोषारोपण गरिरहने हो, अब बन्द गरे हुन्न र ? कहिले टुङ्गो नलाग्ने यस्ता गतिविधिले हरेक सचेत नागरिकहरूलाई आज यस्तो हरकतहरू चिन्ताको बिषय बन्दै गएको छ । 
सम्मानित सर्वोच्च अदालतले संविधानको गलत प्रयोग गरि असंवैधानिक कदम चालिएको अवस्थामा निकास दिएको छ । विधि पद्धति कानुनलाई पहुँच पावर र बलले आफ्नो पक्षमा पार्न सकिने रहेन छ भन्ने सिकाइ पनि भएको छ भने अर्कोतिर अब यस पछाडि के हुन्छ, परिस्थिति कता मोडिन्छ भन्ने चासो पनि बढ्दै गैरहेको छ । यो जन चासोलाई चिर्नको लागी अबको पाटो भनेको विधि र पद्धति र कानुन भन्दा माथी कोहि छैन सत्य तथ्य न्यायलाई कसैले पेवा दाइजो बनाउन सक्दैन भन्ने कुराको प्रत्यभूति दिलाउनु सक्नुपर्छ, आफुलाई असल र चरीत्रवान कर्तव्य निष्ठ भन्ने जनताका नेताले।
एकले अर्कोलाई सिध्याउने भन्दा पनि एउटा असल नेताले कानुन, बिधि, पद्धति, सिद्धान्त, राजनैतिक विचार जनभावना बुझी सच्चाइ स्विकार्दै नयाँ विकल्पको खोजी गर्नुपर्छ । समय खेर फाल्नु उचित होइन । जहिले पनि पद लुलुप्त हुने कपटपूर्ण काम मात्र गरिरहने आफ्नो मत भन्दा फरक बिचार राख्नेको उछित्तो काट्ने, हत्या हिंस्रक, बलात्कारी, भ्रष्टाचारी, विवेकहीन ब्यक्तिहरूलाई काखी च्यापिरहने अनि इमानदारलाई सधैं साइड लगाउने यस्तो प्रवृत्तिले आफुलाई विश्वासिलो नेता भनाउन शोभा दिन्छ र ? राजनीति सकसको कारण राजनीति प्रति नयाँ पुस्तालाई वितृष्णा पलाउने गतिविधि कहिले सम्म गरिरहने ? यो हुनु राम्रो होइन । आउने पुस्तालाई सही मार्ग देखाउनु जरूरी छ ।
त्यसैले अबको पाटो भनेको सबैले आफ्ना कमी कमजोरीको आत्म समीक्षा गर्दै जनादेशको सम्मान गर्दै एक ढिक्का भएर मुलुकलाई नयाँ दिशा दिन तिर अग्रसर हुनुपर्छ । फराकिलो बिचारका साथमा यसो भयो भने  मुलुकको मुहार फेरिने निश्चित छ । नत्र परिस्थिति कता मोडिन्छ भन्न सकिन्न । जनताहरू बोलिमा भन्दा कर्ममा बिश्वास  गर्छन् भन्ने कुराको हेक्का होस् । अबको दिनमा राजनैतिक  परिस्थितिलाइ सहज बनाइ मुलुकलाई नयाँ मोडेर कमरेडहरू सच्चिनै पर्छ । राम्रोको लागी केहि दिनु केही लिनु जान्नुपर्छ ।