प्रेमसागर पौडेल– १. अन्य दलका नेताहरु पनि गैह्रजिम्मेवार नै देखिएका हुन् । यतिबेला मुद्दा नेकपाको छ । नेकपाका जिम्मेवार नेताहरु सडकदेखि अदालतसम्म बाझाबाझ गरिरहेका देखिन्छन् । मेरो निष्कर्ष छ–
नेकपाका दुवै नेताहरू गैरजिम्मेवार देखिए ।
नपाउनेले छोरापायो खेलाइ खेलाइ मा¥यो भन्ने उखान जस्तो गरे । कस्तो अचम्मको दृश्य हो यो ?
प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा खर्च समेत झण्डै २५ अर्ब भन्दा बढी चाहिन्छ । कर्मचारीलाई तलब खुवाउन धौ धौ परेको अवस्थामा देशलाई ताजा जनादेशका नाममा यसरी थप ब्ययभारमा पार्नु कति जायज होला ?
२. नेपालको राजनीति नयाँ कोर्षतर्फ उन्मुख भएजस्तो लाग्छ ।
३. चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाऔ नेपाल आउनुभयो । सम्भावित खतराबाट क्षेत्रीय स्थिरता र शान्ति बचाइराख्न चीन–नेपाल–भारतबीचको आपसी विश्वास र एकतालाई सबै क्षेत्रबाट अगाडि बढाउनुपर्छ । नेपाली मौलिकता स्वाभिमान सदैव उँचो रहने मेरो विश्वास ।
४. एमसीसीको घोर विरोधी प्रचण्ड र घोर समर्थक देउवा हिजोआज एक भएका छन् । आन्तरिक प्रयासबाट एमसीसी रोकिएको होइन रहेछ, स्पष्ट भयो । नयाँ मन्त्री टोपबहादुर रायमाझीले पद बहाली गर्नासाथ एमसीसी नेपालको विकासका लागि हो भनेपछि झगडाको बीउको हातो कता, जाँतो कता स्पष्ट भएन र ?
५. पूर्वमन्त्री बिना मगर भन्छिन् छोरालाई समय दिन्छु । जनताप्रतिको जिम्मेवारीबोध खोई ? फाइदा हुँदासम्म देश र जनता, सकिएपछि छोरा र परिवार ?