काठमाडौं । पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले भन्नुभएको छ– देशलाई संघीयता खाँचो नै थिएन, द्वन्द्व व्यवस्थापनको लागि मान्दिनु परेको हो ।
द्वन्द्व व्यवस्थापनका लागि मानिदिनु परेको भए, मान्दिनु भनेर दबाब दिने शक्ति कुन थियो ? देशी त कोही थिएनन्, विदेशी भारत कै दबाब हो त ?
सरकारले मन्त्रिपरिषद्बाट देशको नाम ‘सङ्घीय लोकतान्तिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यतिबेला बादबिबाद भइरहेको छ । देशको नाम त नेपाल नै हो, व्यवस्थाको नाममात्र संघीय लोकतान्त्रिक गणतन्त्र हो । तर बिबाद घटेको छैन, बढिरहेको छ ।
मन्त्रिपरिषदको गत कार्तिक ११ को बैठकबाट ‘नेपाल’ मात्र लेख्ने निर्णय गरेको थियो । यही निर्णयअनुसार मातहतका सबैलाई परिपत्र जारी भइसकेको छ । उहाँको कथन छ– लफडा झिक्न परेपछि शत्रु ढाल्न हावामै तलवार घुमाउँछन् ।