स्वयम्भुनाथ कार्की - -
संविधान सबै समस्याको हल हो । संविधान मुलुक र जनता भन्दा ठूलो हो । अनि अव्यक्त रूपमा केही चलेका व्यक्तिहरू भन्दा सानो हो भन्ने मान्यता स्थापित गर्न खोजिएको छ । संसद विगटनको संवैधानिक इजलासमा परिक्षणको क्रममा देखिएका अनेकौ दृष्यका आधार यहि मान्यता स्थापित गराउने प्रयत्न हुन । यहि क्रममा हरेक पक्षले यो संविधानका मान्यता चुरचुर पारेको छ । ठहर जे भए पनि यो संविधान सर्वथा अनुपयुक्त रहेछ भन्ने सावित गरिदिएको छ । जे होस संविधानलाई मुुलुकको अस्तित्व संग जोडेर हाउगुजी देखाईएको यो पहिलो पल्ट होेईन । पहिलो संविधानसभाका अन्तिम दिनहरू नेपाली समाजमा त्रास पैmलाउने किसिमका थिए । तात्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान आए पछि उत्पन्न हुनसक्ने प्रतिकूल परिस्थितिको सामना गर्न सबै सुरक्षा निकायहरूलाई तम्तैयार राख्न आदेश दिएको कुराले तात्कालिन संचार जगत भरिभराउ थियो ।
पहिलो संविधानसभाले संविधान दिन असफल भएमा प्रलय नै आउने छ भन्ने हल्ला चलेका थिए । अनेकौ नाम चलेका बुद्धिजीविहरूको यसै किसिमको आकलन अनि प्रमुख दलहहरूका शिर्ष नेताहरूको लगातारका अभिव्यक्तिले संविधान नआए ठूलो अनिष्टको भविष्यवाणी थियो । तर, संविधानसभाको त्यो असफलताले केही असर परेन । केवल नेकपा माओेवादीको आकार खुम्चियो । वतमान संविधानको मस्यौदा आएदेखि नै नेपाल अशान्त भयो । दावीलाई सहि मान्ने हो र कैलालीको घटनामा ज्यान गुमाउनेहरूको संख्या लुकाईएकै हो भने यसले लिएको ज्यानको संख्या विगतका कुनैैपनि आन्दोलको भन्दा कयौ गुणा ज्यादा हुन आउछ । संविधान लागगु गर्न मुलुकका अनेकौ भागमा सेना परिचालन गरियो, सेना परिचालन गरिएको अवस्थालाई सामान्य अवस्था भन्न मिल्दैन । यसरी सङ्गीनको भरमा गरिएको कामले मुलुकलाई स्थिरता भन्दा अस्थिरता तर्पm लैजादैछ । यो कुरा स्वयं संविधान निर्माणका मुख्य खेलाडीहरू स्पष्ट शब्दमा नै भन्दैछन् ।
दोश्रो संविधानसभाको कार्यकाल पनि प्रयाप्त बाँकी रहेको वेलामा असन्तोषहरूलाई जनता संग छलफलको माध्यमले हल गर्नुको साटो सभासदहरूलाई पनि राम्रेरी छलफल गर्न नदिएर फाष्ट ट्र्याक अपनाईयो । अंग्रेजीमा एक उखान छ समयमा लगाएको एक टाँकाले नौ टाँकाको खर्च बचाउछ , संभवत एकमात्र टाँकाले काम चलाउने अवस्था दम्भले गर्दा गुमाए । अनि सबै संविधान निर्माणका खेलाडीहरूले आफु चाही संविधानको जन्मदाता भएकोे र जे पनि गर्न पाउनु पर्ने दम्भ पाले । यी दम्भहरू संसद विगटनको संवैधानिक इजलासमा परिक्षण गर्दा छताछुल्ल भए । त्यो कारवाहीको प्रक्रिया जस्तो किसिमले बाहिर आएका छन यदि सही हुन भने दुर्र्भाग्यपूर्ण छन । कसैले संविधान नाग्यो भन्न आफुले पनि त्यो मर्यादा लत्याउनु कुनै पनि अवस्थामा ठिक मान्न सकिदैन ।
कुुनै दलको बिचमा वैमनश्यताको चिरा परिसकेको अवस्थामा त्यसलाई केवल संवैधानिकताकोे कुरा देखाएर फेरी टाँसेर राख्दा त्यसको कुन मोल राष्ट्रले चुकाउनु पर्ने हो त्यो सोच्नेहरू देखिएका छैनन । सबैमा यति धेरै दम्भ देखिएको छ कि आफु अनुसार ठहर भए सबै ठिक र विपरित ठहर भए त्यो गलत भन्छन् । संविधानको रक्षाको नाममा लडेका भनिएकाहरू आपूmहरूले चाही संवैधानिक, कानुनी मान्यताहरू कति मानेका छन भन्ने कुरा उठने अवस्था निकट भविष्यमा नै आउने छ । यो कुरा आङ्खनो सोच मात्र वैधानिक होे भन्नेहरूमा आउने छैैन । उसै पनि लगातार तात्कालिन वैधानिक व्यवस्था धुजाधुजा पारेर निर्माण गरिएको संविधानका निर्माताहरू आङ्खनो जिद्धि र सोचलाई मात्र वैधानिक भन्छन् । ४७ सालको संविधानदेखि नै अवैधानिक कामलाई आवश्यकताकोे सिद्धान्त भनेर मान्यता दिइएकै हो । अनि त्यो संविधानको कार्यकालभरी नै निर्र्वाचन भरसक टारिएको वा टार्र्न खोजिएकै हो । निर्वाचन सँग डराउने अर्थात् निर्वाचन फोविया आपूmलाई लोकतन्त्रको एकमात्र प्रतिक मान्ने नेपाली कांग्रेसका युवा घोषित प्रौढहरूमा देखिएको छ । यो डर त्यसै होईन, गीरिजाले मध्यावधी गराएपछि कांग्रेसको भएको हविगत अगुल्टोले हानेको कुकुर विजुली देख्दा तर्सिएको जस्तै हो । भन्न आवश्यक नहोला अहिले सबै दलहरू निर्वाचन फोवियाले ग्रस्त छन् । अनि कथित नागरिक अभियन्ताहरू भष्मासुर पथमा ।
यो संसद विगटनको पक्षधर आलेख हैन । किनभने हतियार र जिद्धिको भाषा मात्र बुभ्mनेहरूले सडकबाट न्यायपालिका अर्थात् संविधानको एक महत्वपूर्ण अंगलाई चुनौति दिनु उनीहरूको नवदलिएको सोच हो । तर सरकारको प्रमुख भएर पनि त्यस्तै चुनौति दिनु यो संविधानको आयु पुगेको घोषणा हो । अनि जनताको सर्वोच्चताको प्रमुख भन्ने दल, नागरिक अभियन्ता, कानुनकर्मीहरू सवै जनतासँग सोध्नु गलत हो भन्छन् र यसलाई रोक्नु पर्छ भन्छन् भने त्यो उनीहरूको वास्तविक अनुहार हो । जे होस्, आपैmले रक्षा गर्ने सपथ खाएको संसद र संविधान त्यही संविधान अन्तरगत बनेको संसदबाट गर्ने भष्मासुर पथ अंगालेकाहरूबाट अरू के नै आश गर्न सकिन्छ र । उसै पनि यो अलोकतान्त्रिक जस्तो लाग्ने संविधानलाई माया नगर्ने र अवज्ञा पनि नगर्नेहरूको निमित्त सुदिन आउने लक्षण भने हो ।