Advertisement Banner
Advertisement Banner

२४ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

दिल्लीका दूत भन्छन्– देश टुक्रिन सक्छ

०४ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

कांग्रेसका सभासद अमरेशकुमार सिंह र संविधानविरोधी मधेशी दलहरुको कुरा कसरी मिल्यो भन्ने विषय रहस्यमय बनेको छ। यसमा भारतीय दोहोरो नीतिलाई पनि आशंकाको दृष्टिले हेर्न थालिएको छ।  अमरेशकुमार सिंह नेपाली कांग्रेसका सभासद हुन्। उनी दिल्लीका विशेष दूतका रुपमा पनि चर्चित छन्। भारतीय नेपाल नीति बुझ्न र भारतले नेपालमा के गर्दैछ भनेर जान्नका लागि अमरेशकुमारको कुरा सुनिने गरिन्छ। तिनै सभासद अमरेशकुमार सिंह भन्छन्– नेपाल टुक्रिन सक्छ।

कतै यो नेपालका लागि मृत्युघण्ट बजेको त होइन। संविधानको मस्यौदामा जनताको रायसुझाव संकलन भइरहेको यतिबेला अमरेशकुमार सिंह मधेशी समुदायलाई भड्काउन कडा अभिव्यक्ति दिइरहेका छन्। जनकपुर लगायतका स्थानमा विरोधको शंखघोष र मस्यौदामा आगो लगाउन यिनै अमरेशकुमारले समेत सघाएको चर्चा व्याप्त भइरहेको छ। अमरेश भन्छन्: संविधानको मस्यौदामा मधेशका बहुसंख्यक जनताको भावना समावेश हुनसकेन। मधेशलार्य हक दिन नेपाली कांग्रेस चुक्यो। मोरङदेखि पर्सासम्मको तुफानी दौडमा अमरेश कुमारले संविधानको मस्यौदाले मधेसी, दलित, जनजाति, महिला र सिमान्तकृत समुदायको अधिकार र पहिचानलाई उपे212ा गरेको आरोप लगाएका छन्। मधेशीको भावनालाई संशोधनमा संवोधन हुन सकेन भने ढिलाचाँडो ठूलै द्वन्द्व, अशान्तिको लहर चल्नेमात्र होइन, मुलुक टुक्रिन पनि सक्छ। उनकै शव्दमा '१६ बुँदे सहमतिको जगमा उभिएर आएको संविधानको मस्यौदा मधेसी, सङघीयता, समावेशीता र अन्तरिम संविधान विरोधी रुपमै संविधान बन्यो भने निश्चित रुपमा देश टुक्रिन सक्छ, यसको सम्पूर्ण जिम्मेवारी प्रमुख दलहरुले लिनुपर्छ।' तैपनि कांग्रेस पार्टीले अमरेशकुमारलाई कुनै कारवाही गर्ने साहस गरिरहेको छैन। न त सचेत नै गराएको छ। कतै कांग्रेस भित्र पनि अमेरशकै जस्तो चिन्तन त हावी भइरहेको छैन। यदि त्यसो हो भने देश बचाउन कांग्रेसले विशेष निर्णयका साथ आफूलाई अघि सार्न जरुरी देखिन्छ।