शाश्वत शर्मा - -
ओली र मोदीबाट केही हुन्न, तीतो यथार्थ यही हो ।
जे गर्नुपर्छ, अब जनताले नै गर्नुपर्छ । नेकपाभित्रको प्रचण्ड–माधव समूहको राजधानीमा गरिएको शक्ति प्रदर्शन सफल भयो, न त माघ २२ को नेपाल बन्दको कार्यक्रम नै । उसो त, माघ २३ नेकपाभित्रकै ओली समूहले दरवार अघि गरेको जनबल प्रदर्शनमा पनि खासै दम थिएन । प्रचण्ड–माधव समूहले काठमाडौंमा दुई लाख जनता उतार्ने लक्ष्य लिएको थियोभने ओल िसमूहले ३ लाख । तर अफसोच यी दुबै नेकपाहरूको शक्रि प्रदर्शन प्रतिस्पर्धा फितलो रह्यो । जो सहभागी थिए, तिनले किन आएको भन्नेसम्म बताउन नसक्नुले दुबै खाले प्रदर्शन बाजारू खपतमात्र थियो भन्ने बुझ्न सकिन्छ ।
उता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधसभा पनि उराठलाग्दो नै छ । जसपाको आन्दोलन पनि हेरियो । प्रष्ट भन्नुपार्द खाँटी कार्यकर्ता बाहेक दलहरूका कार्यकर्ता बाहेक आमनागरिकले रूची लिन छाडे । नितान्त नेकपाभित्रको झगडा, पदलोलुपता र स्वार्थ गाँसिएको आन्दोलनहरू र प्रशिक्षण कार्यक्रममा नेपालीले चासो राख्न छाडे । यसअघि प्रचण्ड–माधवले गरेको प्रदर्शनमा तराईबाट मान्छे ओसारेको देखियो भने माघ २३ को ओली गुटको प्रदर्शन पनि त्यस्तै थियो । उसो त माघ २३ गते प्रम ओलीले हिन्दुराष्ट्रको स्थापना र संघीयता खारेज गर्दैछन् भन्ने साइबर सेनामार्फत हल्ला चलाएर हिन्दुवादी, राजतन्त्रवादी र संघीयताविरोधीहरू निकै आकर्षित भएका थिए । यसअघि ओलीले पशुपति दर्शन र पूर्वराजासँग सम्पर्क गरेको जस्ता हल्ला पनि चलाइयो । तर साइबर सेना सफल भए पनि ओलीले जनतालाई गिज्याइदिए ।
हो, राजतन्त्रवादी र हिन्दुवादी पटक पटक हिस्सिनु परेको छ । यसपटक पनि ओलीबाट हिस्सिए । मोदीबाट त वर्षौंदेखि हिस्सिरहेका छन् ।
हिजोका दिनमा यिनीहरू नयाँदिल्लीमा भाजपाको सरकार गठन भयो, अब नेपाल हिन्दुराष्ट्र पक्का हुनेभो, राजतन्त्त फर्किने भयो भनेर आशान्वित भएर बसेका थिए । तर अहँ भाजपाको सरकार गठन भयो, नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशमा भाजपाकै हार्डलाइनर मुख्यमन्त्री योगी आदित्यनाथ बने । तर नेपालमा हिन्दराष्ट्र र राजतन्त्रको पुनस्र्थापनाको चर्चासमेत चलेन । केही राजतन्त्रवादीहरू अहिलेसम्म पनि मोदीजीले गर्छन् गर्छन् भनेर बसेका छन् । आकाशको फल आँखा तरी मर भनेको यही हो ।्
प्रम ओलीले माघ २३ गते हिन्दराष्ट्र कायम गर्ने घोषणा अनि संघीयताको खारेजी गर्ने भाषण ठोक्छन भनेर पत्याएर बस्नेहरू निराश हुनपुगे । अर्का थरि त राजतन्त्रकै पुनस्र्थापनाको घोषणा गर्नु पनि बेर लाग्दैन भनेर हर्षित थिए, ती पनि निराश भए । उल्टै यही सभामा प्रम ओली ले आफू राजतन्त्रको विरोधी भएको र लोकतन्त्रको पक्षपाती रहेको दोहो¥याइदिए । माघ २३ मा केही हुन्छ भनेर सहभागी बन्न र ठाडो कान लगाएर कुरेका राजतन्त्रवादी, हिन्दुवादी जिल्लाराम परे ।
हल्लालाई पत्याउने हामी कस्ता ?
अहिले पनि एकथरि राजतन्त्रवादीहरू अझैसमय छ, ओलीले केही गर्छन् भनेर आशा राखिरहेका छन् । एक त कम्युनिष्ट, त्यसमाथि पनि ओली । सबै खालेलाई फनफनी घुमाउन सिपालु छन् । राजतन्त्रलाई बिसपित गरेको हुँ भनेर दावी गर्ने प्रचण्डलाई त आच्छु आच्छु पारेका ओलीले कोठे बैठक, पूजापाठ, ज्योतिष, तान्त्तिकहरूमा मात्र सिमित राजावादीहरूलाई झुक्याउनु कुन ठूलो कुरा भयो र ? झुक्किए राजतन्त्र, हिन्दुवादीहरू ।
अलिक दिन अघिसम्म सडकमा प्रदर्शन गर्दै थिए राजतन्त्रवादीहरू । जबदेखि राजदरवार अगाडि प्रम ओलीको प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक भयो, तबदेखि अव जे गर्छन् ओलीले गर्छन् भनेर सेलाउन पुगेका थिए । माघ २३ गते यी राजतन्त्रवादीहरू झस्किएर ब्यूँझन पुगेका छन् । फेरि वीर गोर्खाली तात्यो सुर्खेतमा । माघ २४ गते जुलुस निकाले, जयजयकार गरे । तथापि भन्नैपर्ने हुन्छ, दल र तिनका नेताहरूमा राजतन्त्त पनि एउटा ठूलो शक्ति हो भन्ने चेतमा अनआएता पनि राजतन्त्रलाई पनि संविधानमा स्थापन दिनपर्छ भन्ने अझै ज्ञान किन आउन सकेन ? दलहरूको स्थिति सुखद छैन, द्वन्द्व सडकमा पुगेको छ । सन्तुष्ट कोही पनि छैनन् । संविधानले कामै गर्न सकेन । जनता दलहरूबाट बिमुख हुनथालेका छन्, जनताले अर्को जनआन्दोलन गरिहाल्नका लागि वातावरण बन्यो, नेतृत्व छैन, तिसौं थरिका राजतन्त्र हिन्दुवादीहरू छरिएर आन्दोलित भएका छन् । यता दलहरूको, उता राजतन्त्रवादीको आन्दोलन । निर्णय कहिले हुने भन्न सकिन्न । देश निर्णायक आन्दोलन पर्खिरहेको छ ।
यता ओलीको र उता मोदीको भर नगरी आफ्नै तरिकाले परिवर्तन गर्नुपर्छ भन्ने हिम्मत जनतामा आइसकेको देखिदैन । मोदी र योगीको भर गरेर नहुने रहेछ भनेर बुझ्ने कहिले ? दलहरू मासुभात खुवाएर जनतालाई सडकमा उतारिरहेका छन् । राजतन्त्रवादीहरू स्वतस्फूर्त उत्रिएका छन् । एउटा निधोमा पुग्नका लागि एकता हुनुपर्छ भन्ने जनतामा र राजतन्त्रवादीमा बुद्धिबंगारो पलाएको देखिदैन । जनता नजागेसम्म नेपालमा परिवर्तन हुन्न ।